मुम्बइ– बलिउड ड्रग कनेक्सन केसमा अभिनेता अर्जुन रामपालको घरमा लागुऔषधि नियन्त्रण ब्युरो (एनसिबी) ले छापा मारेको छ। रामपालको मुम्बइ बान्द्रास्थित घरमा एनसिबीले छापा मारेको हो।
उनको घरमा एनसिबीले ड्रग्स खोजिरहेको बताइएको छ। सुशान्त सिंह राजपुतको मृत्युको मामलामा बलिउडको ड्रग्स कनेक्सन सार्वजनिक भएको थियो। यसपछि फिल्म उद्योगसँग जोडिएका पत्र–पत्र उप्काउन थालिएको छ। गत महिना अर्जुनकी गर्लफ्रेन्ड गेब्रिएलाका भाइलाई ड्रग्स केसमा एनसिबीले गिरफ्तार गरेको थियो।
यसैगरी आइतबार एनसिबीले बलिउड फिल्म निर्माता फिरोज नाडियाडवालाको घरमा पनि छापा मारेको थियो। उनको घरमा केही लागुऔषध बरामद भएको थियो। त्यसबेला नाडियाडवाला घरमा थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।