• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

के हो फ्याटी लिभर? यस्ता छन् कारण र लक्षण

डा सुवास भट्टराई सोमबार, कात्तिक १७, २०७७  १३:०२
1140x725

हिजोआज धेरै मानिस युएसजी (भिडियो एक्सरे) गर्दा  फ्याटी लिभर (कलेजोमा बोसो) देखियो भनेर अस्पताल आउने गरेको पाइन्छ। 

के हो त फ्याटी लिभर?

सामान्य बुझाइका लागि फ्याटी लिभर भनेको कलेजोमा बोसो जमेको अवस्थालाई बुझ्न सकिन्छ। 

के यो सामान्य हो या कुनै नराम्रो रोगको लक्षण हो?

धेरैजस्तो अवस्थामा फ्याटी लिभर सामान्य जस्तो लाग्न सक्ला, तर यसलाई हेलचेक्राइँ गर्नु हुँदैन। चिकित्सक, पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श र सल्लाह गर्दा राम्रो हुन्छ। कतिपय अवास्थामा, यो भविष्यमा हुन सक्ने नराम्रो रोगको पहिलो लक्षण पनि हुन सक्छ।

के कारणले हुन्छ फ्याटी लिभर?
१.    रक्सीको सेवन,
२.    मोटोपना, 
३.    अस्वस्थ खानपीन (विलाशी 18),
४.    शारीरिक व्यायाममा कमी,
५.    मधुमेह,
६.    रगतमा नराम्रो बोसोको मात्र धेरै हुँदा,
७.    हेपाटाइटिस सी,
८.    कलेजो बिग्रिनु अगाडिको एकदमै पहिलो लक्षण, 
९.    कतिपय अवास्थामा लामो समयसम्म दीर्घकालीन रोगका लागि प्रयोग भइरहेका औषधिले पनि समस्या ल्याउन सक्छ।

फ्याटी लिभर भएपछि के-के हुन्छ? 

१.    फ्याटी लिभरलाई कलेजो रोगको पहिलो लक्षण मान्न सकिन्छ। यो अवस्थामा मान्छे बाहिरबाट हेर्दा एकदमै सामान्य हुन सक्छ। उसको कलेजोको रगत (एलएफटी) को रिपोर्ट सामान्य नै हुन सक्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

२.    स्टिटोहेपाटाइटिसिलाई रोगको दोस्रो चरण मान्न सकिन्छ। यसमा भिडियो एक्सरे गर्दा फ्याटी लिभर देखिनुका साथै कलेजो सुन्निन्छ, फुल्छ।

लक्षणहरू 

कसै-कसैलाई खाना मन नलाग्ने, बान्ता हुने, मुख मिठो नहुने, आलस्य हुने, कमजोरी, पहेलो पिसाब, आँखाबाट पहेलोपना सुरू भएर शरीरको अन्य भागमा देखा पर्ने (जन्डिस) पनि देखिन सक्छ। करङमुनिको दाहिने भाग कोखा दुख्ने पनि हुन सक्छ।

समयमै रोगको कारण, निदान र उपचार नगरे कतिपय अवास्थामा रोग बढेर कलेजो बिग्रने अवस्था आउन सक्छ। कलेजो बिग्रेर कलेजो फेलियर भएमा त्यसलाई सिरोसिस (लिभर सिरोसिस) भनिन्छ। सामान्य भाषामा यसलाई लिभर फेलियर भनेर बुझ्न सकिन्छ। तर, सफल उपचार गरे बिरामी पहिलेको जस्तै सामान्य अवस्थामा आउन सक्छ। 

Xtrem

Xtrem

लिभर सिरोसिस हुने मुख्य कारण के-के हुन्?

१.    कम्तिमा १० वर्षदेखि नियमित रक्सी सेवन।
२.    क्रोनिक हेपाटाइटिस (बी, सी) - रगतबाट, असुरक्षित यौन सम्पर्कबाट, आइभी ड्रग एब्युज, आमाबाट सन्तानमा।
३.    फ्याटी लिभर भई स्टिटोहेपाटाइटिस हुँदै रोगको उपचार नगर्दा र रोग बढ्दै जाँदा।

लिभर सिरोसिसका लक्षण

१. जन्डिस रहिरहने (आँखाबाट पहेँलोपना सुरू भएर शरीरको अन्य भागमा देखा पर्ने र बढ्ने र पहेँलो पिसाब जाने)।
२. खान मन नलाग्ने, बान्ता हुने, आलस्य हुने, कमजोरी महसुस हुने।
३. खुट्टा सुनिन्ने, फुल्ने।
४. पेट फुल्ने वा पेट ठूलो हुने।
५. छाला र मासु गलेर आउने।
६. बिरामी पातलो-दुब्लो हुँदै जाने।
७. केटा मान्छेको स्तन बढेर आउने।

लिभर सिरोसिस भयो भने के-के समस्या आउन सक्छन्? 

१.    पेटमा पानी जम्नाले पेट फुलेर आउने, सास फेर्न गाह्रो हुने। 
२.    खुट्टा फुलेर, सुन्निएर काम गर्न, हिँड्न गाह्रो हुने।
३.    मुखबाट बान्तामा रगत आउने, दिसामा रगत आउने, दिसा कालो हुने।
४.    बोली लटपटिने, बेला-बेलामा होस गुमाउने, दिनमा सुत्ने, रातमा बर्बराउने।
५.    पिसाब आउन कमी हुने।

माथि उल्लेखित कुनै पनि समस्या देखा परेमा तुरुन्तै अस्पताल जानुपर्छ। कतिपय अवस्थामा आइसियूमै भर्ना गरेर मात्र उपचार सम्भव हुन सक्छ।

फ्याटी लिभरको उपचार 

१.    चिकित्सक, पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श र सरसल्लाह गर्ने। 
२.    धेरैजसो अवास्थामा, यो समस्याका लागि छुट्टै औषधि प्रयोग गर्नुपर्दैन। 
३.    कलेजोमा बोसो बढ्ने अवस्थाको कारण जे हो, त्यसको उपचार गर्ने। 
४.    वजन घटाउने, हिँडडुल गर्ने, नियमित व्यायाम गर्ने, खानपीनको ख्याल राख्ने।

तर स्टिटोहेपाटाइटिसको अवस्थामा पुगिसकेपछि उचित परामर्श र औषधि प्रयोग गर्नुपर्छ। समयमै उपचार गरे कलेजो बिग्रन पाउँदैन र आफ्नो पुरानो स्वरूपमै कलेजो राम्रो हुँदै जान्छ।

लिभर सिरोसिस भइसकेपछि पेट तथा कलेजो रोग विशेषज्ञसँग नियमित चेकजाँच गराउनुपर्छ। अझ जटिलता नआओस् भनेर उपचार गर्ने र जेजसो जटिलता देखिन्छ त्यसको समयमै उपचार गर्ने। कतिपय अवस्थामा कलेजो फेर्ने अथवा प्रत्यारोपण गर्नु बाहेक अन्य विकल्प नरहन सक्छ।

यी भ्रम हुन् 

१. लिभर टनिकले फ्याटी लिभर (जन्डिस) को सफल उपचार हुन्छ।
२. लिभर टनिक खाएपछि रक्सी खान हुन्छ। 
३. लिभर टनिक खाएपछि कलेजो बिग्रन्न।
४. बेसार खाएमा कलेजोको रोग, जन्डिस बढ्छ।
५. नुन खानु हुँदैन।
६. जे पनि उमालेको मात्र खानुपर्छ।
७. तरकारी पकाउन थोरै मात्रामा पनि तेल प्रयोग गर्नु हुँदैन। 

कस्तो खानपान अपनाउने

नियमित रक्सी सेवनले जन्डिस हुन सक्ने भएकाले मध्यपान गर्नु हुँदैन। कलेजोले खानामा विशेषगरी चिल्लो र प्रोटिन पचाउने भएकाले कलेजोलाई आराम दिनका लागि माछा-मासु र चिल्लो पदार्थ धेरै नखाने।

पानी प्रसस्त मात्रामा पिउनुपर्छ। पानी उमालेको वा फिल्टर गरेको हुनुपर्छ। मुख नमिठो हुने हुँदा ग्लुकोज पानी, फलफूलको जुस खाने। फलफूल पानीको विकल्प हुनुका साथै तागत पनि दिने भएकाले सकेसम्म प्रसस्त फलफूल खाने। जन्डिस हुँदा सकीनसकी मेवा, उखु खोज्दै हिँड्नुपर्दैन। उखु पेल्ने हात र पानी फोहोर छ भने त्यसले फाइदा होइन बेफाइदा गर्न सक्छ। 

नियमित बिहान-बेलुका दाल-भात-तरकारी खान मिल्छ। तरकारी पकाउन थोरै तेलको प्रयोग गर्न सकिन्छ। तर, तेलमा फ्राइ गरेको, तारेको खाने कुरामा खानु हुँदैन। जंकफुड, फास्टफुड, मःमः, चाउमिन जस्ता बाहिरका खाना खानु हुन्न। यसैगरी, कोक/फेन्टा जस्ता पेय पदार्थबाट पनि टाढै बस्नुपर्छ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  १३:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्