काठमाडाैं- निसान मोटर्सले उत्पादन गरेको 'बिग, बोल्ड, ब्युटिफुल' एसयुभी म्यागनाइट सार्वजनिक भएको छ। बी सेगमेन्टको एसयुभी म्यागनाइट भर्चुअल रूपमा बुधबार विश्वव्यापी रुपमा एकैपटक सार्वजनिक गरिएको हो।
निसान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटेकर्पले जनवरी २०२१ मा निसान म्यागनाइट बजारमा ल्याउने तयारी गरेको छ। यो एसयुभीमा स्पोर्टी लुक्स सहित एलडी हेडल्याम्प, एलइडी डिआरएल, फ्लोटिङ रुफ, डुवल टोन बडी पेन्ट, डुवल टोन रियर बम्पर जस्ता विशेषताहरु छन्।
निसान म्यागनाइट १.० लिटर पेट्रोल इञ्जिनको दुई वटा भेरियन्टमा उपलब्ध हुनेछ। जसमा एउटा नेचुरली एसपिरेटेड इञ्जिन हो भने अर्काे टर्बाेचार्ज्ड इञ्जिन हुनेछ।
निसान म्यागनाइटमा ८ इन्च फुल फ्लस टच स्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्च टिएफटी ड्राइभ असिस्ट डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा लगायत विभिन्न विशेषता उपलब्ध छ।
अत्याधुनिक विशेषताहरु समावेश भएको निसान म्यागनाइट आफ्नो सेगमेन्टको गेमचेन्जर बन्ने अपेक्षा कम्पनीको छ। नेपाली बजारमा भित्रिने यो एसयुभी आफ्नो क्लासमा मूल्यको आधारमा यो गाडी उचित र प्रिमियम हुने दाबी कम्पनीको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।