• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विवादित भएपछि राष्ट्रपति कार्यालयको ट्विटर एकाउन्ट बन्द

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १२, २०७७  १८:०१
1140x725
बन्द हुनुअघि र पछिको स्क्रिनसट

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीको सञ्चार कार्यालयले प्रयोगमा ल्याएको ट्विटर एकाउन्ट बन्द गरिएको छ। राष्ट्रपति कार्यालयका सूचना र जानकारी साझा गर्ने उद्देश्य राखेर चलाइएको सो एकाउन्ट (@ShitalNiwas) मा प्राविधिक समस्या देखिएका कारण बन्द गरिएको कार्यालयको भनाइ छ।

सो खाता अगष्ट २०१८ मा खोलिएको थियो। त्यसपछिका अपडेटका बारेमा जानकारी प्राप्त नभएता पनि पछिल्लो समय राष्ट्रपतिसँग जोडिएका सूचनाहरु पोस्ट गर्ने गरेका कारण सक्रिय देखिएको थियो।

केही दिनयता सो एकाउन्टलाई लिएर ट्विटरमा विभिन्न प्रतिक्रियाहरु उत्पन्न भएका थिए। कतिपयले सो एकाउन्ट पहिल्यै कसैको प्यारोडी एकाउन्टको रुपमा प्रयोग भएको र पछि नाम र ह्यान्डल परिवर्तन गरी राष्ट्रपतिको कार्यालयले प्रयोग गरेको बताएका थिए। त्यसलाई सहयोग पुग्नेगरी उनीहरुले कैयौं स्क्रिनसटहरु पनि पोस्ट गरेका थिए।

सार्वजनिक भएका फोटोहरुमा शितल निवास ह्यान्डललाई मेन्सन गरेर प्रशस्तै अन्तरक्रिया गरिएका छन्। तर, ती स्क्रिनसटमा शितल निवास ह्यान्डल भएको ट्विटरसँग सम्बन्धित ट्विटलाई भने हटाइएको देखिन्छ। यसले अहिले शितल निवास बनाइएको भए पनि पहिले अर्कै ह्यान्डल रहेको र त्यसमा अन्तरक्रिया भएको तर्कलाई बल पुग्छ। यद्यपि, यसको आधिकारिता भने पुष्टि भएको छैन।

प्रधानमन्त्री निकट र सरकारबाट लाभ लिएका कतिपयले नै विभिन्न नेताका नाममा प्यारोडी एकाउन्ट बनाउने र असान्दर्भिक ट्विट लेख्ने गरेको आरोप लाग्ने गरेको छ। 

तर राष्ट्रपति कार्यालयका सूचना तथा सञ्चार विज्ञ टीका ढकालले भने आफूले प्रयोगविहीन अवस्थामा रहेको ह्यान्डललाई सक्रिय बनाएको बताए। ‘शितल निवास ह्यान्डलमै दर्ता भएर नचलाइएको खाता मैले एक्भिट गरेको हो। मैले नै भेरिफाइ गरें’, उनले नेपाल लाइभसँग भने।

उनले आफूले पुरानो खातालाई ‘रिनेम’ नगरेको पनि बताए। पहिले कसैले फेक खाता चलाएर, पछि शितल निवास बनाएर तपाईंलाई दिएको हो भन्ने प्रश्नमा उनले सो विषयमा आफूलाई जानकारी नभएको तर आफूले राष्ट्रपति कार्यालयबाट संस्थागत रुपमै सो ह्यान्डल लिएको बताए।

खाताको नाम र ह्यान्डल परिवर्तन गरिएको तर्कलाई सघाउ पुग्ने गरी सार्वजनिक भएका फोटालाई नक्कली भएको हुनसक्ने आकलन गरे। ‘पहिल्यै दर्ता भएको खाता हो। अहिले सार्वजनिक भएका फोटोहरुचाहिँ फोटोसप गरिएका वा अरु केही पनि होलान्। त्यतातिर म गइनँ। तर मैले लिँदाचाहिँ शीतल निवास नै थियो। (राष्ट्रपति कार्यालयका साथीहरुले) दुई अढाइ वर्ष अगाडि दर्ता गरेर पनि नचलाइ राख्नुभएको रहेछ’, उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

सो एकाउन्टबाट पछिल्ला दिनमा राष्ट्रपति कार्यालयका विज्ञप्ति र राष्ट्रपतिसँग सम्बन्धित फोटो पोस्ट गरिन्थ्यो। अन्य कतिपय सूचना पोस्ट गर्नुका साथै राष्ट्रपतिको ट्विटर एकाउन्ट (@Presidenofnp) का ट्विटहरु रिट्विट गरिन्थ्यो।

सो ह्यान्डलाई लिएर बेलाबेलामा अमर्यादित मेन्सन पनि हुने गरेका थिए। त्यसलाई रोक्न सो ह्यान्डलले शिष्ट र मर्यादित बन्न आग्रह गरेको थियो। ‘हरेक विषयलाई राजनीतिक आँखाबाट मात्र नहेरिदिनुहुन सबैमा आदरपूर्वक अनुरोध गर्दछौं’, अक्टोबर २६ मा गरिएको ट्विटमा भनिएको थियो।

केही दिनअघि एउटा अनलाइनको सामग्री सेयर गरेका कारण पनि ट्विटर प्रयोगकर्ताले प्रश्न उठाएका थिए। ढकालले भने त्यसरी सेयर गर्नु नीति नभएर मानवीय त्रुटि भएको बताए। ‘त्यो हाम्रो नीति होइन। मानवीय त्रुटि भएको हो। त्यस्तो गर्नु हुँदैन। त्यसलाई तत्कालै सच्याइएको थियो। तर अहिले खाता बन्द गरिएकोचाहिँ त्यो कारणले होइन’, उनले भने।

ढकालले पछिल्लो समय सो खातामा ह्याकर्स अट्याक् हुने गरेको बताए। ‘सो  ह्यान्डल सक्रिय बनाइयो तर अहिले गहिरिएर हेर्दा प्रशस्तै प्राविधिक समस्या देखियो। त्यसमा धेरैपटक ह्याकर्स अट्याक् पनि भयो’, उनले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ढकालले अब केही दिनमै नयाँ एकाउन्ट बनाइने बताए। उनले डिलेट भएको खाताबाट पहिले गरिएका ट्विटहरु आफूले कपी गरेर राखेको बताए। ‘प्रिन्ट पनि गरेको छु’, उनले भने।

एकदुई दिनमै नयाँ खाता : टीका ढकाल, सूचना तथा सञ्चार विज्ञ, राष्ट्रपति कार्यालय
शितल निवास ह्यान्डलमै दर्ता भएर नचलाइएको खाता मैले एक्भिट गरेको हो। मैले नै भेरिफाइ गरें। तर त्यसमा अहिले गहिरिएर हेर्दा प्रशस्तै प्राविधिक समस्या देखियो। त्यसमा ह्याकर्स अट्याक् पनि भयो धेरैपटक। त्यसैले अर्को सुरक्षित खाता बनाउनुपर्नेभयो।

(पुरानो खातालाई रिनेम गरिएको) होइन। मैले त्यसरी खाता लिएको पनि होइन। पहिल्यै दर्ता भएको खाताचाहिँ हो। फोटोहरुचाहिँ फोटोसप गरिएका वा अरु केही पनि होलान्। त्यतातिर म गइनँ। तर मैले लिँदाचाहिँ शीतल निवास नै थियो। (राष्ट्रपति कार्यालयका साथीहरुले) दुई अढाइ वर्ष अगाडि दर्ता गरेर पनि नचलाइ राख्नुभएको रहेछ।

अर्को खाता एक दुई दिनमै आइहाल्छ।

खाता डिलेट गरिए पनि मैले कपी गरेर राखेको छु। प्रिन्ट पनि गरेको छु।

(एउटा अनलाइनको न्युज पनि सेयर भएको थियो) तर त्यो हाम्रो नीति होइन। मानवीय त्रुटि भएको हो। त्यस्तो गर्नु हुँदैन। त्यसलाई तत्कालै सच्याइएको थियो। तर अहिले खाता बन्द गरिएकोचाहिँ त्यो कारणले होइन।

राष्ट्रपति कार्यालयको ट्विटर ह्यान्डललाई शिष्ट र मर्यादित राख्नुपर्छ भन्ने नै हाम्रो जोड छ।

ट्विटरमा औंल्याइएका कतिपय कुराले नै समस्याहरु थाहा भयो। यताबाट हेर्दा ह्यान्डल 'क्लिन' देखिन्छ, बाहिरबाट भएका अन्तरक्रिया कस्ता थिएन भन्ने थाहा हुँदैन नि एकातर्फबाट हेर्दा।

(पहिले कसैले फेक खाता चलाएर, पछि शितल निवास बनाएर) मलाई दिएको हुनसक्ने विषयचाहिँ मलाई थाहा भएन। तर मैलेचाहिँ संस्थागत रुपमै शितल निवास ह्यान्डल लिएको थिएँ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७  १८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
सम्बन्धित सामग्री
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खुला केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र... शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह नेपालका सङ्घीय सांसद डा. अर्जुन कार्कीले जलवायु परिवर्तनको असर न्यूनीकरण, विपद् उत्थानशीलता अभिवृद्धि तथा जलवायुजन्य क्षति र नोक्सान... शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन् । आचार्यले २ हजार ६४८ मत... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्