काठमाडौं–‘टिभीएस दसैंको आशा’ योजनाअन्तर्गत पाँचौ हप्ताको विजेता रत्नेशकुमार कर्ण बनेका छन् । उनले टीभीएसको जनकपुर सोरुमबाट टिभीएस स्ट्राइकर किनेका थिए। उनले अब टिभीएसको सबैभन्दा महंगो बाइक अपाचे आरआर ३१० उपहार स्वरुप पाउने कम्पनीले जनाएको छ।
नेपाल आइडल सिजन २ विजेता रवि ओडले एक कार्यक्रमका बीच सो घोषणा गरेका हुन्।
सो अवसरमा जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले १०० देखि ३१० सीसी सम्मका टिभीएसका सबै बाइक नेपाली बजारमा उपलब्ध भएको र ग्राहकले आफूले चाहेको बाइक वा स्कुटर प्राप्त गर्न सकिने बताए ।
‘टिभीएस दसैंको आशा’ योजना अन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कुटर खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने छन् ।
त्यसैगरी ५० प्रतिशत डाउनपेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ। यी दुईमध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।