• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कसरी मत्थर भयो कांग्रेस विवाद?

64x64
लिलु डुम्रे मंगलबार, कात्तिक २५, २०७७  १४:५९
1140x725

काठमाडौ– संस्थापन पक्षका कतिपय पूर्वनिर्णय फिर्ता गराउन बाध्य पार्नलाई दबाब सिर्जना गर्ने उद्देश्यले संघर्ष गर्ने टुंगोमा पुगेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष अन्ततः पछि हटेको छ।

असोज १२ मा बुझाइएको १६ बुँदे विरोधपत्रमा न्यायपूर्ण र विधिसम्मत समाधान गर्न गम्भीरता र तदारुकता नदेखाए संघर्ष र विरोध कार्यक्रम गर्ने चेतावनी पौडेल पक्षले सभापति शेरबहादुर देउवालाई दिएको थियो। पौडेल पक्षले उठाएका मागमा आंशिक समाधान निस्केसँगै उक्त समूह पछि हटेको छ।

विभाग गठन, क्रियाशील सदस्यता वितरण, संगठन समायोजन, भ्रातृ संस्थाको कार्यकाल, अन्य दलबाट आएकाहरुलाई वितरित सदस्यता लगायतमा कांग्रेसभित्र विवाद चर्किएको थियो। एकतर्फी निर्णय अस्वीकार गर्ने निचोडमा पुगेको पौडेल पक्ष क्रियाशील सदस्यता विवाद टुंगाउने संस्थापन पक्षले वचन दिएसँगै पूर्व अडानबाट पछि हटेको छ। अन्य मुद्दालाई ‘उचाले’ पनि पौडेल पक्षले पूर्ववत अडान कायम राख्न सकेन।

गत पुसदेखि नै पौडेल समूहले विभाग गठनको विरुद्धमा आवाज उठाउँदै आएको थियो। सभापति देउवाले बढाएका विभाग र मनोनयनप्रति तीव्र आक्रोश व्यक्त गरेको पौडेल समूहले अन्तत ‘चिसै पानीले नुहाएको’ छ।

तर पौडेल पक्षीय नेता अर्जुनरसिंह केसी आफ्नो पक्ष पछि नहटेको दाबी गर्छन्। राष्ट्रिय परिस्थितिलाई मूल्यांकन गर्दै कांग्रेसबीच थप एकता महसुस गरी समाधान उन्मुख भएको उनले बताए।

विभागमा मनोनयनको क्रममा कतिपय सदस्य संस्थापनइतरका पनि परेकाले विभागको मुद्दालाई जोडदार रुपमा पौडेल पक्षले उठाउन नसकिएको बताइएको छ। विभाग भंग हुँदा आफ्नै समेत टाढिने भयले पौडेल पक्ष पछि हटेको बताइएको छ। थप विभाग गठन नगर्ने गरी सहमति बनेको छ। निर्णयको विरोधमा उत्रेको पौडेल पक्षले ‘कुत्सित मनसायले विभाग गठन भएको’ जनाउँदै आएको थियो।

पौडेल पक्षले विवादको मूल मुद्दा क्रियाशील सदस्यता वितरणलाई बनाएको थियो। अन्य दलबाट कांग्रेस प्रवेश गर्नेलाई क्रियाशील सदस्यता वितरण गर्दा विधान कुल्चेको पौडेल पक्षको जनाउँदै आएको थियो। महाधिवेशन प्रभावित गर्ने गरी नवप्रवेशीलाई हैसियतभन्दा बढी क्रियाशील सदस्यता बाँडेको पौडेल पक्षले बताउँदै आएको थियो।

पौडेल पक्षीय नेता अर्जुनरसिंह केसी आफ्नो पक्ष पछि नहटेको दाबी गर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

अन्य दलबाट आएकालाई क्रियाशील सदस्यताको छानबिन गरी वितरण गर्न संस्थापन पक्ष तयार भएको छ। वडा र केन्द्रले समन्वय गरेर क्रियाशील सदस्यता वितरण गर्ने समझदारी बनेको देउवा पक्षीय नेता एनपी साउदले जानकारी गराए। उनका अनुसार पद्धति मिचेर क्रियाशील सदस्यता वितरण गरेको भेटिए रद्ध गर्ने सहमति बनेको छ। 

पार्टी विधानसँग बाझिने गरी डडेलधुरा, कपिलवस्तु, डोल्पा, कैलाली, रसुवा लगायतका जिल्लामा क्रियाशील सदस्यता वितरण भएको पौडेल पक्षको जनाएको छ। राप्रपाका सुनिलबहादुर थापा सहित अन्य दलबाट प्रवेश गरेकालाई संस्थापन पक्षले पार्टीमा निर्णय नगरी हजारौं क्रियाशील सदस्यता वितरण गरेको आरोप लगाइएको छ।

जिल्ला पार्टी सभापति, क्षेत्रीय सभापति र मातहतका निकाय प्रमुखको अधिकारलाई केन्द्रले कुल्चेको पौडेल पक्षको आरोप थियो।

संगठन समायोजनको कार्य नसकिनुमा संस्थापनइतरले देउवा पक्षलाई कारण मान्दै आएको छ। निर्वाचन समितिको कार्यमा प्रश्न उठाउँदै पौडेल पक्षले संस्थापन हाबी भएको जनाएको थियो। निर्वाचन समितिले गरेका कार्यमा चित्त नबुझेको भए समितिका पाँचै सदस्यले राजीनामा दिने बताएका थिए। संस्थापन पक्षसँगै निर्वाचन समितिलाई पौडेल पक्षले आरोप लगाएपछि निर्वाचन समितिले राजीनामा दिने पत्र लेखेको बताइएको छ। निर्वाचन समितिको चेतावनीयुक्त पत्रपछि पौडेल पक्ष समायोजनको मुद्दाबाट पछि हटेको एक नेताले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विवादका कारण समायोजन नसकिँदा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र मुस्ताङमा क्रियाशील सदस्यता वितरण हुन सकेको छैन।

समायोजनको पूर्ण अधिकार निर्वाचन समितिलाई दिने गरी पुनः सहमति बनेको छ। विवादका कारण समायोजन नसकिँदा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र मुस्ताङमा क्रियाशील सदस्यता वितरण हुन सकेको छैन।

भ्रातृ तथा शुभेच्छुक संस्थाको सन्दर्भमा पौडेल पक्षले उठाएको मागको सुनुवाइ हुन सकेको छैन। संगठनको अधिवेशनबाट निर्वाचितलाई मात्रै केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने विधानको व्यवस्था छ। अधिकांश भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन वर्षौंदेखि हुन सकेको छैन। भ्रातृ संस्थाको महाधिवेशन गराएर मात्रै पार्टी केन्द्रको महाधिवेशन प्रतिनिधि हुनुपर्ने माग पौडेल खेमाले उठाएको छ।

शीर्ष नेताको बैठकमा भ्रातृ संस्थाको विषयमा छलफल भएपनि कुनै निचोड निस्केको छैन। पार्टीको महाअधिवेशन हुन नसक्ने अवस्थामा भ्रातृ संस्थालाई अधिवेशन गर्न निर्देशन दिनु व्यवहारिक नहुने नेता साउदले बताए।

भ्रातृ संस्थाको पदाधिकारी माथिल्लो पदमा पुगेको अवस्थामा भ्रातृ संस्थाको पद स्वत छोड्नुपर्ने विधानको व्यवस्था छ। उक्त मुद्दालाई पटकपटक पौडेल पक्षले उठाएको थियो। तर, समाधान निस्कन सकेको छैन। दलित संघका अध्यक्ष र महासचिव केन्द्रीय समितिमा भए पनि संघको जिम्मेवारी नछोडेका पौडेल पक्षको आरोप छ।

पार्टीमा विदेशस्थित जनसम्पर्क समितिमा पनि विवादलाई समेत पौडेल पक्षले उठाए पनि निष्कर्ष निस्कन सकेन। अमेरिका, अस्ट्रेलिया, बेल्जियम लगायतका जनसम्पर्क समितिले एकले अर्को पक्षलाई निश्कासन गर्दै आएका छन्।

पौडेल पक्षले उठाएका मागमा आंशिक समाधान निस्किएपछि  उक्त समूह पछि हटेपछि विवाद मत्थर भएको हो। 

नुवाकोट, पर्सा, कैलाली, सोलुखुम्बु, इलाम र भक्तपुरमा १३ औं महाधिवेशनका क्रियाशील सदस्यतामा समेत विवाद छ। विवादित क्रियाशील सदस्यता छानबिन प्रतिवेदन पेश गर्न नेता रमेश लेखकको संयोजकत्वमा समिति बन्ने आन्तरिक तयारी छ। विवादित विषय सम्बोधन हुने गरी गृहकार्य गरी केन्द्रीय समितिमा प्रस्ताव पेश गर्न महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्ण बहादुर खड्कालाई जिम्मेवारी दिइएको छ।

महामन्त्रीद्वयले पार्टी विवाद, महाधिवेशनको नयाँ कार्यतालिका, सरकार विरुद्ध सडक प्रर्दशन लगायतका मुद्दा समेटेर छलफलका लागि केन्द्रीय समिति बैठकमा प्रस्ताव लैजाने बताइको छ। केन्द्रीय समितिको बैठक बिहीबारका लागि बोलाइएको छ।

पार्टीमा फरक तेस्रो समूहको नेतृत्व गरेका कृष्णप्रसाद सिटौलाले वरिष्ठ नेता पौडेल पक्षले उठाएका माग सम्बोधन हुनुपर्ने राय राखेका थिए। सिटौलाले विवाद समाधान गरी महाधिवेशनको सुनिश्चितता हुनुपर्ने मत राखेका थिए।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १४:५९
  • #कांग्रेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन... शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत... शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति सहमति अनुसार श्रेष्ठसम्बन्धी विषय प्रेस काउन्सिल नेपालमा लगिनेछ। त्यस्तै, पन्तले पनि श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा पोस्ट नगर्ने सह... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्