काठमाडौं- सिद्धार्थ बैंकले बुधबार काठमाडौंको सुविधानगरस्थित सामुदायिक विकास समितिलाई सामाजिक उत्तरदायित्वअन्तर्गत पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। सो रकम बैंकका तर्फबाट बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजय सिंह भण्डारीले सामुदायिक विकास समितिका अध्यक्ष सुमित्रा कडरियालाई हस्तान्तरण गरेका हुन्।
उक्त रकम सामुदायिक विकास समितिले सुविधानगर स्थित मदन स्मृति सामुदायिक पुस्तकालयमा पुस्तकहरु थप गर्न र कम्पयुटर खरिद गरी प्रभावकारी व्यवस्थापन गर्नका लागि उपयोग गर्नेछ। स्थापना कालदेखि नै सुविधानगर क्षेत्र भित्र विभिन्न सामाजिक कार्य गर्दै आएको उक्त समितिलाई प्रदान गरिएको सो रकम सहयोगबाट शिक्षाको क्षेत्रमा केहि हदसम्म भए पनि उत्थान पुग्ने बैंकको विश्वास छ।
बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।