काठमाडौं–चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठले कोरोना महामारीबाट बँच्न मास्क लगाउन र विशेष ध्यान दिन सबैलाई अनुरोध गरेका छन्। अनिवार्य रूपमा मास्क लगाउने, साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने लगायतको सावधानी अपनाउनाले कोरोनावाट परै बस्न सकिने उनको सुझाव छ।
श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा यस्तो अनुरोध गरेका छन्। कलाकार हरिवंश आचार्य कोरोना संक्रमणमुक्त भएपछि दुवै जनाले पहिलो पटक भेटघाट गरेका छन्। सोही भेटघाटको फोटो हाल्दै श्रेष्ठले यस्तो सुझाव दिएका हुन्।
‘हरिवंशलाई कोरोना रिपोर्ट पोजिटिभ आउनुभन्दा पहिला दुवै जना एउटै गाडीमा चढेका थियौ र दिनभर काममा पनि संगै थियौं,’ श्रेष्ठले लेखेका छन् ‘कामका बेला हामीले बेला बेलामा स्यानिटाईजर दलेका थियौं, सोसियल डिस्ट्यान्समा होस पुर्याएकै थियौं। तर, एउटै गाडी चढ्दा भने डिस्ट्यान्स खासै मेन्टेन हुन सकिरहेको थिएन’ मदनकृष्णले लेखेका छन्।
गाडीमा चढेका चार जनाको रिपोर्ट नेगेटिभ आएपछि हरिवंशलाई कोरोना संक्रमण हुनुको कारण खोज्न थालेका थिए। त्यही क्रममा आफूले लगाएको मास्कले धेरै हदसम्म कोरोनाबाट बचाउन मदत पुर्याएको उनको भनाइ छ। त्यसैले, साबुनपानी, स्यानीटाईजर र सामाजिक दूरीका साथै मास्क लगाउन विषेश ध्यान दिन उनको अनुरोध छ।
हरिबंशलाई कोरोना पोजेटिभ भैसकेकोरहेछ यो कुरा हरिबंश आफैलाई पनि थाहा थिएन। उ आफैलाई थाहा नभएको कुरा मलाई थाहा हुने त ...
Posted by Madan Krishna Shrestha on Monday, November 2, 2020
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।