• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस १४, २०८२ Mon, Dec 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

के हो फ्याटी लिभर? यस्ता छन् कारण र लक्षण

डा सुवास भट्टराई सोमबार, कात्तिक १७, २०७७  १३:०२
1140x725

हिजोआज धेरै मानिस युएसजी (भिडियो एक्सरे) गर्दा  फ्याटी लिभर (कलेजोमा बोसो) देखियो भनेर अस्पताल आउने गरेको पाइन्छ। 

के हो त फ्याटी लिभर?

सामान्य बुझाइका लागि फ्याटी लिभर भनेको कलेजोमा बोसो जमेको अवस्थालाई बुझ्न सकिन्छ। 

के यो सामान्य हो या कुनै नराम्रो रोगको लक्षण हो?

धेरैजस्तो अवस्थामा फ्याटी लिभर सामान्य जस्तो लाग्न सक्ला, तर यसलाई हेलचेक्राइँ गर्नु हुँदैन। चिकित्सक, पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श र सल्लाह गर्दा राम्रो हुन्छ। कतिपय अवास्थामा, यो भविष्यमा हुन सक्ने नराम्रो रोगको पहिलो लक्षण पनि हुन सक्छ।

के कारणले हुन्छ फ्याटी लिभर?
१.    रक्सीको सेवन,
२.    मोटोपना, 
३.    अस्वस्थ खानपीन (विलाशी 18),
४.    शारीरिक व्यायाममा कमी,
५.    मधुमेह,
६.    रगतमा नराम्रो बोसोको मात्र धेरै हुँदा,
७.    हेपाटाइटिस सी,
८.    कलेजो बिग्रिनु अगाडिको एकदमै पहिलो लक्षण, 
९.    कतिपय अवास्थामा लामो समयसम्म दीर्घकालीन रोगका लागि प्रयोग भइरहेका औषधिले पनि समस्या ल्याउन सक्छ।

फ्याटी लिभर भएपछि के-के हुन्छ? 

१.    फ्याटी लिभरलाई कलेजो रोगको पहिलो लक्षण मान्न सकिन्छ। यो अवस्थामा मान्छे बाहिरबाट हेर्दा एकदमै सामान्य हुन सक्छ। उसको कलेजोको रगत (एलएफटी) को रिपोर्ट सामान्य नै हुन सक्छ। 

Ncell 2
Ncell 2

२.    स्टिटोहेपाटाइटिसिलाई रोगको दोस्रो चरण मान्न सकिन्छ। यसमा भिडियो एक्सरे गर्दा फ्याटी लिभर देखिनुका साथै कलेजो सुन्निन्छ, फुल्छ।

लक्षणहरू 

कसै-कसैलाई खाना मन नलाग्ने, बान्ता हुने, मुख मिठो नहुने, आलस्य हुने, कमजोरी, पहेलो पिसाब, आँखाबाट पहेलोपना सुरू भएर शरीरको अन्य भागमा देखा पर्ने (जन्डिस) पनि देखिन सक्छ। करङमुनिको दाहिने भाग कोखा दुख्ने पनि हुन सक्छ।

समयमै रोगको कारण, निदान र उपचार नगरे कतिपय अवास्थामा रोग बढेर कलेजो बिग्रने अवस्था आउन सक्छ। कलेजो बिग्रेर कलेजो फेलियर भएमा त्यसलाई सिरोसिस (लिभर सिरोसिस) भनिन्छ। सामान्य भाषामा यसलाई लिभर फेलियर भनेर बुझ्न सकिन्छ। तर, सफल उपचार गरे बिरामी पहिलेको जस्तै सामान्य अवस्थामा आउन सक्छ। 

लिभर सिरोसिस हुने मुख्य कारण के-के हुन्?

१.    कम्तिमा १० वर्षदेखि नियमित रक्सी सेवन।
२.    क्रोनिक हेपाटाइटिस (बी, सी) - रगतबाट, असुरक्षित यौन सम्पर्कबाट, आइभी ड्रग एब्युज, आमाबाट सन्तानमा।
३.    फ्याटी लिभर भई स्टिटोहेपाटाइटिस हुँदै रोगको उपचार नगर्दा र रोग बढ्दै जाँदा।

लिभर सिरोसिसका लक्षण

१. जन्डिस रहिरहने (आँखाबाट पहेँलोपना सुरू भएर शरीरको अन्य भागमा देखा पर्ने र बढ्ने र पहेँलो पिसाब जाने)।
२. खान मन नलाग्ने, बान्ता हुने, आलस्य हुने, कमजोरी महसुस हुने।
३. खुट्टा सुनिन्ने, फुल्ने।
४. पेट फुल्ने वा पेट ठूलो हुने।
५. छाला र मासु गलेर आउने।
६. बिरामी पातलो-दुब्लो हुँदै जाने।
७. केटा मान्छेको स्तन बढेर आउने।

लिभर सिरोसिस भयो भने के-के समस्या आउन सक्छन्? 

१.    पेटमा पानी जम्नाले पेट फुलेर आउने, सास फेर्न गाह्रो हुने। 
२.    खुट्टा फुलेर, सुन्निएर काम गर्न, हिँड्न गाह्रो हुने।
३.    मुखबाट बान्तामा रगत आउने, दिसामा रगत आउने, दिसा कालो हुने।
४.    बोली लटपटिने, बेला-बेलामा होस गुमाउने, दिनमा सुत्ने, रातमा बर्बराउने।
५.    पिसाब आउन कमी हुने।

माथि उल्लेखित कुनै पनि समस्या देखा परेमा तुरुन्तै अस्पताल जानुपर्छ। कतिपय अवस्थामा आइसियूमै भर्ना गरेर मात्र उपचार सम्भव हुन सक्छ।

फ्याटी लिभरको उपचार 

१.    चिकित्सक, पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श र सरसल्लाह गर्ने। 
२.    धेरैजसो अवास्थामा, यो समस्याका लागि छुट्टै औषधि प्रयोग गर्नुपर्दैन। 
३.    कलेजोमा बोसो बढ्ने अवस्थाको कारण जे हो, त्यसको उपचार गर्ने। 
४.    वजन घटाउने, हिँडडुल गर्ने, नियमित व्यायाम गर्ने, खानपीनको ख्याल राख्ने।

तर स्टिटोहेपाटाइटिसको अवस्थामा पुगिसकेपछि उचित परामर्श र औषधि प्रयोग गर्नुपर्छ। समयमै उपचार गरे कलेजो बिग्रन पाउँदैन र आफ्नो पुरानो स्वरूपमै कलेजो राम्रो हुँदै जान्छ।

लिभर सिरोसिस भइसकेपछि पेट तथा कलेजो रोग विशेषज्ञसँग नियमित चेकजाँच गराउनुपर्छ। अझ जटिलता नआओस् भनेर उपचार गर्ने र जेजसो जटिलता देखिन्छ त्यसको समयमै उपचार गर्ने। कतिपय अवस्थामा कलेजो फेर्ने अथवा प्रत्यारोपण गर्नु बाहेक अन्य विकल्प नरहन सक्छ।

यी भ्रम हुन् 

१. लिभर टनिकले फ्याटी लिभर (जन्डिस) को सफल उपचार हुन्छ।
२. लिभर टनिक खाएपछि रक्सी खान हुन्छ। 
३. लिभर टनिक खाएपछि कलेजो बिग्रन्न।
४. बेसार खाएमा कलेजोको रोग, जन्डिस बढ्छ।
५. नुन खानु हुँदैन।
६. जे पनि उमालेको मात्र खानुपर्छ।
७. तरकारी पकाउन थोरै मात्रामा पनि तेल प्रयोग गर्नु हुँदैन। 

कस्तो खानपान अपनाउने

नियमित रक्सी सेवनले जन्डिस हुन सक्ने भएकाले मध्यपान गर्नु हुँदैन। कलेजोले खानामा विशेषगरी चिल्लो र प्रोटिन पचाउने भएकाले कलेजोलाई आराम दिनका लागि माछा-मासु र चिल्लो पदार्थ धेरै नखाने।

पानी प्रसस्त मात्रामा पिउनुपर्छ। पानी उमालेको वा फिल्टर गरेको हुनुपर्छ। मुख नमिठो हुने हुँदा ग्लुकोज पानी, फलफूलको जुस खाने। फलफूल पानीको विकल्प हुनुका साथै तागत पनि दिने भएकाले सकेसम्म प्रसस्त फलफूल खाने। जन्डिस हुँदा सकीनसकी मेवा, उखु खोज्दै हिँड्नुपर्दैन। उखु पेल्ने हात र पानी फोहोर छ भने त्यसले फाइदा होइन बेफाइदा गर्न सक्छ। 

नियमित बिहान-बेलुका दाल-भात-तरकारी खान मिल्छ। तरकारी पकाउन थोरै तेलको प्रयोग गर्न सकिन्छ। तर, तेलमा फ्राइ गरेको, तारेको खाने कुरामा खानु हुँदैन। जंकफुड, फास्टफुड, मःमः, चाउमिन जस्ता बाहिरका खाना खानु हुन्न। यसैगरी, कोक/फेन्टा जस्ता पेय पदार्थबाट पनि टाढै बस्नुपर्छ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  १३:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा
यस्तो छ निर्वाचन आचारसंहिता (पुर्णपाठ)
सम्बन्धित सामग्री
जाडो मौसममा बच्चालाई कसरी सुरक्षित राख्ने ? जाडो मौसममा बालबालिकाको सक्रियाता कम हुने गर्छ। शारीरिक सक्रियता कम हुँदा, घरभित्रै मात्र बसिरहँदा बालबालिकामा कुनै रोग छ भने एकबाट... शनिबार, पुस ५, २०८२
खाना खाने बित्तिकै ट्वालेट जानुपर्छ? यस्ता समस्या हुन सक्छन्... जब खाना पेटसम्म पुग्छ, तब ठूलो आन्द्रालाई सिग्नल पुग्छ। यो सिग्नलले ठूलो आन्द्रालाई संकुचन गराउन भन्छ। जसले त्यहाँ रहेका मललाई रेक्ट... बिहीबार, पुस ३, २०८२
जाडोयाममा बढी देखिने कत्ले रोग के हो? सामान्यतया आनुवंशिक (जेनेटिक) कारणले नै कत्ले रोग देखिन सक्छ। तर कतिपयमा जेनेटिक कारण नभए पनि यो समस्या देखिनसक्छ। यो समस्या जाडोयाम... बिहीबार, मंसिर २५, २०८२
ताजा समाचारसबै
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह आइतबार, पुस १३, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
यस्तो छ निर्वाचन आचारसंहिता (पुर्णपाठ) आइतबार, पुस १३, २०८२
कांग्रेसले समानुपातिक सूची सोमबार आयोगमा बुझाउने आइतबार, पुस १३, २०८२
पार्टी परित्याग गरेकालाई घर फर्कन काँग्रेसको आह्वान आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष शनिबार, पुस १२, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्