काठमाडौं- नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले आफ्नो सेवा विस्तारका क्रममा एकै पटक १२ वटा नयाँ सोरुमको उद्घाटन गरेको छ। कम्पनीले दसैँको अवसरमा घटस्थापनाको दिन यी नयाँ सोरुम संचालनमा ल्याइएको हो।
कार्तिक १ गते घटस्थापनामा काठमाडौको महालक्ष्मी स्थान, सानोभर्याङ, महाराजगञ्जसहित बनेपा, नेपालगंज, कावासोती, तुलसीपुर, फत्तेपुर, भण्डारा, त्रिशुली, उर्लाबारी र अर्घाखाचीमा नयाँ सोरुम थपिएका छन्। यी सोरुमहरु सहित अब देशभर टिभिएसका १ सय ३२ वटा सोरुम पुगेका छन्।
नयाँ सोरुम संचालनमा आएको अवसरमा कम्पनीका भाइस प्रेसिडेन्ट दिपककुमार अग्रवालले टिभिएसको थ्रीएस (सेल्स, सर्भिस, स्पेर्स पार्टस) सहितका यी नयाँ सोरुममार्फत् नेपालको सबै स्थानमा टिभिएसको प्रोडक्ट पुगेको बताए। नेपालमा हरेक वर्गलाई उपर्युक्त हुने १०० सिसीदेखि ३०० सिसी माथिका मोटरसाइकल र स्कुटरहरु ग्राहकहरुको जीवनको अभिन्न अंग बन्ने उनले विश्वास व्यक्त गरे।
अब ‘एक घर एक टिभिएस‘ मात्र होइन ‘एक व्यक्ति एक टिभिएस’ बनाउने लक्षका साथ जगदम्बा मोटर्सलाई अगाडि बढ्नमा यी नयाँ सोरुमहरुले अझ मद्दत पुर्याउने अग्रवालले बराए।
अहिले टिभिएसले अपाचे सिरिज, स्टाइकर, रेडन लगायतका मोडल बिक्री गर्दै आउको छ भने एनटर्क, ज्यूपिटर र वीगो जस्ता स्कुटर विभिन्न भेरियन्टमा बिक्री गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।