काठमाडौं–एनसेल आजियाटा लिमिटेडले भैरहवामा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ। कोरोना महामारीका बेलामा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै यो सेन्टर सञ्चालनमा ल्याईएको हो।
भैरहवाको मिलनचोक–५ स्थित कोइराला कम्प्लेक्समा रहेको सेन्टरले ग्राहकलाई एकै स्थानबाट सम्पूर्ण ग्राहक सेवा प्रदान गर्ने उल्लेख गरिएको छ। एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन्।
यसैगरी ग्राहकहरुले सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बरहरु र विज प्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्न, बिल तिर्न, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्न लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन्।
नयाँ सेन्टर सञ्चालनका अवसरमा विभिन्न सेवाका लागि सेन्टर आएका ग्राहकले कार्तिक ३० गतेसम्म विभिन्न भोलुमका डेटा प्याक उपहारस्वरुप प्राप्त गर्नेछन्। भैरहवा सेन्टरबाट सिम कार्ड खरिद गर्ने ग्राहकले १ जीबी डेटा भोलुम निःशुल्क पाउनेछन् । प्राप्त डेटा भोलुम बिहान ५ बजे देखि बेलुका ५ बजे सम्म ७ दिनसम्म मान्य रहनेछ । साथै सेन्टरबाट रु २०० को ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले पनि ७ दिनको समयसीमा रहेको १ जीबी डेटा भोलुम निःशुल्क पाउनेछन्।
त्यसैगरी रु ५०० र रु १००० को ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ३० दिनका लागि मान्य हुने गरी क्रमशः १ जीबी र २ जीबी डेटा पाउनेछन् । सेन्टरबाट आफ्नो थ्रीजी सिमलाई फोरजीमा अपग्रेड गर्ने ग्राहकले पनि ७ दिनसम्म मान्य हुने १ जीबी डेटा पाउनेछन्। सेन्टरले हप्ताको सातै दिन बिहान ९ बजेदेखि ५ः३० बजेसम्म ग्राहकहरुलाई सेवा प्रदान गर्ने जनाइएको छ।
एनसेलले देशका विभिन्न भागमा ३१ वटा एनसेल सेन्टर सञ्चालन गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।