काठमाडौं– दरबारमार्गस्थित कोरियन रेस्टुरेन्टमा छापा हानी प्रहरीले १० युवतीसहित ११ जनालाई पक्राउ गरेको छ। याक एन्ड यती होटलसँगै रहेको प्योङयोङ रेस्टुरेन्टमा महानगरीय अपराध महाशाखाले शुक्रबार राति छापा हानेको हो।
सो रेस्टुरेन्ट अनुमतिबिना सञ्चालनमा रहेको र रेस्टेरेन्टमा काम गर्ने उत्तर कोरियाली नागरिकहरुको श्रम भीसा समेत नरहेकाले छापा हानिएको महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए। पक्राउ परेकाहरुलाई कारबाहीका लागि अध्यागमन विभागमा बुझाइने उनले बताए।
सो रेस्टुरेन्ट लामो समयदेखि विवादमा पर्दै आएको छ। उत्तर कोरियाले आफ्नो जासुसी संयन्त्रलाई बलियो बनाउन सो रेस्टुरेन्ट सञ्चालन गरेको बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।