मुम्बइ– बलिउडमा किङ अफ रोमान्स मानिने सुपुरस्टार शाहरुख खान सोमबार ५५ वर्ष पूरा भएका छन्। उनका फ्यानका लागि यो दिन उत्सव हो। जन्मदिनमा उनको एक झलक पाउन उनको घर मन्नत अगाडि हजारौं फ्यान घन्टौं प्रतिक्षा गर्छन्। तर यसपल्ट कोरोनाले त्यो हुनेछैन।
टिभीमा अभिनय सुरु गरेर फिल्ममा आएका शाहरुअले 'फौजी' र 'सर्कस'बाट आफ्नो करियर सुरुवात गरेका थिए। यी ३० वर्षमा उनले दर्जनौं हिट फिल्म दिएर आफ्नो पहिचान बनाएका छन्।
दिव्या भारती र ऋषि कपुरसँग दिवाना फिल्मबाट शाहरुख खान देखिएका हुन्। सन् १९९३ मा उनले केही यस्ता फिल्ममा काम गरे। त्यो समय यस्ता हिरो त्यस्ता भूमिकामा खाशै रुचि राख्दैनथे। निर्देशक अब्बास–मस्तानको फिल्म बाजिगरमा शाहरुखअ खानले यस्तो हिरोको भूमिका निर्वाह गरे, जहाँ हिरोइन (शिल्पा शेट्टी)लाई मारिदिन्छन्।
यस्तै यश चोपडाको 'डर'मा शाहरुख खानले एकतर्फी प्रेम रहेको प्रेमीका भूमिका निभाए। जो आफ्नो प्रेमका लागि जुन हदसम्म पनि पुग्न सक्थ्यो। 'आइ लभ यू.....क.....क ...क... किरण' डायलग आज पनि हिट छ।
हिरोका लागि वर्जित मानिएका यस्तै नकारात्मक भूमिकामा देखिन जारी राखे। फिल्म 'अन्जाम'मा पनि उस्तै भूमिका निर्वाह गरे। 'बाजिगर'का लागि शाहरुखले बेस्ट एक्टर अवार्ड प्राप्त गरे भने अन्जामका लागि बेस्ट भिलेन फिल्मफेयर अवार्ड।
'दिलवाले दुल्हनिया ले जाएँगे'बाट 'किङ अफ रोमान्स'को जन्म भएको हो। यो फिल्म रिलिज भएको केही दिन मात्र भएको छ। यसलाई हिन्दी फिल्म उद्योगमा सवैभन्दा रोमान्टिक फिल्म मानिन्छ। सन् १९५५ मा आएको यो फिल्मले कति रेकर्ड बनायो र रातारात शाहरुखलाई सुपरस्टार बनाइदियो।
'दिलवाले दुलहनियाँ ले जाएंगे'मा शाहरुख़ अभिनयमा त्यस्तो खुबी देखियो। जुन पहिले कहिल्यै देखिएको थिए। एक किसिमको प्रेम थियो। संवेदनशीलता थियो। ओठमा अनौठो भाव थियो । संवाद बोल्ने तरिकामा नयाँपन थियो। एक नवयुवाको आचरण थियो। भारत नयाँ तरिकाले परिवर्तन भइरहेको थियो। धेरै भारतीय विदेश यात्रा गरिरहेका थिए। जहाँ नयाँ पिढी पश्चिमा संस्कृति अपनाइरहेको थियो। परम्परा हराउन थालेको थियो। त्यहि समय शाहरुख एक सांकेतिक अनुहार बनेर आइपुगे।
त्यसपछि यश चोपडाको फिल्म 'दिल तो पागल है', सुभाष घईको फिल्म 'परदेस' र करण जौहर की फिल्म 'कुछ कुछ होता है'मा फेरि 'दिलवाले दुलहनिया ले जाएंगे'का जोडी शाहरुख र काजल एकसाथ देखिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।