काठमाडौं- भिभोले नयाँ मोडलको स्मार्ट फोन 'भी-२० एसई' नेपाली बजारमा लन्च गरेको छ। ४८ मेगापिक्सेलको क्यामेरा भएको यो मोबाइलमा ३२ मेगापिक्सेल सुपर नाईट सेल्फी क्यामेरा छ।
७.८३ मिमी स्लिक डिजाइन र थ्रीडी बडीले आकर्षक लुक्स यसमा रहेको बताइएको छ। क्वालकम स्नेपड्रैगन टिएम ६६५ प्रोसेसर भएको यो मोबाइलमा ८ जिबी र्याम र १२८ जीबी रोम क्षमता छ। ४१०० एमएच ब्याट्री भएको मोबाइलमा एकघण्टामा नै फुल चार्ज हुने बताइएको छ।
यो फोनको बजार मूल्य ४० हजार छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।