काठमाडौं- सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ। दसैं अघिको तुलनामा दसैं सकिए लगत्तै नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य अनुसार सुनको मूल्य घटेको हो।
कात्तिक ६ गते प्रतितोला ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य कात्तिक १३ गते प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य समेत घटेको छ। कात्तिक ६ गते १२ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य कात्तिक १३ गतेका लागि ११ सय ८० रुपैयाँ तोकिएको छ।
दसैं अघिको तुलनामा दसैंपछि चाँदी प्रतितोला ५० रुपैयाँले घटेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।