काठमाडौं- कास्की जिल्ला पोखरा महानगरपालिका-१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालमा प्रभु बैंकले एक्सटेन्सन काउन्टर संचालन गरेको छ।बैंकले सोमबारदेख एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।
मातृशिशु मितेरी हस्पिटल परिसरमा बिहान १० बजे गण्डकी प्रदेशका प्रदेश सभासद कृष्णबहादुर थापाले काउन्टरको उद्घाटन गरेका हुन्। मातृशिशु मितेरी हस्पिटलमा सञ्चालित काउन्टरबाट बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म सेवाग्राहीलाई बैंकिङ सेवा प्रदान गरिने बैंकले जनाएको छ।
काउन्टर सञ्चालन पश्चात् मातृशिशु हस्पिटलको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्फत् हुने भएकाले प्रशासनिक सहजता प्राप्त हुने बैंकको विश्वास छ। यो सँगै बैंकले संचालन गरेका एक्सटेन्सन काउन्टरको संख्या ५६ पुगेको छ।
प्रभु बैंकले देशभरमा २१० वटा शाखा कार्यालय, १९५ वटा एटिएम र १७ वटा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।