• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

लघुवित्त मर्जरको नीतिले पाएन सार्थकता

दुई वर्षमा १४ वटा संस्था विलय १६ वटा प्रक्रियामा
64x64
अरुण सापकोटा मंगलबार, कात्तिक ११, २०७७  १०:५२
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको संख्या घटाउने नीति लिएको दुई वर्ष बित्दा जम्मा १६ वटा संस्था मात्रै घटेका छन्। १६ वटा संस्था विलय हुने प्रक्रियामा छन्। राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुका लागि मर्जरको प्याकेज ल्याए पनि संस्थाहरु आकर्षित हुन सकेका छैनन्। 

राष्ट्र बैंकले नयाँ संस्थालाई प्राथमिक शेयर निष्काशन गर्न र पुराना संस्थालाई हकप्रद शेयर निष्काशन गर्न बन्देज लगाएसँगै संस्थाहरु बाध्य भएर मर्जरको प्रक्रियामा लागेका हुन्। चालु आर्थिक वर्षको मौद्रिक नीतिमा लघुवित्त वित्तीय संस्थालाई घटाउन राष्ट्र बैंकले धेरै वटा प्रतिवन्धात्मक व्यवस्था गरेका छन्।

विगत दुई वर्षको अवधिमा १२ वटा मर्जर सफल भएका छन्। उक्त मर्जर प्रक्रियामा २६ संस्थामध्ये १४ वटा विलय भएका छन्। त्यस्तै हाल ३० वटा संस्थाहरु मर्जर प्रक्रियामा छन्। जसमध्ये १६ वटा संस्था विलय हुने छन्। नेपाल राष्ट्र बैंकबाट अनुमति लिएका लघुवित्त वित्तीय संस्थाहरु कुनै समयमा ९० वटा थिए। अहिले घटेर ८६ वटामा झरेका छन्।

राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ पुर्‍याइएको छ। त्यस्तै प्रादेशिक स्तरका लघुवित्तका लागि २ करोड रुपैयाँ रहेको छ भने थोक कारोबार गर्ने लघुवित्तको ६० करोड रुपैयाँ रहेको छ। प्रादेशिक स्तरबाट केन्द्रीय स्तरको लघुवित्त बनाउन तथा प्रादेशिक स्तरका लघुवित्तलाई हकप्रदमार्फत् पुँजी बढाउन रोक लगाइएको छ। प्रादेशिक स्तरमै रहेर पनि दुई करोड पुँजी लघुवित्तका लागि धेरै कम हुने लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्साल बताउछन्।

चर्को ब्याजदरमा कर्जा लगानी गरेर राम्रो नाफा कमाइरहेका लघुवित्त वित्तीय संस्थाहरुलाई ब्याजदरमा क्याप लगाएर पनि कडाइ गर्न खोजेको छ। थोरै व्याजदरमा काम गर्दा लघुवित्तलाई गाह्रो हुने भएपछि उनीहरु संस्था ठूलो बनाउनतिर लाग्ने राष्ट्र बैंकले उपाय लगाएको हो। यसरी संस्था ठूलो बनाउने क्रममा हकप्रद शेयर निष्काशन गर्न रोक लगाउँदा संस्थाहरु मर्जरमा जान बाध्य हुने राष्ट्र बैंकको ठहर छ। 

पछिल्लो समय राष्ट्र बैंकले नयाँ लघुवित्तलाई प्राथमिक शेयर निष्काशन गर्नमा समेत रोक लगाउँदै आएको छ। यसले सुरु हुन नपाउदै संस्थाहरु विलय हुनुपर्ने बाध्यता रहेको छ। सञ्चालन अनुमति पाएर केही वर्ष पनि प्रस्तुत हुन नपाउदै मर्जरमा जानुपर्ने बाध्यता रहेको लम्साल बताउछन्। कतिपय संस्थाहरु केही वर्ष हेरौ सञ्चालन गर्न सकिएन भने मर्जरमा जाउला भन्ने मनस्थितिमा रहेको लम्साल बताउछन्।

सञ्चालमा आउनेबित्तिकै मर्जरमा जाँदा नयाँ संस्थाहरुको भ्यालु धेरै कम हुन्छ। कतिपय ठूला लघुवित्त वित्तीय संस्थाहरु भने यस्ता अस्तित्वमा पनि नआएका संस्थाहरुलाई लिएर मर्जरको सुविधा लिने दाउमा छन्। मर्जरमा जाँदा राष्ट्रिय स्तरको लघुवित्तको रुपमा काम गर्न पाउने भएकाले त्यस्ता लघुवित्त वित्तीय संस्थाहरु मर्जरको प्रक्रियामा हिँडिरहेका छन्।

राष्ट्र बैंकले मर्जमा प्रोत्साहन गर्न एकल ग्राहक कर्जा सीमा नाघेका ऋणीको कर्जालाई सीमाभित्र ल्याउन समय थप गर्ने व्यवस्था गरेको छ। त्यस्तै तोकिएको पुँजीकोष अनुपात पुर्‍याउनुपर्ने समय थप गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई एकीकृत कारोबार सञ्चालनको क्रममा वा एकीकृत कारोबार सुरु भएको तीन महिनाभित्र पदमुक्त भएका वा सेवामा निरन्तरता नपाएका सञ्चालक प्रमुख कार्यकारी अधिकृत वा नायब प्रमुख कार्यकारी अर्को संस्थामा नियुक्त हुन पाउने छन्। उनीहरुका लागि कुलिङ पिरियडको नियम लागू नहुने राष्ट्र बैंकले व्यवस्था गरेको छ। 

राष्ट्र बैंकले पछिल्लो समय लघुवित्त वित्तीय संस्थाले २० प्रतिशतभन्दा धेरै लाभांस वितरणको प्रस्ताव गरेमा २० प्रतिशत माथिको प्रस्तावित लाभांसको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ। मर्जरको प्रक्रियामा गएका संस्थाहरुलाई यो नियम लागू हुँदैन।

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरमा जान प्रोत्साहन तथा कडाइ गरे पनि जुन हिसाबले संस्था घट्नुपर्ने हो, त्यसरी घट्न सकेका छैनन्। नियामक निकायले देशमा कति वटा संस्था भए पुग्छ भन्ने अध्ययन नगरी निवेदन आएजति सबैलाई अनुमति दिँदा यस्तो समस्या आएको हो। सुरुमा लाइसेन्स दिने अनि मर्जरमा लैजाने अदूरदर्शी नीतिले लगानीकर्ता तथा व्यवसायी समस्या तथा झमेलामा पर्ने गरेका छन्।

माइक्रोफाइनान्सको मर्जर
१२ वटा मर्जर सफल हुँदा १४ वटा संस्थाको अस्तित्व विलय भयो। १४ वटा मर्जर प्रक्रियामा छन्। १६ वटा संस्था विलय हुने छन्।

Xtrem

Xtrem

मर्जरमा सहभागी लघुवित्त

मर्जर पछिको नाम

संयुक्त कारोबार

साधना लघुवित्त

साधना लघुवित्त

असार २०७६

समृद्धि लघुवित्त

वमी लघुवित्त

वमी लघुवित्त

मंसिर २०७६

नागरिक लघुवित्त

सारथी लघुवित्त

सारथी लघुवत्त

पुस २०७६

सत्यवती लघुवित्त

कालिका लघुवित्त

कालिका लघुवित्त

पुस २०७६

जनसेवी लघुवित्त

सूर्योदय लघुवित्त

सूर्योदय लघुवित्त

फागुन २०७६

त्रिलोक लघुवित्त

मिर्मिरे लघुवित्त

मिर्मिरे लघुवित्त

असार २०७७

स्वेडा लघुवित्त

आरम्भ लघुवित्त

आरम्भ चौतारी लघुवित्त

असार २०७७

चौतारी लघुवित्त

उन्नती लघुवित्त

उन्नती सहकार्य लघुवित्त

असार २०७७

सहकार्य लघुवित्त

एनआरएन लघुवित्त

एनआरएन लघुवित्त

असार २०७६

दिव्य लघुवित्त

किसान लघुवित्त

जीवन विकास

जीवन विकास लघुवित्त

भदौ २०७७

गरिबी न्यूनीकरण

सोल्भ लघुवित्त

समिट लघुवित्त

समिट लघुवित्त

असोज २०७७

सजिलो लघुवित्त

स्वोरजगार लघुवित्त

स्वरोजगार लघुवित्त

असोज २०७७

जनकपुर लघुवित्त

मर्जरको प्रक्रिया रहेका संस्थाहरु

मर्जरको प्रकृयामा रहेका संस्था

किसिम

मिर्मिरे लघुवित्त

प्राप्ती

नागबेली लघुवित्त

आँधीखोला लघुवित्त

मर्जर

देउराली लघुवित्त

नयाँ नेपाल लघुवित्त

मर्जर

सारथी लघुवित्त

नेपाल एग्रो लघुवित्त

मर्जर

नेस्डो लघुवित्त

माहुली लघुवित्त

मर्जर

नवीकरण लघुवित्त

स्मार्ट लघुवित्त

मर्जर

मनकामना लघुवित्त

युनिक लघुवित्त

मर्जर

बुद्ध ज्योती लघुवित्त

एनआईसी एशिया लघुवित्त

मर्जर

स्वदेशी लघुवित्त

वमी लघुवित्त

मर्जर

ग्रामिण स्वयंसेवक

समाज लघुवित्त

मर्जर

स्वस्तिक लघुवित्त

आरम्भ चौतारी

मर्जर

सिवाइसिएल

शालिग्राम

मिर्मिरे लघुवित्त

प्राप्ति

सिर्जनशील 

विजय लघुवित्त

प्राप्ति

खप्तड लघुवित्त

ग्लोबल आइएमई

प्राप्ति

स्पर्श लघुवित्त

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०७७  १०:५२
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज २०, २०८३
हिमपातले लिमी र हिल्सा सडक बन्द, पानी र रासनको समस्या मंगलबार, असोज २०, २०८३
अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता मंगलबार, असोज २०, २०८३
कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद, समूह र संख्या (सूचीसहित) मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्