• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १९, २०८२ Fri, Dec 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कार्यकारी अध्यक्षको हालत : बैठक बोलाउन लिखित अनुरोधपत्र

64x64
किशोर दहाल शनिबार, कात्तिक २२, २०७७  १८:०१
1140x725

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निकै दुःखले आफूमा कार्यकारी अधिकार अन्तर्निहित गराए। त्यसका लागि उनले अर्का अध्यक्ष केपी ओलीलाई फकाउने र आग्रह गर्नेजस्ता सजिला मार्ग मात्रै होइन, पूर्वएमालेका समूहलाई साथमा लिएर अध्यक्ष केपी शर्मा ओलीलाई दबाब पनि दिए।

पार्टी एकता घोषणा हुनुभन्दा अघिल्लो दिन केपी ओली र प्रचण्डले गरेको गोप्य सहमति पालना नहुने निश्चितजस्तै थियो। प्रचण्डले विकल्पमा आफूलाई पार्टी सञ्चालनको एकल अधिकार दिनुपर्ने बहस सुरु गरे।

यो पनि पढ्नुहोस्

गोप्य सहमतिले तर्साएर पार्टी अध्यक्ष ताक्दै प्रचण्ड!बिहीबार, जेठ १६, २०७६

प्रचण्डले पूर्वएमालेकै नेताहरुको साथ लिएर ओलीलाई अप्ठ्यारोमा पार्दै लगे। त्यसका लागि उनले मन्त्रिपरिषद्को पुनर्गठनको कुरा उठाउनेदेखि सरकारको 'गियर' चेन्ज गर्नेसम्मका विषय उठाए।

सरकारको कामको प्रचारप्रसार गर्नेतिर होइन, सरकारले काम नै गर्न नसकेको सन्देश प्रवाह गरे। दुई अध्यक्षबीच अविश्वासपूर्ण सम्बन्ध विकास हुँदै गर्दा पार्टीको काममा पनि अवरोध आयो।

यो पनि पढ्नुहोस्

ओलीका 'प्रचण्ड' दुःख [नेकपा बहस-२] मंगलबार, साउन २१, २०७६

अन्ततः ओली प्रचण्डसँगको सम्झौताका लागि बाध्य भए। सोही अनुसार मन्त्रिपरिषद् पुनर्गठन भयो। राष्ट्रपतिलाई साक्षी राखेर दुई अध्यक्षले अधिकार विभाजन गरे र सचिवालय बैठकबाट अनुमोदन गराए। गत मंसिर ४ गते सचिवालयको निर्णय चर्चित मध्येको एक हो।

मंसिर ४ मा सचिवालयले गरेको निर्णयको मूलभूतः कुरा हो- ओलीले पाँचै वर्ष सरकारको नेतृत्व गर्ने र प्रचण्ड कार्यकारी अधिकार सहित सरकारको काममा केन्द्रित हुने। आम रुपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने।

सचिवालयको निर्णयपछि प्रचण्ड खुबै उत्साहित भए। आफूलाई पनि कार्यकारीको फिलिङ आएको बताए। तर, उनको खुसी लामो समय टिक्न सकेन। ओलीले आफू नै एक नम्बरको अध्यक्ष भएको भन्दै प्रचण्डको तेजोबध गरिदिए। बैठकको अध्यक्षता पनि प्रचण्डले गर्न पाएनन्। प्रचण्डलाई मंसिर ४ अघि र पछिमा खासै फरक भएन। यसरी सुरु भएको अविश्वासको शृंखला लामै समय रह्यो।

यो पनि पढ्नुहोस्

नेकपामा निरीह 'अर्का अध्यक्ष'बुधबार, माघ १, २०७६

प्रचण्डले बैठकहरुमा आफूलाई कार्यकारी अधिकार प्रयोग गर्न नदिएको दुखेसो गरिरहे। कुर्सीसमेत ओलीको हाराहारीमा नराखी अध्यक्षको रुपमा स्वीकार नगरिएको बताए।

Ncell 2
Ncell 2

गत वैशाखमा विवादास्पद अध्यादेश ल्याएपछि ओली पार्टीभित्र आलोचनाको केन्द्रमा रहन थाले। अर्कोतिर, प्रचण्ड-नेपाल समूहको गठबन्धन पनि झन् बलियो र निर्णायक बन्दै गएको थियो।

यस्तै अवस्थामा गत असारमा सुरु भएको स्थायी कमिटी बैठक ८० दिनसम्म चल्यो। अनेक आरोपप्रत्यारोपले बैठक कैयौं दिनसम्म अवरुद्ध भए। नेताहरुबीच अत्यन्तै तिक्ततापूर्ण सम्बन्ध रह्यो।

यो पनि पढ्नुहोस्

नेकपा स्थायी कमिटीका ८० दिन : कुर्सी व्यवस्थापनदेखि 'कोरोना जन्तर’सम्म शुक्रबार, भदौ २६, २०७७

पार्टीको संकटलाई तत्कालका लागि किनारा लगाउन सो बैठक सफल भयो। अन्य विषयका साथसाथै बैठकले अध्यक्षद्वयको अधिकार विभाजनलाई पुनः व्याख्या गर्‍यो। मंसिर ४ गते सचिवालय बैठकले गरेकोभन्दा अझ विस्तृत व्याख्या सचिवालय बैठकले गरेको थियो। जसबारे भदौ २९ गतेको अन्तरपार्टी निर्देशन- ५ मा भनिएको छ:

३. अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने
पार्टीमा दुई अध्यक्षात्मक व्यवस्थाको समझदारीपूर्ण एवम् प्रभावकारी कार्यान्वयन हुन नसक्दा शीर्ष नेतृत्व तहमा अविश्वास र अन्तर्विरोध उत्पन्न हुने गरेको छ। एउटा समस्या समाधान भएको केही समय नबित्दै नयाँ रूप र स्तरमा अर्को समस्या आइलाग्ने गरेको छ। यस अवस्थाको नकारात्मक प्रभाव समग्र पार्टी तथा सरकारको काममा समेत परिरहेको छ। वैधानिक व्यवस्थामा विद्यमान अस्पष्टतालाई स्पष्ट पार्दै पारस्परिक विश्वास र सहमतिका आधारमा यो समस्याको समाधान गर्नुपर्दछ। यसका लागि अध्यक्षद्वयको कार्यविभाजन र कार्याधिकार निम्नानुसार स्पष्ट गर्नेः

३.१ अध्यक्षद्वयको परामर्शमा महासचिवले सचिवालय, स्थायी कमिटी, पोलिटव्यूरो तथा केन्द्रीय कमिटी बैठकका लागि कार्यसूची तयार गर्ने र बैठक बोलाउने। सम्बन्धित कमिटीको बैठकमा कार्यसूची पेश गर्ने, पारित गर्ने र तदनुरूप बैठक सञ्चालन गर्ने।

३.२ अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रतिनिधिसभाको यो कार्यकाल भरी प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र सरकारको काममा केन्द्रित हुने।

३.३ अध्यक्ष कमरेड पुष्पकमल दाहाल 'प्रचण्ड’ले कार्यकारी अधिकारसहित पार्टीका बैठकहरूको सञ्चालन, निर्णयहरूको कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने।

३.४ अध्यक्षद्वयले पार्टी र सरकारबीचको आपसी सम्बन्धलाई संस्थागत रूपमा अघि बढाउन समन्वय गर्ने। सामूहिक नेतृत्व तथा व्यक्तिगत जिम्मेवारीको संस्थागत प्रणाली अवलम्बन गर्ने र सबल तुल्याउने।

यसका अतिरिक्त अर्को पनि महत्त्वपूर्ण विषय समावेश छ। भनिएको छ- 'सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने स्थापित मान्यतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने। सचिवालयमा गरिने छलफल, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था र कानुनी प्रबन्धका आधारमा संघीय मन्त्री परिषद र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन तथा राजनीतिक नियुक्ति सम्बन्धी निर्णय गर्ने। मन्त्री परिषद पुनर्गठन र राजनीतिक नियुक्तिका लागि योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गर्ने।' (अपानिको बुँदा ७.७)

यसबीचमा ओलीले स्थायी कमिटीको निर्णय अनुसार राजनीतिक नियुक्तिहरु गर्दा पार्टीमा छलफल गरेनन्। आफ्नै ढंगले मन्त्रिपरिषद्मा सदस्यहरु थपे। जसले गर्दा पार्टीभित्र स्थायी कमिटीको निर्णय निष्क्रिय भएको बहस सुरु भयो।

यसैबीच कार्यकारी अधिकार पाएका भनिएका प्रचण्डले भने बैठक बोलाउने सामर्थ्य समेत राखेका छैनन्। कात्तिक २० गते ओलीसँग भएको छलफलमा उनले बैठक बस्ने कुरा गरे। तर, ओलीले सहमति दिएनन्। र एकपक्षीय बैठक राखे त्यो नै पार्टी विभाजनको बिन्दु हुने चेतावनी दिए। त्यसपछि प्रचण्डले शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा अनौपचारिक बैठक बोलाए। जहाँ ओली पक्ष सहित उनी पक्षका सचिवालय सदस्यहरु ईश्वर पोखरेल, रामबहादुर थापा बादल तथा विष्णु पौडेल सहभागी भएनन्।

बैठकमा सहभागी पाँच सचिवालय सदस्यहरु प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम तथा नारायणकाजी श्रेष्ठले शनिबार ओलीलाई भेटेरै बैठकका लागि अनुरोध गर्ने निर्णय गर्‍यो। सोही अनुसार पाँच नेता शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगे।

'...कार्यकारी अध्यक्षले बारम्बार बैठकको आग्रह गर्नुभएको परिप्रेक्ष्यमा पनि बैठक हुन नसकेको स्थितिमा कार्यकारी अध्यक्षले प्रस्तावित गर्नुभएको सन्दर्भलाई मात्रै ध्यान दिँदै छिट्टै सचिवालयको बैठक बस्नका निम्ति कमरेड केपी शर्मा ओलीसँग पनि अनुरोध गरेका छौं। लिखित रुपमा अनुरोध गरेका छौं। कमरेड केपी शर्मा ओलीले बैठकको बारेमा आज निष्कर्ष दिनुभएको छैन', बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

यसले पार्टीभित्र प्रचण्ड र उनलाई दिइएको भनिएको कार्यकारी अधिकारको हालत दर्साउँछ। आफ्नो ढंगले बैठक राख्ने अवस्थामा छैनन्। उनले बोलाएको बैठक पार्टी फुटको बिन्दु हुने अवस्था छ। अर्कोतिर, उनी बैठक बसाइपाऊँ भनेर अर्का अध्यक्षलाई अनुरोधपत्र बुझाउनुपर्ने अवस्थामा छन्। 

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७  १८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन... शुक्रबार, मंसिर १९, २०८२
पैसा र शक्तिको प्रभावमा मात्रै चुनाव जित्ने अवस्था आउन दिनुहुन्न : प्रधानमन्त्री हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उनले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अ... शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध शुक्रबार, मंसिर १९, २०८२
प्लेअफमा पुग्न लुम्बिनीलाई जनकपुरद्वारा १३३ रनको लक्ष्य शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्