काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले बाग्लुङ जिल्लाको जैमिति नगरपालिकास्थित शेराबजारमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। जैमिनि नगरपालिका नगर प्रमुख इन्द्रराज पौडेलले बैंकको शाखा कार्यालय उद्घाटन गरेका हुन्।
उक्त अवसरमा जैमिनि नगरपालिका प्रमुख इन्द्रराज पौडेलले महामारीको समयमा पनि बैंकले शाखा कार्यालय स्थापना गरि नगरवासीलाई बैंकिङ सेवा उपलब्ध गराएकोमा धन्यवाद दिए।
बैंक शाखा कार्यालय शेराबजारका शाखा प्रबन्धक लोकप्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जैमिनि नगरपालिकाकी उपप्रमुख लिला राना नगर पदाधिकारीहरुक स्थानीय उद्योगी व्यवसायी कर्मचारी समाजसेवीहरुको उपस्थिति रहेको थियो। हाल बैंकको सातै प्रदेश ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।