काठमाडौं- यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित महासंघका पदाधिकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ।
अध्यक्ष कर्माचार्य, वरिष्ठ उपाध्यक्ष विजय स्वार, उपमहासचिव वसन्त भण्डारी, कोषाध्यक्ष किरण खड्कालाई नयाँ वानेश्वरबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए।
थप आन्दोलनको तयारी गरेपछि महासंघका पदाधिकारीलाई पक्राउ गरिएको बताइएको छ। महासंघका अध्यक्ष कर्माचार्य यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक समेत हुन्।
सिन्डिकेट कायम राख्न माग गर्दै हिजो यातायात व्यवसायीहरुले गाडी नचलाएपछि सरकार व्यवसायी विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।