काठमाडौं- सिद्घार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले २०७७ कार्तिक १३ गतेदेखि अनलाइन मार्फत क्रेडिट कार्ड आवेदन दिन सकिने व्यवस्था गरेको छ।
अब क्रेडिट कार्डका लागि ग्राहकहरुले भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट क्रेडिट कार्ड आवेदन दिन सक्नेछन्। यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाईन मार्फत आवेदन सकिने बैंकले जानकारी गराएको छ।
आवेदन दिएपश्चात क्रेडिट कार्ड स्वीकृत गर्नु पूर्व बैंकले आवश्यक ठानेमा ग्राहकलाई सम्पर्क गर्न सक्नेछन्। साथै,कार्ड तयार भईसके पश्चात ग्राहकहरुले आवश्यक सक्कल कागजातहरु पेश गरी बैंकको शाखाबाट कार्ड संकलन गर्न सक्नेछन्।
बैंकिङ प्रणाली अझ बढी प्रभावकारी र ग्राहकमैत्री बनाउनलाई बैंकद्वारा अपनाइएको यस कदमले ग्राहकहरुको समयको बचत हुनुका साथै थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।