• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई दीर्घकालीन बनाउन जोड

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २६, २०७७  १७:५९
1140x725
फाइल तस्बिर

काठमाडौं- प्रधानमन्त्री रोजगार कार्यक्रमलाई दीर्घकालीन बनाउँदै सरकारले आन्तरिक रोजगारी प्रवर्द्धनमा जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन्। 

हाम्रो सम्मान परियोजनासँगको सहकार्यमा बुधबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको ‘नेपालमा वैदेशिक रोजगारीका अवसर’ विषयक भर्चुअल कार्यक्रममा बोल्दै सरोकारवालाहरुले देशभित्र आन्तरिक रोजगारी प्रवर्द्धनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई दीर्घकालीन बनाउनुपर्नेमा जोड दिएका हुन्। 

कार्यक्रममा बोल्दै कानुन विद् निलाम्बर बडालले प्रधानमन्त्री रोजगार कार्यक्रमसँग सन्तुष्ट हुन सक्ने अबस्था नरहेको स्पष्ट पारे। ‘हामीले स्थानीय निकायहरुलाई रोजगारीको अबस्थाको बारेमा लगत संकलन गर्ने जिम्बेवारी दिएका थियौँ। त्यो लगत उहाँहरुले कत्तिको संकलन गर्नुभयो एकचोटी फलोअप गर्नुपर्थ्यो,’ कार्यक्रममा बोल्दै विज्ञ बडालले भने, ‘त्यो लगतअनुसारले हामीले के पनि भनेका थियौँ भन्दाखेरी त्यहाँ विदेशबाट काम गरेर फर्किएर आउनु भएकोहरुले ल्याउनु भएको सीप, पुँजी र ज्ञानको कुराहरु के कस्ता छन् भनेर तथ्यांक राख्ने भन्ने थियो।’

प्रधानमन्त्री रोजगार कार्यक्रम तत्काल जहाँजहाँ आवश्यक छ आबश्यकताअनुसार त्यहाँ व्यवस्थित तरिकाले सञ्चालन गर्न सके दीर्घकालीन हुने समेत उनले सुझाव दिए। 

त्यस्तै देशमा रहेका तथा विदेशबाट फर्किएका भनेर भेदभाव नगरी आवश्यकताअनुसार प्रधानमन्त्री रोजगथार कार्यक्रममा आबद्ध गराउनु पर्ने विज्ञ बडालले उल्लेख गरे। 

नेपामा कार्यरत करिब ५ लाख भारतीय श्रमिकहरु भारत फर्किएको बताउँदै भारतीय श्रमिकहरु कार्यरत क्षेत्रमा नेपाली श्रमिकहरुलाई प्रतिस्थापन गर्न सक्ने अवसर रहेको उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै आमकाश नेपालकी प्रमुख विजया राई (श्रेष्ठ) ले कोरोना महामारीका कारण ठूलो संख्यामा वैदेशिक रोजगारीमा रहेका महिला श्रमिकहरु रोजगारी गुमाएर स्वदेश फर्किएको बताइन्। 

तर यसरी फर्किएका महिला श्रमिकहरु सरकारले देशभित्रै युवाहरु आकर्षित गर्ने गरी सुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमसम्म पुग्न सक्ने अवस्था नरहेको उनको भनाइ थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

‘प्रधानमन्त्री रोजगार कार्यक्रममा यस्ता विदेशबाट फर्किएका महिलाहरुको पहुँच हुन सकेको छैन। ऋण लिएर देशभित्रै स्वरोजगार हुन्छु भन्दा ऋण पनि पैसा हुनेहरुका लागि मात्रै छ,’ उनले भनिन्। 

देशमा काम गर्दा आधारभूत आवश्यकता पुरा गर्न पुग्ने कमाइ नहुजने तथा कामको सम्मान नहुने प्रवृतिका कारण कतिपय युवाहरु वैदेशिक रोजगारीमै फर्कने अवस्था रहेको उनले उल्लेख गरिन्। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एंव प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशक सुमन घिमिरेले कार्यक्रममा बोल्दै प्रधानमन्त्री रोजगार कार्यक्रम राज्यले कुन उदेश्यका साथ सञ्चालन गर्यो भन्ने विषय बुझ्न आवश्यक रहेको बताए। 

‘हजारौँ बेरोजगार मध्ये विपन्न बेरोजगारलाई मात्रै रोजगारी ग्यारेन्टी गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइयो। म यो निवेदन गर्न चाहान्छु सामाजिक संरक्षणका उद्देश्यले मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइएको हो। सरकारका ठूलादेखि सानासम्म भए भरका प्रोजेक्टका कार्यक्रम खारेज गरेर आजबाट प्रधानमन्त्री रोजार कार्यक्रम लागू भयो है भनेर सुरु गरेको होइन जस्तो लाग्छ,’ उनले भने। 

आन्तरिक रोजगारीको कुरालाई रोजगारमुलक सेवासुविधाहरु सबै नागरिकहरुलाई प्रवाह गर्नुपर्यो भन्ने उद्देश्यका साथ रोजगार सेवाको अवधारणा ल्याई  रोजगार सेवाकेन्द्र ७५३ वटै स्थानीय तहमा विस्तार गरिएको उनको भनाइ थियो। सोही रोजगार सेवा केन्द्रमार्फत् न्युनतम रोजगारीसम्म पनि नपाएर मर्नु न बाँच्नुको अवस्थासम्म पुगेकाहरुलाई न्यूनतम १०० दिनको रोजगारी ग्यारेन्टी गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइएको उनले जिकीर गरे।

‘३ वर्षमा यो आन्तरिक रोजगारीको पाटो रोजगारमूलक सेवासुविधालाई एकिकृत सेवाप्रवाह गर्ने माध्यमद्वारा रोजगार सेवा केन्द्रद्वारा सेवा प्रवाहलाई प्रभावकारी बनाउने भन्ने कुरा जनमानसमा हामीले बुझाउन सकेनौँ। त्यसको मार विशुद्ध सामाजिक संरक्षण गर्ने उदेश्यले ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रममा पर्न गयो,’ उनले थपे। 

उनले सरकारले आन्तरिक रोजगारीलाई व्यवस्थित बनाउन लागिरहेको बताउँदै भारतमा जाने नेपाली श्रमिकहरको तथ्यांक राख्ने कुरामा पनि जोड दिइरहेको उल्लेख गरे। 

‘आज ६ लाख ६७ हजार म बेरोजगार छु मलाई काम दिनुस् भन्नेहरुको तथ्यांक रोजगार सूचना व्यवस्थापन प्रणालीमा राखिएको छ। अब कोसँग के सीप छ। कसलाई कस्तो रोजगारीको आबश्यकता छ सोअनुसार रोजगारी उपलब्ध गराउन अन्तर मन्त्रालय तथा सम्बन्धित सरोकारवालाहरुसँग समन्वय गरिरहेका छौँ,’ कार्यक्रममार्फत उनले भने, ‘वनमन्त्रालयसँग मिलेर २५ हजारलाई तालिम दिने गरी छलफल गरिरहेका छौं।’

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उत्पादनशील बनाउन जोड दिइरहेको समेत उनले जिकीर गरे। 

त्यस्तै विदेशबाट फर्किएका श्रमिकहरुको सीप प्रमाणीकरण तथा सहुलियतपूण कर्जा प्रवाहमार्फत उनीहरुलाई स्वरोजगार बनाउन सरकारले जोड दिएको उनको भनाइ थियो। त्यस्तै विदेशबाट फर्किएका १० हजार युवालाई पुनर्एकीकरण गर्ने कार्यक्रम समेत रहेको उनले जानकारी दिए।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  १७:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव शुक्रबार, असोज २, २०८३
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्