काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीले गरेको रिक्त पदाधिकारीको चयनप्रति असन्तुष्टि जनाएका छन्।
निर्वाचित केन्द्रीय कार्यसमितिको आजको बैठकले बहुमतबाट उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा प्रकाशशरण महतलाई चयन गरेपछि नेता सिटौलाले सभापति शेरबहादुर देउवाले सबै पदाधिकारीलाई विश्वासमा लिएर निर्णय गर्न नसकेको बताएका हुन्।
'आजको परिस्थितिमा पार्टीका सबै साथीहरुलार्इ मिलाएर लैजानुपर्नेमा सभापतिजीले जसरी हतारिएर निर्णय गराउनु भयाे त्यो ठीक छैन,' कांग्रेसमा तेस्रो धारको नेतृत्व गरिरहेका नेता सिटौलाले नेपाल लाइभलाई भने, 'यसले पार्टीलार्इ दूरगामी असर गर्छ। सभापतिले कम्तिमा निर्वाचित सबै पदाधिकारीलार्इ विश्वासमा लिएर निर्णय गर्न सकेको भए राम्रो हुन्थ्यो।'
सभापति देउवाले सहमतिबिनै आफ्नो पक्षका नेतालाई मात्र पदाधिकारीमा चयन गरेकोमा असन्तुष्टि जनाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर केही नेताले बैठक बहिस्कार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।