• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १५, २०८३ Mon, Aug 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना संक्रमितको उपचारमा कति खर्च हुन्छ?

सामान्यदेखि जटिल संक्रमितका लागि छुट्टाछुट्टै शुल्क
कमला गुरुङ सोमबार, कात्तिक ३, २०७७  २०:०६
1140x725

काठमाडौं- नेपालको संविधानले हरेक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गरेको छ।

संविधानमा भएको उक्त व्यवस्थालाई थप व्याख्या गर्दै नागरकिको अधिकार सुनिश्चित गरेको छ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ल्याएको जनस्वास्थ्य सेवा ऐन २०७५ ले।

ऐनको दफा ३ को उपदफा ४ मा आधारभुत स्वास्थ्य सेवा भित्र के के पर्छन् भन्ने प्रष्ट खुलाइएको छ। जस अन्तर्गत सरुवा रोग सम्बन्धी व्यवस्था पनि रहेको छ। ऐनमा ती सेवा नागरिकले नि:शुल्क प्राप्त गर्ने हक हुने छ भनेर प्रष्ट उल्लेख गरिएको छ।

कोरोना भाइरसको संक्रमण पनि सरुवा रोग नै हो। उक्त ऐन अनुसार र संविधान अनुसार नै नागरिकले कोरोना भाइरससँग सम्बन्धित सबै उपचार सेवा निशुल्क पाउनुपर्छ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संविधान र ऐन विपरित संक्रमित नागरिकसँग शुल्क उठाउने निर्णय गरेको छ।

यति मात्र होइन सरकारले सर्वोच्च अदालतको आदेश विपरित शुल्क उठाउने निर्णय गरेको पाइएको छ। संविधानले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क भनी परिभाषित गरेको र कोरोना संक्रमण सरुवा रोग भएकाले त्यो पनि आधारभूत स्वास्थ्य सेवाको परिभाषामा पर्ने भनी सर्वोच्चले व्याख्या गर्दै त्यससँग सम्बन्धित उपचार राज्यको दायित्व हुने भनी परमादेश जारी गरेको थियो। 

तर सरकारले संविधान, जनस्वास्थ्य सेवा ऐन र सर्वोच्चको आदेश विपरित अस्पतालहरुलाई शुल्क उठाउन निर्देशन दिइसकेको छ।

स्वास्थ्य मन्त्रालयको निर्देशनपछि केही अस्पतालले शुल्क उठाउन शुरु गरिसकेका छन् भने केहीले प्रक्रिया अगाडि बढाएका छन्।

nimb
nimb

सरकारको उक्त निर्णयपछि कोरोना संक्रमित नागरिकले उपचारका लागि कति शुल्क तिर्नुपर्छ त?
स्वास्थ्यखबरले विभिन्न सरकारी अस्पताल र निजी अस्पतालसँग यो विषयमा सोधखोज गरेको छ। सो क्रममा सरकारी अस्पतालहरुले यसअघि सरकारले संक्रमितको उपचारका लागि उपलब्ध गराउँदै आएको अनुदान रकम अनुसारकै शुल्क लिने तयारी भएको जानकारी दिएका छन् भने निजी अस्पतालहरुले भने संक्रमितले अस्पतालमा लिएको सेवा अनुसार शुल्क फरक पर्ने जानकारी दिएका छन्।

यसअघि सरकारले एक जना संक्रमितको उपचार अनुसार अस्पतालहरुलाई रकम उपलब्ध गराउँदै आइरहेको थियो। नयाँ निर्णयपछि अब स्वास्थ्य मन्त्रालयले फ्रन्टलाइनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, जोखिम क्षेत्रका कामदार तथा असाह्य तथा विपन्नहरुमा लक्षण देखिए मात्र कोरोनाको परीक्षण र उपचार खर्च व्यहोर्ने छ। 

तर यी बाहेक अन्य व्यक्ति स्वयंले कोरोनाको परीक्षण र उपचार खर्च गर्नुपर्ने हुन्छ। मन्त्रालयको यो निर्णय कार्तिक २ गतेबाट नै लागू गरिएको छ। 

‘कोरोना भाइरस (कोभिड १९) को संक्रमणको उपचार बापत अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश, २०७७ लाई संशोधन गर्न बनेको आदेश’ ले बिरामीको अवस्था अनुसार उपचार बापत पाउने विभिन्न लागत रकम तोकेको थियो। 

यस आदेशले सामान्य अवस्थादेखि जटिल अवस्था अनुसार उपचार शुल्क तोकको छ। जुन यसप्रकार छ।

- आइसोलेसन केन्द्रमा भर्ना हुने लक्षण नभएका वा सामान्य लक्षण भएका बिरामीका लागि प्रतिदिन २०००। यो आधारमा हेर्दा लक्षण नभएका वा सामान्य लक्षण भएका संक्रमितले १० दिन आइसोलेसनमा बस्दा २० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ।

- सामान्य लक्षण भई अस्पताल भर्ना भएकाका लागि प्रतिदिन ३५००। यो आधारमा हेर्दा सामान्य लक्षण भएर अस्पताल भर्ना भएका संक्रमितले १० दिन अस्पताल बस्दा ३५ हजार तिर्नुपर्ने हुन्छ।

- मध्यम जटिल बिरामीका लागि प्रतिदिन ७ हजार। यो आधारमा हेर्दा १० दिनसम्म अस्पतालमा बस्दा मध्यम जटिल बिरामीले ७० हजार तिर्नुपर्ने हुन्छ।

- जटिल र क्रिटिकल बिरामीका लागि प्रतिदिन १५ हजार। यो आधारमा हेर्दा १० दिनमा जटिल र क्रिटिकल संक्रमितले १ लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ।

सरकारले तोकेको यो शुल्कमा बिरामीको खाना तथा खाजा खर्चसमेत समावेश छ।

तर संक्रमितको अवस्थाका आधारमा अस्पताल बसाई थपघट हुनुका साथै आवश्यक औषधिहरु समेत चलाउनु पर्ने हुँदा उक्त शुल्कमा रकम थपघट हुनसक्ने बताइएको छ।

सरकारले तोकेको यही शुल्क नै अब बिरामी आफैंले तिर्नुपर्ने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। 

उनले भने, ‘मन्त्रालयले पहिले नै तोकेको शुल्क नै लागू हुने हो। मात्र पहिले सरकारले नै उपचार खर्च बेहोर्दै आएको थियो भने अब नागरिक आफैंले अवस्था अनुसार शुल्क तिर्नुपर्छ।’

तर अस्पतालहरुले भने उक्त शुल्क शिर्षकभन्दा बाहेकका शिर्षक बनाएर नै संक्रमितसँग शुल्क उठाउन थालेका छन्। नयाँ बानेश्वरस्थित शिभिल अस्पतालले त क्यान्टिमा शुरुमै रकम डिपोजिट गर्न सूचना नै निकालेको छ। यसका साथै अस्पतालले संक्रमितले अस्पताल काउन्टरमा पहिले नै रकम डिपोजिट गर्न पनि भनिसकेको छ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले पनि यसअघि सरकारले अनुदान दिएकै रकम बराबरको रकम अस्पतालहरुले संक्रमितबाट लिनु पर्ने जानकारी दिए। ‘कार्तिक २ गतेदेखि निर्णय लागू भएसँगै विपन्न तथा असाहयबाहेकका संक्रमितको उपचार गरे बापत अस्पतालहरुले अब सरकारबाट अनुदान पाउँदैनन्,’ उनले भने, ‘विपन्न, असाहय, असाहय एकल महिला, अति अपा्रगता, ७० वर्षभन्दा माथिका जेष्ठ नागरकि र अग्रपंक्तिमा खटिने बाहेकको उपचार खर्च अस्पतालले संक्रमितबाट नै उठाउनुपर्छ।’

कतै अन्यौल, कतै आफूखुशी शुल्क
सरकारले बिरामीको अवस्था अनुसार उपचारको शुल्क निर्धारण गरेपनि अस्पतालहरु अन्यौलमा देखिन्छन्। कतिपय अस्पतालहरुले सरकारले तोकेको शुल्क नै लागू गर्ने बताएपनि कतिले आफुखुशी समेत लिदै आएका छन्। 

त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा सबिन थपलियाले सरकारले तोकेको शुल्क अनुसार नै उपचार गर्ने बताए। 

वीर अस्पतालले पनि सरकारी शुल्ककै आधारमा उठाउने तयारी गरेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले भने संक्रमितको उपचार गरे बापत शुल्क लिन सुरु गरिसकेको छैन। हालसम्म भर्ना भएका संक्रमितहरुको निशुल्क उपचार गरिएको अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले बताए। 

उनले भने, ‘अहिलेसम्म यहाँ भर्ना हुने सबै संक्रमितहरुको निशुल्क उपचार भइरहेको छ। शुल्क लिन सुरु गरिसकेका छैनौं। आदेश आउने बित्तिकै सुरु हुन्छ।’ 

सिभिल अस्पतालका निर्देशक डा दीर्घराज आरसीले बिरामीको उपचारको शुल्क उनीहरुको अवस्था र उपचार अनुसार हुने बताउँछन्। 

उनले भने, ‘आइसोलेसनमा, आइसियुमा भर्ना भए बापत कति खर्च लाग्छ भनेर भन्न सकिँदैन। बिरामीको अवस्था र उपचार अनुसार खर्च हुन्छ। त्यसकारण के गर्दा कति शुल्क भनेर भन्ने सक्ने अवस्था छैन।’  

निजीमा प्याकेज अनुसारको शुल्क
सरकारले कोरोनाको उपचार शुल्क निर्धारण गरेपनि निजी अस्पतालहरुले पहिलेदेखि नै आफुखुशी शुल्क लिँदै आइरहेका छन्।

सरकारी शुल्कका आधारमा हेर्दा निजी अस्पतालमा जटिल संक्रमितको उपचारखर्च ५ गुणा महँगो पर्ने देखिन्छ। 

अस्पतालहरुले सामान्यदेखि जटिल अवस्थाका बिरामीको सामान्य वार्ड, क्याबिनमा बसाई, डिलक्स रुममा बस्ने लगायतका छुट्टाछुट्टै प्याकेज बनाएको जनाएका छन्। राजधानीका नाम चलेका पाँचवटा अस्पतालहरुको शुल्कलाई हेर्दा सामान्य लक्षण भएका संक्रमितले आइसोलेसनमा भर्ना भएर उपचार गर्दा दैनिक ७ देखि १२ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने देखिन्छ। यसमा खाजा तथा खाना खर्च थप थपिने देखिन्छ। 

छुट्टै क्याबिन तथा डिलक्स सुविधा भएका अस्पतालमा भर्ना भएका बिरामीले १५ दिनसम्म बस्दा ६ लाखसम्म तिनुपर्ने अवस्था रहेको निजी अस्पतालहरुको शुल्क हेर्दा देखिन्छ। 

सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्यो : डा समीरमणि दीक्षित
जनस्वास्थ्य विज्ञहरु स्वास्थ्य मन्त्रालयको यो निर्णय गलत भएको बताउँछन्। मन्त्रालय आफ्नो जिम्मेवारीबाट पन्छिन खाजेको र गैरजिम्मेवार निर्णय गरेको जनस्वास्थ्य विज्ञ डा समीरमणी दीक्षित बताउँछन्।

उनी भन्छन्, ‘कोरोना संक्रमणको जोखिम बढीरहेका बेला परीक्षण र उपचारको सेवा दायरा बढाउने बेला आफैं परीक्षण र उपचार गर भन्नु त जिम्मेवारीबाट पन्छिन खाजेको देखियो।’

मन्त्रालयको यस निर्णय कोरोना संक्रमणको जोखिमलाई बढावा दिने खालको भएको उनको भनाई छ। सरकारले विशेष अवस्था बाहेकका व्यक्तिको परीक्षण र उपचार नगर्ने भएपछि संक्रमण व्यापक रुपमा बढ्न सक्ने उनले बताए। 

डा दीक्षितका अनुसार मन्त्रालयले यो समयमा कोरोना बीमा रकम बढाउनुपर्ने, परीक्षण र उपचारको दायरा बढाउनुपथ्र्यो। 

उनले भने, ‘सरकारले विशेष अवस्था बाहेक पनि उपचारको आवश्यक पर्ने र आर्थिक अभाव भएकाको पनि उपचार गर्नुपथ्र्यो। दायरा खुम्च्याउने होइन बढाउँदै लानु आजको आवश्यकता हो।’

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  २०:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गर्‍यो
बाढीबाट प्रभावित नागरिकलाई २१ दिनभित्र सामान्य अवस्थामा फर्काउन सरकारःले गठन गर्यो कार्यदल
विष्णुमती नदीमा बाढीको जोखिम, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ १५, २०८३
बाढीबाट प्रभावित नागरिकलाई २१ दिनभित्र सामान्य अवस्थामा फर्काउन सरकारःले गठन गर्यो कार्यदल सोमबार, भदौ १५, २०८३
विष्णुमती नदीमा बाढीको जोखिम, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह सोमबार, भदौ १५, २०८३
भोटेकोशी बाढीपछि रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसुचारु सोमबार, भदौ १५, २०८३
भोटेकोशी बाढी : १० हजार ४५१ को उद्धार सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्