काठमाडौं- जगदम्बा मोटर्सले भाइबरसँगको सहकार्यमा चाडपर्वको नयाँ स्टिकर ल्याएको छ। नयाँ स्टिकर प्याकले प्रयोगकर्ताहरुलाई चाडपर्वको शुभकामना पठाउन मद्दत पुर्याउनउने दाबी कम्पनीको छ।
जगदम्बा मोटर्स, नेपालका लागि टिभिएस मोटर्सको आधिकारिक बिक्रेता हो। जगदम्बा मोटर्स र भाइबरबीचको सम्झौतापछि भाइबर प्रयोगकर्ताले आफ्ना नजिकका तथा प्रिय व्यक्तिहरूलाई टिभिएसको स्टिकर दसैं, तिहार र छठको शुभकामना आदानप्रदान गर्न प्रयोग गर्न सक्नेछन्।
दुवै पक्षको समझदारी अनुसार स्टिकर प्याक ३ महिनासम्म सित्तैमा डाउनलोडका लागि उपलब्ध रहने छ र एकपटक डाउनलोड गरिसकेपछि टिभिएस दसैंको आशा स्टिकर प्याक जतिबेला पनि प्रयोग गर्न सकिने बताइएको छ।
'टिभिएस दसैंको आशा' स्टिकर डाउनलोडकर्ताले टिभिएसको तर्फबाट एउटा नयाँ स्कुटर उपहार स्वरूप प्राप्त गर्न सक्नेछन्। यो स्टिकर प्याक डाउनलोडका लागि यो लिंकमा जान सकिनेछ। कम्पनीले गत साल पनि भाइबर स्टिकर ल्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।