काठमाडौं- प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्सटेन्सन काउन्टरबाट बुधबारदेखि कारोबार सुरु भएको हो।
नेपाल राष्ट्र बैंक तथा अन्य सबन्धित निकायसँग समन्वयन गरी विभिन्न सरकारी निकायको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन भइरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पनि आफ्नो सेवा विस्तार गरेको हो।
प्रभु बैंकको एक्स्टेन्सन काउन्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यालयको काम गर्न सहज र सरल हुने बताइएको छ।
प्रभु बैंकको एक्स्टेन्सन काउन्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभांन्वित हुने बैंकले जनाएको छ।
प्रभु बैंकले २१० वटा शाखा कार्यालय, १९४ वटा एटिएम, ५५ वटा एक्सटेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।