काठमाडौं- प्रभु बैंकमार्फत् सम्पुर्ण मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले क्युआर कोड स्क्यान गरेर नगद झिक्न सक्ने भएका छन्। बैंकले नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको हो। यो सेवा अन्य बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन्।
यो नेपाली बैंकिङ्ग इतिहासमा नबिनतम् प्रयोग हो। यो सेवा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुका नगद काउण्टरहरुबाट सहजरुपमा उपलब्ध हुनेछ। यसबाट नगद झिक्नको लागि चेक तथा एटिएम कार्ड बोक्ने झण्झटबाट ग्राहकहरु मुक्त हुने बैंकले जनाएको छ।
बैंकले सञ्चालनमा ल्याएको यस नविनतम् सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।