• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ३०, २०८२ Mon, Apr 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

वार्षिक चार लाख डलर आम्दानी हुने एक्चुरी नेपालमा नहुँदा करोडौं रुपैयाँ विदेशिँदै

64x64
अरुण सापकोटा सोमबार, कात्तिक १०, २०७७  १६:४७
1140x725
प्रतीकात्मक फोटो

काठमाडौं- विश्वकै उत्कृष्ट आम्दानीमा पर्ने एक्चुरी नेपालमा एक जना पनि नहुँदा वर्षेनी करोडौ रुपैयाँ विदेशिने गरेको छ। नेपालमै एक्चुरी नहुँदा भारत लगायत अन्य विदेशी नागरिकमा भर्नुपर्दा बीमा कम्पनीहरुले समयमै साधारणसभा समेत गर्न सकिरहेका छैनन्। नियामक निकाय बीमा समिति समेत विदेशी एक्चुरीमा भर पर्नुपर्दा समयमै कम्पनीको वित्तीय विवरण पास गर्न सकिरहेको छैन।

विश्वकै पाँचौं उत्कृष्ट आम्दानीमा पर्ने एक्चुरीले बार्षिक तीनदेखि चार लाख डलरभन्दा धेरै आम्दानी गर्छन्। यतिधेरै आम्दानी हुने एक्चुरी भने विश्वमै एकदमै कम छन्। हाल नेपालमा भने एक जना पनि छैनन्। केही नेपालीले एक्चुरी उपाधि हासिल गरेका भए पनि उनीहरु नेपालमा छैनन्।

जीवन बीमाको वीमाङ्कीय मूल्यांकनका लागि एक्चुरीको आवश्यक पर्छ। बीमा लगायत र भविष्यको दायित्व मूल्यांकन गर्ने क्षेत्रमा एक्चुरीको आवश्यक पर्छ। नेपालमा बीमा समितिका अनुसार एक्चुरीको कार्य क्षेत्र बीमा, बैंकिङ, धितोपत्र, कोष व्यवस्थापन, प्राज्ञिक र आर्थिक क्षेत्रमा पर्छ।

एक्चुरी कुनै शैक्षिक योग्यताको पढाइ होइन। यो व्यावसायिक अनुमति प्राप्त पेशा हो। यसको अध्ययनको लागि कुनै विश्व विद्यालयमा गएर औपचारिक अध्ययन गर्नु पर्दैन। यसका निश्चित संस्थामा गएर तोकिएका परीक्षा उत्तीर्ण गर्नुपर्छ। न्यूनतम प्लस टु पास गरेका तथा गणित पढेको हुनुपर्छ। गणित राम्रो नभएका विद्यार्थीले सामान्यतया यो कोर्ष पास गर्न सक्दैनन्। एक्चुरी पढ्नका लागि हुने प्रवेश परीक्षामै धेरै फेल हुन्छन्। त्यसैले गर्दा गणितमा सबैभन्दा धेरै राम्रो हुनु पर्छ। 

कस्तो छ प्रवेश परीक्षा?
एक्चुरियल कमन इन्ट्रान्स टेस्ट (एसिइटी)मा भएको प्रवधानका आधारमा यसको प्रवेश परीक्षा अनलाइनबाट दिन पाइन्छ। यसको लागि तीन घण्टामा ७० प्रश्नको हल गर्नुपर्छ। यसका लागि तीन तहका प्रश्न तयार पारिएको हुन्छ। पहिलो तहमा ४५ वटा प्रश्न हुन्छन्। जसको प्रत्येक प्रश्न बराबर एक नम्वर गणना हुन्छ। त्यस्तै दोस्रो तहमा २० वटा प्रश्न हुन्छन्। जसमा प्रत्येक प्रश्न बराबर २ नम्वरको हुन्छ। तेस्रोमा ५ वटा प्रश्न हुन्छन्। जसमा प्रत्येक प्रश्न बराबर ५ नम्बरको हुन्छ।

यसमा दुर्इ सेक्सनमा आधारित कोर्ष तयार पारिएको हुन्छ। पहिलो सेक्सनमा म्याथम्याटिक्स, स्ट्याटिक्स, डाटा इन्टरप्रिटेसन रहेका हुन्छन्। यस अन्तर्गतका प्रश्नको हल गरेर पास गर्न ५५ प्रतिशत अंक ल्याउनुपर्छ। दोस्रो चरणमा अंग्रेजी तथा लजिकल रिजनिङ तर्फका प्रश्नमा पास गर्न ४५ प्रतिशत अंक ल्याउनुपर्छ। दुवै तहको प्रश्न दिँदा पहिला सजिलो र पछि जटिल प्रश्न दिइन्छ।

सजिलोपछि जटिल प्रश्न दिने प्रावधान हुन्छ। जटिल मिलाउन नसकेमा लगत्तै सफ्टवेरले नै सजिला प्रश्न दिने व्यवस्था मिलाइएको हुन्छ। भारतको एक्चुरी सोसाइटी अफ इन्डियाले एउटा स्लटको लागि एक पटक प्रवेश परीक्षा लिने गरेको छ। सामान्यतया प्रत्येक वर्षको अप्रिल र सेप्टेम्बर महिनामा प्रवेश तथा अन्तिम परीक्षा सञ्चालन गरिएका हुन्छन्।

प्रवेश परीक्षामा पास भएपछि के गर्नुपर्छ?
प्रवेश परीक्षा पास गरेपछि १५ वटा बिषय पास गर्नु पर्छ। एक पटकमा बढीमा तीन विषयको परीक्षा दिन पाइन्छ। यो आधारमा नियमित पास हुनेले ३ वर्षमा एक्चुरी उपाधि पाउन सक्छ तर यो उपाधि प्राप्त गर्न ५ देखि ७ बर्ष लाग्ने गरेको पाइन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

यो उपाधिका लागि चार तहमा रहेको परीक्षा पास गर्नुपर्छ। यसका सिटी सेरिज, सिए सेरिज, स्पेसलिस्ट टेक्निकल स्टेज र स्पेसलिस्ट स्टेज रहेको हुन्छ। यसमा एउटा तह पास गरेपछि मात्र अर्को तहको परीक्षा दिन पाइन्छ भन्ने हुँदैन। परीक्षार्थीले परीक्षा दिन सक्ने भएमा कुनै पनि तहको परीक्षा दिन पाइन्छ। यसको पूरै परीक्षा पास गर्न कठिन हुने हुँदा सिटी ९ सम्मको परीक्षा पास गरेकाले पनि राम्रो रोजगारी पाउने गरेका छन्।

कति पैसा लाग्छ?
यसको अध्ययनको लागि अन्य डाक्टर, पाइलट, इन्जिनियरको जस्तो धेरै खर्च लाग्दैन। यो विषय पढ्न अन्य विषयको जस्तो नियमित कलेजमा गएर पढ्नु पर्दैन। तर परीक्षाको तयारीको लागि भने ट्युसन पढ्न पाइन्छ। भारतमा एक्चुरी सक्न लगभग भारतीय दुर्इ लाख रुपैयाँ भए पुग्छ। थप किताब तथा सन्दर्भ सामाग्री किन्नुपर्दा केही खर्च बढ्न सक्छ। नेपाली विद्यार्थीको हकमा भारत तथा अन्य देशमा पढेर मात्रै बस्नुपर्ने हुँदा खर्च धेरै लाग्छ सक्छ।

बीमा समितिले कुनै बेला यसको पढाइको लागि नेपालमा नै सेन्टर राख्ने प्रयास गरेको थियो। तर कोही पनि पढ्न नआएपछि समितिले कार्यक्रम नै स्थगित गरेको थियो। कुनै समयमा नेपालमा सिए पढ्ने हुँदैन थिए। यो पढ्न सकिँदैन भन्ने जमात धेरै थियो तर आजका दिनमा यसको अध्ययनमा आकर्षण बढेको छ। यस्तै आजका दिनमा एक्चुरीको पनि सिएको जस्तै भ्रम भएको विज्ञहरु बताउछन्। एक्चुरी अध्यनको लागि बीमा समितिले भारतमा पढ्न पठाए पनि कसैले पढ्न सकेनन्।

नेपालमा अवसर
बीमा ऐन २०४९ को दफा २(ञ) का अनुसार, बीमांकी भन्नाले बीमा व्यवसायमा भएको दायित्वको निर्धारण तथा गणना गर्नका लागि बिमकद्वारा नियुक्त गरिएको तोकिए बमोजिमको योग्यता भएको व्यक्ति सम्झनु पर्छ।

बीमा व्यवसायीले नेपालमा बीमा सम्बन्धी काम गर्ने दक्ष जनशक्ति नहुँदा विदेशबाट ल्याउनु परेको छ। बीमा कम्पनीले विदेशी कन्सल्ट्यान्ट मार्फत काम गरिरहेको छ। समितिले एक्चुरीको लागि बार्षिक ३० लाख रुपैयाँभन्दा धेरै कन्सल्ट्यान्टलार्इ बुझाउँदै आएको छ।

नेपालको हकमा एउटा बीमा कम्पनीमा काम गरेको एक्चुरीले अर्को बीमा कम्पनीमा काम गर्न पाउँदैन। तर जीवन बीमा कम्पनीमा एक्चुरी गर्नेले निर्जीवन बीमा कम्पनीमा काम गर्न पाउछन्।

अहिले बीमामा मात्र यसको अनिवार्य गरिएको भए पनि बिस्तारै बैंक तथा लामो समय दायित्व निर्वाह वहन गर्ने संस्थामा यो अनिवार्य हुदै जाने देखिन्छ। एनएफआरएस अनुसार बैंक तथा वित्तीय संस्थाहरुले पनि एक्चुरी गर्नुपर्ने व्यवस्था छन्। यसले गर्दा कतिपय बैंक तथा वित्तीय संस्थाहरुले पनि एक्चुरी गर्नुपर्ने हुन्छ। 

त्यस्तै कर्मचारी सञ्चयकोष नागरिक लगानी कोष तथा सामाजिक सुरक्षा कोष जस्ता दीर्घकालीन कोषको ब्यबस्थापन गर्ने भएकाले यिनीहरुलाई पनि एक्चुरीको आवश्यकता पर्छ। नेपालमा एक जना पनि एक्चुरी नहुँदा विदेशबाट ल्याउनुपर्ने बाध्यताका कारण राष्ट्र बैंकले यसलाई अनिवार्य गर्न सकिरहेको छैन।

नेपालमा एक्चुरीको अभाव भएपछि त्रिभुवन विश्वविद्यालयले यसको पढाइ सुरु गरेको छ। शैक्षिक रुपमा गणित विज्ञान स्कुलको रुपमा सुरु भए पनि यसको प्रमुख उद्देश्य एक्चुरीको उपाधि हासिल गराउनु नै हो। प्लस टु परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले यस स्कुलमा इन्ट्रान्स परीक्षा दिन सक्छन्। जम्मा ३६ जनाको कोटा रहेको यसमा पहिलो वर्ष कोटाभन्दा कम इन्ट्रान्स परीक्षामा सहभागी भएका थिए।

गत वर्षदेखि यस परिक्षाका लागि अत्याधिक आकर्षण देखिँदै आएको छ।

नेपालमा यो कोष पढ्दा चार वर्षमा चार लाख खर्च हुन्छ। एक्चुरी उपाधिका लागि भने भारत वा बेलायतको बोर्डमा परीक्षा दिनु पर्छ। गणित विज्ञान स्कुलले एक्चुरीको तयारी सँगसँगै गराउने गरेको छ। उक्त उपाधिका लागि आवश्यक पर्ने तयारी गराउने गरी शैक्षिक कोर्ष तयारी गरिएकोले केही वर्षमै नेपालबाट एक्चुरीको उत्पादन हुने विश्वविद्यालयले जनाएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७  १६:४७
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
वाणिज्य बैंकहरूको नयाँ ब्याज दरः कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज ? सञ्चालनमा रहेका वाणिज्य बैंकहरूमध्ये अधिकांशले चैत महिनाको तुलनामा वैशाखमा ब्याजदर घटाएर ब्याजदर सार्वजनिक गरेका छन्। वैशाखका लागि ९... सोमबार, चैत ३०, २०८२
१३ अंक घट्यो सेयर बजार आइतबार सार्वजनिक बिदा हुने भएसँगै शुक्रबार सेयर कारोबार हुन थालेको छ । शुक्रबारको कारोबारपछि नेप्से परिसूचक २८३७ अंकमा कायम भएको छ । शुक्रबार, चैत २७, २०८२
४२ अङ्कले बढ्यो सेयर बजार अघिल्लो दिन २.६१ अंक घटेको बजार आज ४५.१२ अंक बढेको हो । सो वृद्धिपछि नेप्से परिसूचक २८०२ अंकमा कायम भएको छ । बन्द हुँदाको यो अंक नै... बुधबार, चैत २५, २०८२
ताजा समाचारसबै
गृहमन्त्रीलाई रक्षा बमको चेतावनी– बेलैमा सच्चिनुस् सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्रीले गरे बागमतीका सांसदसँग छलफल सोमबार, चैत ३०, २०८२
संसदीय समितिमा अर्थमन्त्रीलाई बोलाएर बजेटबारे छलफल गर्न सांसदहरूको माग सोमबार, चैत ३०, २०८२
सभामुख र उपसभामुखबीच शिष्टाचार भेट सोमबार, चैत ३०, २०८२
क्रियाशील सदस्यता खारेज नभई अद्यावधिक गरिने महामन्त्री पौडेलको प्रष्टीकरण सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गर्छ : मोहन श्रेष्ठ सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्