काठमाडौं– दरबारमार्गस्थित याक एण्ड यती होटलमा सञ्चालित क्यासिनो रोयलबाट प्रहरीले अवैध सञ्चारसेट बरामद गरेको छ। महानगरीय अपराध महाशखाले क्यासिनोमा छापा हानी ११ वटा रेडियो सेट बरामद गरेको हो।
सञ्चार मन्त्रालयको अनुमती बिना नै ती सञ्चारसेट प्रयोग भएकाले बरामद गरिएको महानगरिय अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए।
रेडियो ऐन २०१४ अनुसार अनुमती बिना रेयिा सेट प्रयोग गरेमा जफत गरी ५० लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ।
क्यासिनोमा कार्यरत सेक्युरिटी गार्डहरुले अवैध रुपमा ती सेटहरु प्रयोग गर्दै आएको थियो। क्यासिनोको सेक्युरिटी क्यासिनो प्यालेस नामक कम्पनीले हेर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।