जाजरकोट- कुशेगाउँपालिका–५ खुर्पास्थित लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाही निलम्बनमा परेका छन्।
मदिरा सेवन गरी विद्यालय आएका कारण उनलाई जागिरबाटै अवकाश दिइएको हो। मावि तह राहत दरबन्दीको अंग्रेजी विषयमा कार्यरत शाही विद्यालय समयमा पटकपटक मदिरा पिएर आउने गरेका थिए। पठनपाठनमा बाधा पुर्याएकाले कारबाही गरिएको विद्यालयका प्रधानाध्यापक दिनेशकुमार सिंहले बताए।
बारम्बार चेतावनी दिँदा पनि अटेर गरेपछि अभिभावक भेलाले उनलाई अवकाश गर्न सिफारिस गरेको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।