काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैपटक ६ जना सरकारी कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खानेहरुविरुद्ध शुक्रबार बिशेष अदालतमा मुद्दा दायर भएको हो।
नेपाल प्रहरीका सइ नागेन्द्रकुमार भगत, सरस्वती चौतारा निमावी, दाङकी शिक्षिका अञ्जना शाह, पद्यमकन्या मावि डिल्लिबजारका अस्थायी शिक्षक धनप्रसाद घिमिरे, पूर्वाञ्चल विश्वबिद्यालयका कर्मचारी अमिर श्रेष्ठ, विराटनगर महानगरपालिकाका खरिदार धनकुमार लामा र श्री प्राथमिक बिद्यालय देवाही रौतहटका उषा यादबविरुद्ध आयोगले मुद्दा दायर गरेको हो।
उनीहरु सबैले बिहारका विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रको आधारमा जागिर खाएका थिए। अख्तियारले सम्बन्धित शैक्षिक संस्थासँग बुझ्दा उनीहरुले नपढेको खुलेपछि मुद्दा दायर भएको हो।
शैक्षिक योग्यताको प्रमाणपत्रहरु नक्कली बनाइ पेश गरी अनुचित लाभ लिने प्रवृत्ति नियन्त्रण गर्न आयोगले गम्भीर रुपमा छानविन गरिरहेको आयोगका प्रवक्ता दीर्घराज मैनालीले बताए। झुठ्ठा शैक्षिक योग्यताका प्रमाण(पत्र पेश गरी अनुचित लाभ लिने राष्ट्रसेवक कर्मचारीहरुलाई कानूनी दायरामा ल्याइ कारवाही गर्न आयोग क्रियाशील रहेको उनी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।