• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

वार्षिक चार लाख डलर आम्दानी हुने एक्चुरी नेपालमा नहुँदा करोडौं रुपैयाँ विदेशिँदै

64x64
अरुण सापकोटा सोमबार, कात्तिक १०, २०७७  १६:४७
1140x725
प्रतीकात्मक फोटो

काठमाडौं- विश्वकै उत्कृष्ट आम्दानीमा पर्ने एक्चुरी नेपालमा एक जना पनि नहुँदा वर्षेनी करोडौ रुपैयाँ विदेशिने गरेको छ। नेपालमै एक्चुरी नहुँदा भारत लगायत अन्य विदेशी नागरिकमा भर्नुपर्दा बीमा कम्पनीहरुले समयमै साधारणसभा समेत गर्न सकिरहेका छैनन्। नियामक निकाय बीमा समिति समेत विदेशी एक्चुरीमा भर पर्नुपर्दा समयमै कम्पनीको वित्तीय विवरण पास गर्न सकिरहेको छैन।

विश्वकै पाँचौं उत्कृष्ट आम्दानीमा पर्ने एक्चुरीले बार्षिक तीनदेखि चार लाख डलरभन्दा धेरै आम्दानी गर्छन्। यतिधेरै आम्दानी हुने एक्चुरी भने विश्वमै एकदमै कम छन्। हाल नेपालमा भने एक जना पनि छैनन्। केही नेपालीले एक्चुरी उपाधि हासिल गरेका भए पनि उनीहरु नेपालमा छैनन्।

जीवन बीमाको वीमाङ्कीय मूल्यांकनका लागि एक्चुरीको आवश्यक पर्छ। बीमा लगायत र भविष्यको दायित्व मूल्यांकन गर्ने क्षेत्रमा एक्चुरीको आवश्यक पर्छ। नेपालमा बीमा समितिका अनुसार एक्चुरीको कार्य क्षेत्र बीमा, बैंकिङ, धितोपत्र, कोष व्यवस्थापन, प्राज्ञिक र आर्थिक क्षेत्रमा पर्छ।

एक्चुरी कुनै शैक्षिक योग्यताको पढाइ होइन। यो व्यावसायिक अनुमति प्राप्त पेशा हो। यसको अध्ययनको लागि कुनै विश्व विद्यालयमा गएर औपचारिक अध्ययन गर्नु पर्दैन। यसका निश्चित संस्थामा गएर तोकिएका परीक्षा उत्तीर्ण गर्नुपर्छ। न्यूनतम प्लस टु पास गरेका तथा गणित पढेको हुनुपर्छ। गणित राम्रो नभएका विद्यार्थीले सामान्यतया यो कोर्ष पास गर्न सक्दैनन्। एक्चुरी पढ्नका लागि हुने प्रवेश परीक्षामै धेरै फेल हुन्छन्। त्यसैले गर्दा गणितमा सबैभन्दा धेरै राम्रो हुनु पर्छ। 

कस्तो छ प्रवेश परीक्षा?
एक्चुरियल कमन इन्ट्रान्स टेस्ट (एसिइटी)मा भएको प्रवधानका आधारमा यसको प्रवेश परीक्षा अनलाइनबाट दिन पाइन्छ। यसको लागि तीन घण्टामा ७० प्रश्नको हल गर्नुपर्छ। यसका लागि तीन तहका प्रश्न तयार पारिएको हुन्छ। पहिलो तहमा ४५ वटा प्रश्न हुन्छन्। जसको प्रत्येक प्रश्न बराबर एक नम्वर गणना हुन्छ। त्यस्तै दोस्रो तहमा २० वटा प्रश्न हुन्छन्। जसमा प्रत्येक प्रश्न बराबर २ नम्वरको हुन्छ। तेस्रोमा ५ वटा प्रश्न हुन्छन्। जसमा प्रत्येक प्रश्न बराबर ५ नम्बरको हुन्छ।

यसमा दुर्इ सेक्सनमा आधारित कोर्ष तयार पारिएको हुन्छ। पहिलो सेक्सनमा म्याथम्याटिक्स, स्ट्याटिक्स, डाटा इन्टरप्रिटेसन रहेका हुन्छन्। यस अन्तर्गतका प्रश्नको हल गरेर पास गर्न ५५ प्रतिशत अंक ल्याउनुपर्छ। दोस्रो चरणमा अंग्रेजी तथा लजिकल रिजनिङ तर्फका प्रश्नमा पास गर्न ४५ प्रतिशत अंक ल्याउनुपर्छ। दुवै तहको प्रश्न दिँदा पहिला सजिलो र पछि जटिल प्रश्न दिइन्छ।

सजिलोपछि जटिल प्रश्न दिने प्रावधान हुन्छ। जटिल मिलाउन नसकेमा लगत्तै सफ्टवेरले नै सजिला प्रश्न दिने व्यवस्था मिलाइएको हुन्छ। भारतको एक्चुरी सोसाइटी अफ इन्डियाले एउटा स्लटको लागि एक पटक प्रवेश परीक्षा लिने गरेको छ। सामान्यतया प्रत्येक वर्षको अप्रिल र सेप्टेम्बर महिनामा प्रवेश तथा अन्तिम परीक्षा सञ्चालन गरिएका हुन्छन्।

प्रवेश परीक्षामा पास भएपछि के गर्नुपर्छ?
प्रवेश परीक्षा पास गरेपछि १५ वटा बिषय पास गर्नु पर्छ। एक पटकमा बढीमा तीन विषयको परीक्षा दिन पाइन्छ। यो आधारमा नियमित पास हुनेले ३ वर्षमा एक्चुरी उपाधि पाउन सक्छ तर यो उपाधि प्राप्त गर्न ५ देखि ७ बर्ष लाग्ने गरेको पाइन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

यो उपाधिका लागि चार तहमा रहेको परीक्षा पास गर्नुपर्छ। यसका सिटी सेरिज, सिए सेरिज, स्पेसलिस्ट टेक्निकल स्टेज र स्पेसलिस्ट स्टेज रहेको हुन्छ। यसमा एउटा तह पास गरेपछि मात्र अर्को तहको परीक्षा दिन पाइन्छ भन्ने हुँदैन। परीक्षार्थीले परीक्षा दिन सक्ने भएमा कुनै पनि तहको परीक्षा दिन पाइन्छ। यसको पूरै परीक्षा पास गर्न कठिन हुने हुँदा सिटी ९ सम्मको परीक्षा पास गरेकाले पनि राम्रो रोजगारी पाउने गरेका छन्।

कति पैसा लाग्छ?
यसको अध्ययनको लागि अन्य डाक्टर, पाइलट, इन्जिनियरको जस्तो धेरै खर्च लाग्दैन। यो विषय पढ्न अन्य विषयको जस्तो नियमित कलेजमा गएर पढ्नु पर्दैन। तर परीक्षाको तयारीको लागि भने ट्युसन पढ्न पाइन्छ। भारतमा एक्चुरी सक्न लगभग भारतीय दुर्इ लाख रुपैयाँ भए पुग्छ। थप किताब तथा सन्दर्भ सामाग्री किन्नुपर्दा केही खर्च बढ्न सक्छ। नेपाली विद्यार्थीको हकमा भारत तथा अन्य देशमा पढेर मात्रै बस्नुपर्ने हुँदा खर्च धेरै लाग्छ सक्छ।

बीमा समितिले कुनै बेला यसको पढाइको लागि नेपालमा नै सेन्टर राख्ने प्रयास गरेको थियो। तर कोही पनि पढ्न नआएपछि समितिले कार्यक्रम नै स्थगित गरेको थियो। कुनै समयमा नेपालमा सिए पढ्ने हुँदैन थिए। यो पढ्न सकिँदैन भन्ने जमात धेरै थियो तर आजका दिनमा यसको अध्ययनमा आकर्षण बढेको छ। यस्तै आजका दिनमा एक्चुरीको पनि सिएको जस्तै भ्रम भएको विज्ञहरु बताउछन्। एक्चुरी अध्यनको लागि बीमा समितिले भारतमा पढ्न पठाए पनि कसैले पढ्न सकेनन्।

नेपालमा अवसर
बीमा ऐन २०४९ को दफा २(ञ) का अनुसार, बीमांकी भन्नाले बीमा व्यवसायमा भएको दायित्वको निर्धारण तथा गणना गर्नका लागि बिमकद्वारा नियुक्त गरिएको तोकिए बमोजिमको योग्यता भएको व्यक्ति सम्झनु पर्छ।

Xtrem

Xtrem

बीमा व्यवसायीले नेपालमा बीमा सम्बन्धी काम गर्ने दक्ष जनशक्ति नहुँदा विदेशबाट ल्याउनु परेको छ। बीमा कम्पनीले विदेशी कन्सल्ट्यान्ट मार्फत काम गरिरहेको छ। समितिले एक्चुरीको लागि बार्षिक ३० लाख रुपैयाँभन्दा धेरै कन्सल्ट्यान्टलार्इ बुझाउँदै आएको छ।

नेपालको हकमा एउटा बीमा कम्पनीमा काम गरेको एक्चुरीले अर्को बीमा कम्पनीमा काम गर्न पाउँदैन। तर जीवन बीमा कम्पनीमा एक्चुरी गर्नेले निर्जीवन बीमा कम्पनीमा काम गर्न पाउछन्।

अहिले बीमामा मात्र यसको अनिवार्य गरिएको भए पनि बिस्तारै बैंक तथा लामो समय दायित्व निर्वाह वहन गर्ने संस्थामा यो अनिवार्य हुदै जाने देखिन्छ। एनएफआरएस अनुसार बैंक तथा वित्तीय संस्थाहरुले पनि एक्चुरी गर्नुपर्ने व्यवस्था छन्। यसले गर्दा कतिपय बैंक तथा वित्तीय संस्थाहरुले पनि एक्चुरी गर्नुपर्ने हुन्छ। 

त्यस्तै कर्मचारी सञ्चयकोष नागरिक लगानी कोष तथा सामाजिक सुरक्षा कोष जस्ता दीर्घकालीन कोषको ब्यबस्थापन गर्ने भएकाले यिनीहरुलाई पनि एक्चुरीको आवश्यकता पर्छ। नेपालमा एक जना पनि एक्चुरी नहुँदा विदेशबाट ल्याउनुपर्ने बाध्यताका कारण राष्ट्र बैंकले यसलाई अनिवार्य गर्न सकिरहेको छैन।

नेपालमा एक्चुरीको अभाव भएपछि त्रिभुवन विश्वविद्यालयले यसको पढाइ सुरु गरेको छ। शैक्षिक रुपमा गणित विज्ञान स्कुलको रुपमा सुरु भए पनि यसको प्रमुख उद्देश्य एक्चुरीको उपाधि हासिल गराउनु नै हो। प्लस टु परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले यस स्कुलमा इन्ट्रान्स परीक्षा दिन सक्छन्। जम्मा ३६ जनाको कोटा रहेको यसमा पहिलो वर्ष कोटाभन्दा कम इन्ट्रान्स परीक्षामा सहभागी भएका थिए।

गत वर्षदेखि यस परिक्षाका लागि अत्याधिक आकर्षण देखिँदै आएको छ।

नेपालमा यो कोष पढ्दा चार वर्षमा चार लाख खर्च हुन्छ। एक्चुरी उपाधिका लागि भने भारत वा बेलायतको बोर्डमा परीक्षा दिनु पर्छ। गणित विज्ञान स्कुलले एक्चुरीको तयारी सँगसँगै गराउने गरेको छ। उक्त उपाधिका लागि आवश्यक पर्ने तयारी गराउने गरी शैक्षिक कोर्ष तयारी गरिएकोले केही वर्षमै नेपालबाट एक्चुरीको उत्पादन हुने विश्वविद्यालयले जनाएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७  १६:४७
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज २०, २०८३
हिमपातले लिमी र हिल्सा सडक बन्द, पानी र रासनको समस्या मंगलबार, असोज २०, २०८३
अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता मंगलबार, असोज २०, २०८३
कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद, समूह र संख्या (सूचीसहित) मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्