एजेन्सी–पहिलोपटक जेम्स बण्डको भूमिका निर्वाह गरेका हलिउड अभिनेता सिन कोनरीको निधन भएको छ। स्कटिस अभिनेता कोनरीको ९० वर्षको उमेरमा निधन भएको हो।
उनले सात वटा फिल्ममा जेम्स बण्डको भूमिका निर्वाह गरेका छन्। सन् १९९८ मा उनले ‘अनटचेबल्स’ फिल्मबाट ओस्कार अवार्डसमेत जितेका थिए। उनले पहिलोपटक जेम्स बण्डको भूमिका निर्वाह गरेको फिल्म सन् १९६२ को ‘डक्टर नो’ थियो। पछिल्लोपटक सो भूमिका उनी सन् १९८३ को फिल्म ‘नेभर से नेभर अगेन’ मा देखिएका थिए।
उनका छोरा जेसन कोनरीका अनुसार बहामासमा उनको निधन भएको हो। उनी केही समयदेखि बिरामी थिए।
उनी स्कटल्याण्ड बेलायतबाट स्वतन्त्र हुनुपर्छ भन्ने पक्षका थिए। उनले स्कटल्याण्ड बेलायतबाट स्वतन्त्र भए बहमासको घर छाडेर स्कटल्याण्ड फर्कन्छु भन्थे। स्कटल्याण्डकी फस्ट मिनिस्टर निकोला स्टर्जनले उनको निधनमा शोक व्यक्त गर्दै ‘आफ्नो देशको सबैभन्दा प्यारो छोरा’ भनेकी छन्।
उनको जन्म सन् १९३० को अगष्ट २५ मा मजदूर परिवारमा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।