काठमाडौं- सिटिजन्स बैंकले गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत लाभांस दिने घोषणा गरेको छ। बैंकले ७.७ प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो। बैंकको ३४५ औ सञ्चालक समितिको बैठकले नगदसहित बोनस शेयरको प्रस्ताव गरेको हो।
बैंकले गत आर्थिक वर्षमा तीन प्रतिशत नगद लाभांस र १२ प्रतिशत बोनस शेयर दिएको थियो। तर बैंकले यस वर्ष चार प्रतिशत लाभांस घटाएको छ। बैंकको हालको चुक्ता पुँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयरपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ७८ करोड रुपैयाँ पुग्नेछ।
बैंकले दसैँपछि मात्रै साधारणसभा आयोजना गर्न सक्नेछन्। प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पाएपछि साधारणसभा आह्वान गर्नेछ। साधारणसभाबाट लाभांस पारित भएपछि मात्रै शेयरधनीले लाभांस पाउन सक्नेछन्।
बैंकले गत वर्ष एक अर्ब ११ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। प्रतिशेयर आम्दानी १२ रुपैयाँ रहेको छ। बैंकले गत वर्षको जगेडा कोषको पनि साथ लिएर बोनस शेयर दिने प्रस्ताव अगाडि सारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।