• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ १६, २०८२ Fri, Jan 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

कसरी गर्ने स्वदेश फर्किएका श्रमिकको सीप उपयोग?

प्रकाश सिलवाल आइतबार, कात्तिक १६, २०७७  १३:२१
1140x725

कोभिड–१९ को विश्वव्यापी प्रभावपछि श्रम गन्तव्यका मुलुकबाट उद्धार गरी स्वदेश ल्याइएकाको तथ्याङ्क सरकारी निकायसँग उपलब्ध छ तर उनीहरु फर्केर के काम वा व्यवसायमा संलग्न छन् भन्ने विवरण पाउन मुस्किल पर्छ। उनीहरु कस्तो रोजगारी चाहन्छन्? उनीहरुसँगको सीप र क्षमताको प्रमाणीकरण गरी राष्ट्रिय अर्थतन्त्रमा उपयोग गर्ने तथा अर्धदक्षलाई तालीम दिएर रोजगार बजारमा लगाउन जुन गतिका साथ काम हुनुपर्ने हो त्यस्तो भएको देखिएको छैन।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गत असोज २९ गतेसम्मको तथ्याङ्कअनुसार कोभिड–१९ लगायत समस्यामा परेका वैदेशिक रोजगारीबाट उद्धारका लागि कूल एक लाख ४२ हजार ८०७ को निवेदन परेकामा एक लाख ३२ हजार ८२५ को उद्धार गरिएको छ। पुनः श्रम स्वीकृति लिनका लागि सात हजार ८३९ ले निवेदन दिएकामा एक हजार ६५९ ले मात्र पाएका छन्। नयाँ श्रम स्वीकृतिका लागि ५१४ ले आवेदन दिएकामा ३६३ ले पाएका छन्। यो आँकडाले स्वदेश फर्केकाहरु तत्काल विदेशका श्रम गर्न चाहँदैनन् भन्ने देखाउँछ। बन्दाबन्दीका समयमा अन्तर्राष्ट्रिय उडान र नाका बन्द भएकाले पनि विदेशमा काम गर्न जानेहरुको सङ्ख्या नबढेको हुन सक्छ।

श्रम मन्त्रालयको आँकडामा गत असोज मसान्तसम्ममा बेरोजगारको सूची दर्ता सङ्ख्या पाँच ६९ हजार ६५३ पुगेको छ। सूचीमा सामेल भएकामध्ये ३९ हजार ७३० लाई रोजगारी दिइएको मन्त्रालयको विवरणमा उल्लेख छ।  उनीहरुलाई सीप परीक्षण र अभिमुखीकरणतर्फको सङ्ख्या शून्य रहेको छ अर्थात् एक जनालाई पनि सीप परीक्षण र तालीममा सहभागी गराइएको छैन। सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा अघि बढाइरहेकै बेला विदेशबाट काम छाडेर वा अवधि सकिएर स्वेदश फर्केका सबै युवालाई काम दिन सरकारको दायित्व हो।

राष्ट्रिय सीप परीक्षणको कामसमेत गरिरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) लाई हालसम्म वार्षिक ५० हजारको सङ्ख्यामा श्रम बजारलक्षित छोटो अवधिको तालीमका कार्यक्रम सञ्चालन गर्दै आएकामा ठूलो सङ्ख्यामा श्रमिक युवाहरु विदेशबाट स्वदेश फर्केकाले तिनलाई एकैपटक सम्बोधन हम्मेहम्मे परेकको छ।

परिषद्का सूचना अधिकारी अनिलमुनि बज्राचार्यले विदेशबाट फर्केकाको सीप क्षमता र रोजगारीका आवश्यकताबारे सर्वेक्षणको तयारी भएको तर कोरोना जोखिम बढेकाले तत्काल तालीम र अभिमुखीकरण सञ्चालन गर्न नसकिएको बताए। परिषद्ले सीप परीक्षामा सामेल हुन चाहनेका लागि सो परीक्षा दिने गरेको छ। यो परीक्षाले व्यक्तिको सीपको मात्रै क्षमता जाँच्ने भएकाले यसले मात्रै रोजगारीमा विशेष महत्व नराख्न पनि सक्छ। सरकारले राष्ट्रिय योग्यता परीक्षा प्रणालीको विकास गरी औपचारिक शिक्षा र प्राविधिक शिक्षालाई उच्चशिक्षासम्म समकक्षता र एक धारबाट अर्काेमा जान आउन सक्ने गरी कानूनी प्रबन्ध भने गर्दैछ। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले नेपाल खुल्ला विश्वविद्यालयका उपकुलपति डा लेखनाथ पौडेलको संयोजकत्वमा त्यसको कानूनी तर्जुमाका लागि काम भइरहेको उल्लेख गरे। शर्माले सङ्घीय शिक्षा ऐन बनाउँदै योग्यता परीक्षणका विषयलाई समावेश गर्ने वा यसको अलग्गै कानून बनाउने भन्ने पनि छलफलकै क्रममा रहेको बताएका छन्। 

Ncell 2
Ncell 2

राष्ट्रिय सीप परीक्षण समितिले त्यस्ता व्यक्तिको योग्यता परीक्षण गरी सीप क्षमताको पहिचान गरी क्षमताको पहिचानका आधारमा प्रदेश र स्थानीय तहका संरचनालाई परिचालन गरी कृषि क्षेत्रका व्यावसायिक तालीम दिइने लक्ष्य लिएको छ। उनीहरुलाई पूर्वाधार विकासका निर्माण, होटल व्यवस्थापन र स्वास्थ्य क्षेत्रमा पनि तालीम दिइने छ।

परिषद्को विश्लेषणमा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना सञ्चालन गरी विकसित देशमा अत्यधिक माग हुने पेसाहरू प्लम्बिङ, कार्पेन्टर, कुक, नर्सिङ आदि प्राविधिक एवं पेसागत सीप सिकी वैदेशिक रोजगारमार्पmत जीवनस्तर उकास्न सहज हुनेछ। वैदेशिक रोजगार बजारसम्बन्धी सर्वेक्षण गर्दा सीपयुक्त मध्यमस्तरीय जनशक्ति जस्तै इलेक्ट्रिकल, प्लम्बिङ, कार्पेन्टर, सटरिङ, सिभिल तथा मेकानिकल ओभरसियरजस्ता पेसाका लागि तलबमान साधारण श्रमिकको तुलनामा तीन गुणाभन्दा बढी भएको पाइएको छ।

प्राविधिक तथा व्यावसायिक शिक्षाका विज्ञ डा हरि प्रधानका अनुसार युएनडिपी र वैदेशिक रोजगारसम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय संस्था (आइओएम) ले विदेशबाट फर्केकाका बारेमा अध्ययन गरिरहेको जनाउँदै उनीहरुको सीप र अनुभवको उपयोग गर्ने प्रणालीको आवश्यकता औंल्याए।

नेपालमा विद्यालय तहमा व्यावसायिक सीप र ज्ञान सिकाउने प्रयास विसं २००४ देखि नै शुरु भएको पाइन्छ। त्यसबेला विद्यार्थीलाई प्राविधिक तथा व्यावसायिक सीप प्रदान गरी रोजगार तथा स्वरोजगार बनाउन साधारण विषयको अतिरिक्त कृषि, निर्माण, कटाइ, बुनाइ तथा हस्तकलाजस्ता विषय सामुदायिक विद्यालयमा समावेश गरी आधारभूत तहबाट व्यावसायिक शिक्षा दिने व्यवस्था गरिएको थियो। राष्ट्रिय शिक्षा योजना आयोगको प्रतिवेदन, २०११ ले यसलाई थप सैद्धान्तिकीकरण गरेको थियो। विसं २०४५ मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ऐन, २०४५ पारित भई देशमा प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास र विस्तारका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्् गठन भएको हो।

सिटिइभिटीले ‘सीपयुक्त नेपाल, समृद्ध जनता’ को दूरदृष्टि र प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीममा समतापूर्ण पहुँच विस्तार गर्ने,  प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रणालीमा गुणस्तर, समयसापेक्षता र दक्षता अभिवृद्धि गर्ने ध्येय लिएको छ। हाल परिषद््अन्तर्गत सात प्रादेशिक कार्यालय, ५९ वटा आङ्गिक शिक्षालय÷पोलिटेक्निकहरू, २० वटा साझेदारीमा सञ्चालित संस्था, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालित ५३४ वटा विद्यालय, निजीस्तरमा सम्बधन प्राप्त सञ्चालित संस्था ४२९ एवं छोटो अवधिको व्यावसायिक तालीम सञ्चालन गर्ने ११३१ वटा संस्था सम्बन्धनप्राप्त छन्। -रासस

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७  १३:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
अमेरिकामा रहेका नेपालीलाई कानुनविपरीत सहुलियत नलिन दूतावासको अपिल
सम्बन्धित सामग्री
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सम्झौतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदीका समकक्षी मानव संसाधन र सामाजिक विकासमन्त्री अहमद वि... सोमबार, माघ १२, २०८२
सरकारी विज्ञापनको भुक्तानीमा तेस्रो पक्षको बिल अनिवार्य पेश गर्न निर्देशन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार (मंसिर ७) मा प्रधानमन्त्री कार्यालयलाई पत्र पठाउँदै सरकारी विज्ञापनमा हुने अनियमितता नियन्... सोमबार, मंसिर ८, २०८२
‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए केन्द्रका अनुसार म्याग्दीको दुई हजार ७५० हेक्टर क्षेत्रमा वार्षिक तीन हजार ३०० मेट्रिक टन कोदो उत्पादन हुन्छ। समुद्री सतहदेखि तीन हज... आइतबार, कात्तिक ३०, २०८२
ताजा समाचारसबै
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा शुक्रबार, माघ १६, २०८२
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह शुक्रबार, माघ १६, २०८२
अमेरिकामा रहेका नेपालीलाई कानुनविपरीत सहुलियत नलिन दूतावासको अपिल शुक्रबार, माघ १६, २०८२
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै शुक्रबार, माघ १६, २०८२
आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्