काठमाडौं–अनलाइन बजार दराजले यही कात्तिक २६ (नोभेम्बर ११) मा हुने यस वर्षको ‘११/११’ को तेस्रो संस्करण सफल बनाउन तयार रहेको जनाएको छ। यसका लागि दराजले विभिन्न अफरहरु घोषणा गरेको छ।
यस वर्षको ‘११/११ सेल’ मा ग्राहकहरुले विशेष छुट पाउनुका साथै ८ लाख बराबरको टिभीएस अपाचे आरआर ३१० जित्ने मौका पनि पाउनेछन्।
ग्राहकहरुले नबिल बैंक, सनिमा बैंक, एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेन्चुरी बैंक र हिमालयन बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरि अनलाइन भुक्तानीमा २० प्रतिशतसम्मको छुट पाउनेछन्। त्यस्तै, ग्राहकहरूले ‘दराज’ मा इसेवा वालेटमार्फत् भुक्तानी गर्दा छुट पनि पाउनेछन्।
११/११ मा ग्राहकहरुले विशेष लन्चका रुपमा सामसङ ग्यालेक्सी एसट्वेन्टी एफइ ६९ हजार ९९९ रुपैयाँमा पाउनेछन्। त्यस्तै एलजी, एमआई, फिटबिट, सोनी, भ्यांस, होर्लपुल, टाइटन, कोलम्बिया, मिचा, गोल्डस्टार, जुआस, होम ग्लोरी, आमाइरा, फेशन हाउस, न्यु ब्यालेन्स, टिभिएसजस्ता ब्रान्ड हरुमा पनि ६० प्रतिशतसम्म छुट पाउनेछन्।
साथै प्रिमियम प्रायोजक कोकाकोलाले पनि ‘११/११’ को अवसरमा विशेष अफरहरू घोषणा गर्ने छ। दराजले ग्राहकहरुलाई लाइभ भिडियोहरू, फ्ल्यास सेल, बन्डल अफर, निःशुल्क वितरण, सोसल मिडियामा प्रतियोगिता, अनलाइन लुडो प्रतियोगिता, अर्ली बर्ड अफर, एनसेल मोबाइल रिचार्ज छुट, वन रुपी गेम र मिशन ११/११ जस्ता गेममार्फत् पुरस्कार जित्ने धेरै अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।
‘११/११’ सेलका बारेमा जानकारी दिन दराजले प्रत्यक्ष प्रेस कार्यक्रम आयोजना गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।