काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रिया सुरु भएसँगै माओवादीबाट बाहिरिएका नेता आहुतिले बेग्लै पार्टी निर्माण अभियान सुरु गरेका छन्।
कार्ल मार्क्सको द्विशतवार्षिकीको सन्दर्भ पारेर 'वैज्ञानिक 8वादी कम्युनिस्ट पार्टी, नेपाल' नामक पार्टी निर्माण गर्ने पहल थालिएको संयोजक आहुतिद्वारा विज्ञप्तिमा जनाइएको छ। यसका लागि ५१ सदस्यीय 'वैचारिक, राजनीतिक तथा सांगठनिक अभियान समिति' पनि गठन गरिएको छ।
सो समूहले शुक्रबार काठमाडौंमा एक भेला गरी पार्टीको विचारधारात्मक राजनीतिक कार्यदिशा पारित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
भूमण्डलीकृत पुँजीवादी अर्थात् आजको साम्राज्यवाद तथा दलाल पुँजीवाद व्यवस्थाले सर्वाहारा-श्रमिक वर्ग लगायत सम्पूर्ण मानवतामाथि लादेको सबै प्रकारका शोषण, उत्पीडन र पर्यावरण विनासका विरुद्ध वर्गसंघर्षलाई नयाँ धरातलमा उठाउने संकल्प लिइएको विज्ञप्तिमा उल्लेख छ।
यस्तो छ वक्तव्य:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।