काठमाडौं- कोरोना भाइरसको संक्रमण सुरु भएपछि निर्माण जगतमा परेका असरलाई कम गर्न शिवम सिमेन्टले मोबाइल एप सञ्चालनमा ल्याएको छ। उद्योगले हरेक किसिमका निर्माण कार्यको निरन्तरतालाई ध्यानमा राखेर मोबाइल एपबाटै सिमेन्ट खरिद गर्न सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।
सिमेन्ट उद्योगका क्षेत्रमा मोबाइल एपको प्रयोग यो पहिलो भएको पनि कम्पनीको दाबी छ। स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर एप प्रयोगमा ल्याइएको कम्पनीको भनाइ छ। मोबाइल चलाउने ब्यक्तिले गुगल प्ले स्टोर तथा आइओएस एप स्टोरमा गएर सहज र नि:शुल्क रूपमा शिवम मोबाइल एप डाउनलोड गर्न सक्छन्। यसले काममा निरन्तरता र सामाजिक दूरी पनि कायम हुने कम्पनीको विश्वास छ।
मोबाइल एपको प्रयोगले गुणस्तरीय सिमेन्ट पाउने सुनिस्चित भएको र सिमेन्टको मूल्य तथा विभिन्न छुट योजनाहरू एपमा नै निर्धारण गरिएको हुनाले ग्राहकहरू मूल्यमा सुनिश्चित हुने कम्पनीको भनाइ छ। ग्राहकले अर्डर पश्चात सिमेन्ट निर्माण स्थलमा नै उपलब्ध हुने भएको हुनाले र कोरोनाको जोखिम पनि कम हुने कम्पनीको भनाइ छ।
भुक्तानीका लागि पनि खल्ती, इसेवा, कनेक्ट आइपिएस र क्यास अन डेलिभरीको सुविधासमेत उपलब्ध गराइएको छ। उद्योगले एपको माद्यमबाट आउने अर्डर समयमै तोकिएको स्थानमा डेलिभरी दिँदै आएको छ।
एपमार्फत न्यूनतम १० देखि अधिकतम २४० बोरासम्म अर्डर गर्न सकिने कम्पनीको भनाइ छ। २४० बोराभन्दा माथिका लागि पुनः एपमार्फत अर्को अर्डर गर्नु पर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ।
शिवम सिमेन्टले हेटौंडामा जर्मन प्रविधिबाट सिमेन्ट उत्पादन गरीरहेको छ। यसले आफ्नै चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर, शिवम र शिवम् प्लस ब्राण्डको सिमेण्ट उत्पादन गर्ने कम्पनीको भनाइ छ।
शिवम सिमेन्टले नविन प्रविधिको प्रयोग, गुणस्तरीय उत्पादन, बिक्री वितरण तथा उच्च व्यवस्थापनमा अधिक ध्यान दिने गरेको शिवम सिमेन्टसका प्रतिनिधि बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।