• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

कसरी गर्ने स्वदेश फर्किएका श्रमिकको सीप उपयोग?

प्रकाश सिलवाल आइतबार, कात्तिक १६, २०७७  १३:२१
1140x725

कोभिड–१९ को विश्वव्यापी प्रभावपछि श्रम गन्तव्यका मुलुकबाट उद्धार गरी स्वदेश ल्याइएकाको तथ्याङ्क सरकारी निकायसँग उपलब्ध छ तर उनीहरु फर्केर के काम वा व्यवसायमा संलग्न छन् भन्ने विवरण पाउन मुस्किल पर्छ। उनीहरु कस्तो रोजगारी चाहन्छन्? उनीहरुसँगको सीप र क्षमताको प्रमाणीकरण गरी राष्ट्रिय अर्थतन्त्रमा उपयोग गर्ने तथा अर्धदक्षलाई तालीम दिएर रोजगार बजारमा लगाउन जुन गतिका साथ काम हुनुपर्ने हो त्यस्तो भएको देखिएको छैन।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गत असोज २९ गतेसम्मको तथ्याङ्कअनुसार कोभिड–१९ लगायत समस्यामा परेका वैदेशिक रोजगारीबाट उद्धारका लागि कूल एक लाख ४२ हजार ८०७ को निवेदन परेकामा एक लाख ३२ हजार ८२५ को उद्धार गरिएको छ। पुनः श्रम स्वीकृति लिनका लागि सात हजार ८३९ ले निवेदन दिएकामा एक हजार ६५९ ले मात्र पाएका छन्। नयाँ श्रम स्वीकृतिका लागि ५१४ ले आवेदन दिएकामा ३६३ ले पाएका छन्। यो आँकडाले स्वदेश फर्केकाहरु तत्काल विदेशका श्रम गर्न चाहँदैनन् भन्ने देखाउँछ। बन्दाबन्दीका समयमा अन्तर्राष्ट्रिय उडान र नाका बन्द भएकाले पनि विदेशमा काम गर्न जानेहरुको सङ्ख्या नबढेको हुन सक्छ।

श्रम मन्त्रालयको आँकडामा गत असोज मसान्तसम्ममा बेरोजगारको सूची दर्ता सङ्ख्या पाँच ६९ हजार ६५३ पुगेको छ। सूचीमा सामेल भएकामध्ये ३९ हजार ७३० लाई रोजगारी दिइएको मन्त्रालयको विवरणमा उल्लेख छ।  उनीहरुलाई सीप परीक्षण र अभिमुखीकरणतर्फको सङ्ख्या शून्य रहेको छ अर्थात् एक जनालाई पनि सीप परीक्षण र तालीममा सहभागी गराइएको छैन। सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा अघि बढाइरहेकै बेला विदेशबाट काम छाडेर वा अवधि सकिएर स्वेदश फर्केका सबै युवालाई काम दिन सरकारको दायित्व हो।

राष्ट्रिय सीप परीक्षणको कामसमेत गरिरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) लाई हालसम्म वार्षिक ५० हजारको सङ्ख्यामा श्रम बजारलक्षित छोटो अवधिको तालीमका कार्यक्रम सञ्चालन गर्दै आएकामा ठूलो सङ्ख्यामा श्रमिक युवाहरु विदेशबाट स्वदेश फर्केकाले तिनलाई एकैपटक सम्बोधन हम्मेहम्मे परेकको छ।

परिषद्का सूचना अधिकारी अनिलमुनि बज्राचार्यले विदेशबाट फर्केकाको सीप क्षमता र रोजगारीका आवश्यकताबारे सर्वेक्षणको तयारी भएको तर कोरोना जोखिम बढेकाले तत्काल तालीम र अभिमुखीकरण सञ्चालन गर्न नसकिएको बताए। परिषद्ले सीप परीक्षामा सामेल हुन चाहनेका लागि सो परीक्षा दिने गरेको छ। यो परीक्षाले व्यक्तिको सीपको मात्रै क्षमता जाँच्ने भएकाले यसले मात्रै रोजगारीमा विशेष महत्व नराख्न पनि सक्छ। सरकारले राष्ट्रिय योग्यता परीक्षा प्रणालीको विकास गरी औपचारिक शिक्षा र प्राविधिक शिक्षालाई उच्चशिक्षासम्म समकक्षता र एक धारबाट अर्काेमा जान आउन सक्ने गरी कानूनी प्रबन्ध भने गर्दैछ। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले नेपाल खुल्ला विश्वविद्यालयका उपकुलपति डा लेखनाथ पौडेलको संयोजकत्वमा त्यसको कानूनी तर्जुमाका लागि काम भइरहेको उल्लेख गरे। शर्माले सङ्घीय शिक्षा ऐन बनाउँदै योग्यता परीक्षणका विषयलाई समावेश गर्ने वा यसको अलग्गै कानून बनाउने भन्ने पनि छलफलकै क्रममा रहेको बताएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्रिय सीप परीक्षण समितिले त्यस्ता व्यक्तिको योग्यता परीक्षण गरी सीप क्षमताको पहिचान गरी क्षमताको पहिचानका आधारमा प्रदेश र स्थानीय तहका संरचनालाई परिचालन गरी कृषि क्षेत्रका व्यावसायिक तालीम दिइने लक्ष्य लिएको छ। उनीहरुलाई पूर्वाधार विकासका निर्माण, होटल व्यवस्थापन र स्वास्थ्य क्षेत्रमा पनि तालीम दिइने छ।

परिषद्को विश्लेषणमा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना सञ्चालन गरी विकसित देशमा अत्यधिक माग हुने पेसाहरू प्लम्बिङ, कार्पेन्टर, कुक, नर्सिङ आदि प्राविधिक एवं पेसागत सीप सिकी वैदेशिक रोजगारमार्पmत जीवनस्तर उकास्न सहज हुनेछ। वैदेशिक रोजगार बजारसम्बन्धी सर्वेक्षण गर्दा सीपयुक्त मध्यमस्तरीय जनशक्ति जस्तै इलेक्ट्रिकल, प्लम्बिङ, कार्पेन्टर, सटरिङ, सिभिल तथा मेकानिकल ओभरसियरजस्ता पेसाका लागि तलबमान साधारण श्रमिकको तुलनामा तीन गुणाभन्दा बढी भएको पाइएको छ।

प्राविधिक तथा व्यावसायिक शिक्षाका विज्ञ डा हरि प्रधानका अनुसार युएनडिपी र वैदेशिक रोजगारसम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय संस्था (आइओएम) ले विदेशबाट फर्केकाका बारेमा अध्ययन गरिरहेको जनाउँदै उनीहरुको सीप र अनुभवको उपयोग गर्ने प्रणालीको आवश्यकता औंल्याए।

नेपालमा विद्यालय तहमा व्यावसायिक सीप र ज्ञान सिकाउने प्रयास विसं २००४ देखि नै शुरु भएको पाइन्छ। त्यसबेला विद्यार्थीलाई प्राविधिक तथा व्यावसायिक सीप प्रदान गरी रोजगार तथा स्वरोजगार बनाउन साधारण विषयको अतिरिक्त कृषि, निर्माण, कटाइ, बुनाइ तथा हस्तकलाजस्ता विषय सामुदायिक विद्यालयमा समावेश गरी आधारभूत तहबाट व्यावसायिक शिक्षा दिने व्यवस्था गरिएको थियो। राष्ट्रिय शिक्षा योजना आयोगको प्रतिवेदन, २०११ ले यसलाई थप सैद्धान्तिकीकरण गरेको थियो। विसं २०४५ मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ऐन, २०४५ पारित भई देशमा प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास र विस्तारका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्् गठन भएको हो।

सिटिइभिटीले ‘सीपयुक्त नेपाल, समृद्ध जनता’ को दूरदृष्टि र प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीममा समतापूर्ण पहुँच विस्तार गर्ने,  प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रणालीमा गुणस्तर, समयसापेक्षता र दक्षता अभिवृद्धि गर्ने ध्येय लिएको छ। हाल परिषद््अन्तर्गत सात प्रादेशिक कार्यालय, ५९ वटा आङ्गिक शिक्षालय÷पोलिटेक्निकहरू, २० वटा साझेदारीमा सञ्चालित संस्था, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालित ५३४ वटा विद्यालय, निजीस्तरमा सम्बधन प्राप्त सञ्चालित संस्था ४२९ एवं छोटो अवधिको व्यावसायिक तालीम सञ्चालन गर्ने ११३१ वटा संस्था सम्बन्धनप्राप्त छन्। -रासस

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७  १३:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव शुक्रबार, असोज २, २०८३
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्