एजेन्सी–विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ४३ लाख पुगेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ४ करोड ४३ लाख ८६ हजार ६ सय २१ पुगेको हो। हालसम्म कोरोनो संक्रमणबाट ११ लाख ७२ हजार ८६ जनाको मृत्यु भइसकेको छ भने २ करोड ९९ लाख ४० हजार ९ सय २५ जना निको भइसकेका छन्।
सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म ८८ लाख ४८ हजार ८ सय ७५ जना संक्रमित भइसकेका छन् भने २ लाख २७ हजार ६ सय ४ जनाको मृत्यु भइसकेको छ। यस्तै, भारतमा ७९ लाख ९० हजार ३ सय २२ संक्रमित र १ लाख २० हजार १० को मृत्यु, ब्राजिलमा ५४ लाख ३९ हजार ६ सय ४१ संक्रमित र १ लाख ५७ हजार ९ सय ४६ को मृत्यु तथा रुसमा १५ लाख ५३ हजार २८ संक्रमित र २६ हजार ७ सय ५२ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।