काठमाडौं- कोरोना संक्रमण पुष्टि भएका हास्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ। उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसीयुमा उपचार भइरहेको छ।
संक्रमण पुष्टि भएपछि घरमै आइसोलसनमा रहेका उनलाई बुधबार स्वास्थ्य अवस्था जटिल भएपछि सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको थियो।
गजुरेलले कात्तिक ११ गते सोमबार आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत् जनाएका थिए। दाजुलाई अस्पताल लाने लैजाने गरेको र अघिल्लो सातादेखि टाउको दुख्ने, ज्वरो आउने र ढाड दुखाई भएको उल्लेख गर्दै उनले पिसीआर परीक्षण गराउँदा नतिजा पोजेटिभ आएको जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।