काठमाडौं- सनराइज बैंकले रुपन्देही जिल्लाको तिलोत्तमामा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ। तिलोत्तमा–६, गणेशपुरमा बैंकको ५१औं शाखारहित बैंकिङ सेवाको सुरुवात गरिएको बैंकले जानकारी दिएको छ।
बुधवार तिलोत्तमा नगरपालिकाको कार्यपालिका सदस्य संगिता गुरुङ र मणिग्राम शाखाका शाखा प्रबन्धक अरुण पाण्डेले संयुक्त रुपमा बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि प्रशान्त न्यौपानेलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरी सेवा सुरु गरेका थिए।
पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्डमार्फत् कारोबार गर्न सकिने बैंकले जनाएको छ।
हालसम्म बैंकले १३५ वटा शाखा, ५१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउन्टर र १६१ वटा एटिएम मार्फत ७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।