• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

गुर्जो, जेठीमधु र त्रिकटुले बढाउँछ रोग प्रतिरोधात्मक क्षमता, कसरी खाने?

डा प्रकाश ज्ञवाली आइतबार, कात्तिक १६, २०७७  १३:१५
1140x725

मुख्यतयाः शरीरको लागि सुपाच्य र हितकर खानेकुरा तथा जडीबुटीले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छन्। शरीरले कुनै पनि रोगसँग लड्ने क्षमतालाई रोग प्रतिरोधात्मक क्षमता भनिन्छ। 

श्वेत रक्तकोषिकाहरु, श्वेत रक्तकोषिकाहरुले उत्पादन गर्ने प्रतिजैविक तत्व अर्थात् एन्टिबडी, शरीरमा रहेका लिम्फ्वाइड तन्तुहरु आदिले रोग प्रतिरोध गर्छन्। 

रोग प्रतिरोधात्मक क्षमताको विकास हुन समय लाग्ने हुनाले नियमित रुपमा स्वस्थ र सन्तुलित खानेकुरा, जडिबुटी खाने, नियमित योग, व्यायाम गर्ने गर्नुपर्छ। 

यदि कुनै पनि रोग उत्पन्न गराउने सूक्ष्म जिवाणु, विषाणु आदि शरीरमा प्रवेश गरेपछि शरीरले त्यसको प्रतिरोध गर्न रगतमा रहेको श्वेत रक्तकोषिका वा न्युट्रोफिल वा टी लिम्फोसाइट वा बी लिम्फोसाइटले बनाउने एन्टिबडीहरुलाई प्रयोग गरी तत्कालीन र भविष्यमा हुने संक्रमण समेत प्रतिरोध गर्छ। त्यस्तै मास्ट सेल, म्याक्रोफेज जस्ता तत्वहरुमार्फत पनि शरीरले रोग प्रतिरोध गर्छ। भाइरसहरुको संक्रमणको अवस्थामा इन्टरफेरोन र नेचुरल किलर सेलले पनि व्याधिक्षमत्वमा भूमिका खेल्छन्। त्यसैले शरीरलाई स्वस्थ राख्न बिहान समयमै उठ्ने र निम्न नित्यकर्म गर्‍यो भने फाइदा हुन्छ।

१. बिहान समयमै उठ्ने।
२. मनतातो पानीले मुख कुल्ला गर्ने।
३. बिहानको घाम ताप्ने।
४ बिहान कम्तीमा ४५ मिनेट अनुलोम विलोम, कपाल भाँती, भ्रामरी, भस्त्रिका, ध्यान, सूर्य नमस्कार आदि योग–ध्यान गर्ने।
५. बिहान खाली पेटमा १ चम्चा च्यवनप्राश मनतातो पानीसँग खाने।
६. ४÷५ वटा तुलसीको पात, सानो टुक्रा अदुवा, २ दाना मरिच, १ वटा अलैंची, एउटा सानो टुक्रा दालचिनी हालेर पकाएको चिया खाने।
७. कागती–पानी खाने।
८. तुलसी चिया, गुडुची चिया वा बुढी औंला बराबरको मोटाइ र लम्बाइ भएको गुर्जो थिचेर लगभग २ ग्लास पानीमा उमालेर आधा पारी चिया जस्तै पिउने।
९. सुन्तला, अंगुर, अमला आदि अमिलो फलफूल सिजन अनुसार खाने।
१०. थोरै ड्राइ फ्रुट्स खान सकिन्छ।
११. मनतातो पानी पटकपटक प्रयोग गर्ने।
१२. फ्रिजमा हालेको खानेकुरा नखाने।
१३. खानामा लसुन, अदुवा, धनियाँ, जिराको मसला प्रयोग गर्ने।
१४. रात्रिकालमा हल्का भोजन गर्ने। 
१५. राति सुत्नुभन्दा अघि १ चम्चा बेसार हालेको मनतातो दूध खाने।
१६. ७ देखि ८ घन्टा सुत्ने।
१७. पानीको वाफ दिनको एक वा दुई पटक लिने।
१८. सुख्खा खोकी वा घाँटी खसखस भएको खन्डमा १ ग्राम ल्वाङ, सुकमेल, अदुवा चुस्ने।
१९. यष्टीमधु चुर्ण १ चम्चा (२ देखि ४ ग्राम) मनतातो पानीसँग दिनको दुई पटक सेवन गर्ने।

कोरोना संक्रमण भएका लक्षणरहित व्यक्ति वा लक्षण सहितका व्यक्तिलाई पनि आयुर्वेद औषधि गुर्जाे, यष्टीमधु (जेठीमधु) र त्रिकटु दिने गरिएको छ।

आम मानिसमा पनि यी जडिबुटीको प्रयोगले कोरोना लाग्दैन वा उपचार नै भन्ने पनि परेको छ। तर यी औषधिले रोगसँग लड्ने क्षमता वृद्धि गर्छन्। हालसम्म कोरोनाको औषधि वा खोप पत्ता लागेको छैन। 

पछिल्लो समयमा माथि उल्लेखित औषधिको माग पनि बढेको छ। आयुर्वेद औषधिले केही साइड इफेक्ड गर्दैन भनेर जथाभावी खाएको समेत देखिन्छ। त्यो एकदम गलत हो। सकेसम्म आयुर्वेद चिकित्सकसँग सल्लाह, परामर्श लिएर मात्र खाने गर्नुपर्छ। यी जडिबुटी सबै मानिसले खानु हुँदैन। नत्र कहिलेकाहीँ राम्रोभन्दा नराम्रो असर देखिन सक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

यी औषधि कसले खाने, कति खाने?
जेठीमधु 

यष्टीमधु (जेठीमधु) मा गुलियो तत्व र सिफोनिन ग्लाइकोसाइड ग्याइसिराइजिन भन्ने तत्व हुन्छ। यो चिनीभन्दा ३० देखि ५० गुणा बढी गुलियो हुन्छ।

यसलाई सामान्य मात्रामा प्रयोग गर्दा समस्या हुँदैन। धेरै मात्रामा प्रयोग गरे कमजोरी हुने, पोटासियमको मात्रा घट्ने समस्या देखिन सक्छ। 

यष्टीमधुको अधिक प्रयोगले ब्लड प्रेसर बढ्ने, थकाइ लाग्ने, महिनावारीमा समस्या आउने, टाउको दुख्ने, सोडियम जम्मा भई जिउ सुन्निने, वान्ता आउन खोज्ने वा वान्ता आउने हुन्छ।

गर्भवती, स्तनपान गराइरहेका आमा, ५ बर्ष मुनिका बच्चा, प्रेसरका विरामी र दीर्घ रोगीले यो जेठीमधुको आफै प्रयोग गर्नु हुँदैन।

Xtrem

Xtrem

खाने विधिः 
१/२ चम्चा (३ देखि ६ ग्राम) वा अलि अलि कुटेको १ अंगुल एस्टीमधु २ गिलास पानीमा १ गिलास भइन्जेल उमालेर २÷३ पटक मनतातो पिउने। 

घाँटी बसेको वा दुखेकोमा सानो टुक्रा चुसिराख्न पनि सकिन्छ।

सावधानीः निरन्तर खाने वा दिनमा १२ ग्रामभन्दा बढी खाने गर्नु हुन्न। उच्च रक्तचाप हुनेले र रगतमा पोटासियमको मात्रा बढी हुनेले, मिर्गौलाका समस्या भएकाले नखानु नै उपयुक्त छ।

गुर्जो 
गुर्जोमा टर्पेनेस, ग्लाइकोसाइडहरू, एल्कलाइड्स, स्टेरोइड्स र फ्लाभोनोइड जस्ता तत्व पाइन्छन्। यी तत्वहरुले कलेजोको कमजोरी र विकारलाई हटाउँछन्। युरिक एसिड, बाथ र जोर्नीको दुखाइमा समेत गुर्जो लाभकारी छ। टाउको दुखेको, आँखा, पिसाब, पैताला, हात, खुट्टा तथा जिउ पोलेको र पुरानो ज्वरोलाई पनि गुर्जो अन्त्यन्तै उपयोगी छ।

पिसाब सम्बन्धी सम्पूर्ण समस्यामा लाभ पुर्‍याउँछ। इन्सुलिन उत्पादनमा सहयोग गरी मधुमेहमा समेत फाइदा गर्छ। 

सावधानीः
गुर्जो ब्लड प्रेसर कम छ भने हरियो बोक्रा फालेर मह, मिश्री,  सखर वा बिरेनुन मिसाएर आधा मात्र खानु पर्छ।

गर्भवती, स्तनपान गराइरहेका आमा, ५ वर्ष मुनिका बच्चा, पखाला लागेको बिरामीले गुर्जो प्रयोग गर्नु हुँदैन। आवश्यक भन्दा बढी गुर्जाे प्रयोग गर्नाले रगत बढी पातलो बनाउन सक्छ।

त्रिकटु
त्रिकटु चुर्णमा सुठो, पिपला र मरिचको बराबर मात्रा रहेको हुन्छ। त्रिकटु मा एल्कालोइड्स, फिनोल, टेनिन, फ्लाभानोइड, स्टेरोइड्स, लिग्निन र सैपोनिन्सजस्ता तत्व हरु रहेका हुन्छन्। यो कोलेस्टेरोल, मोटोपन, रुघखोकीको उपचारमा प्रयोग गरिन्छ। यसले अलि गर्मी बढाउने गर्छ। यो कलेजो, फियो तथा प्यान्क्रियाजको लागि राम्रो हुन्छ। 

खाने विधिः दैनिक गुर्जो र जेठीमधु चुर्णमा एक जनाको लागि १ ग्रामको दरले मिसाएर खाँदा रोग प्रतिरोधात्मक क्षमता बढाउन उपयोगी हुन्छ।

खाने विधिः दैनिक गुर्जो र यष्टीमधु चुर्णमा एक जनाको लागि १ ग्रामको दरले त्रिकटु मिसाएर खाँदा रोग प्रतिरोधात्मक क्षमता बढाउन उपयोगी हुन्छ। यसले श्वास प्रश्वास र दममा अति राम्रो काम गर्छ। यसले एलर्जी कम गर्छ। 

सावधानीः रगत बग्ने रोग, गर्भावस्था, जिउ पोल्ने, आँखा रातो हुने, कडा ग्यास्ट्राइटिसका बिरामीले त्रिकटु प्रयोग गर्नु हुँदैन।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्