काठमाडौं- नेपाल इन्भेष्टमेन्ट बैंकले एकैपटक भक्तपुर र चन्द्रागिरीमा नयाँ एक्सटेन्सन काउन्टर विस्तार गरेको छ। बैंकले भक्तपुरको शुकुलधोका र चन्द्रागिरी नगरवालिकाको माच्छेगाउँमा एक्टेन्सन काउन्टरको उद्घाटन गरेको हो।
शुकुलधोका एक्सटेन्सन काउन्टरको उद्घाटन बैंकका उप महाप्रबन्धक विजेन्द्र सुवालले गरेका हुन्। त्यस्तै माच्छेवाउँको एक्सटेन्सन काउन्टरको उद्घाटन बैंकका बागमती प्रदेश प्रमुख बरुन श्रेष्ठ र वडा प्रमुख रामकृष्ण श्रेष्ठले गरेका हुन्। दुवै काउन्टरले स्थानीयको मागलाई पुरा गर्ने बैंकले जनाएको छ।
ग्राहकहरुलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले स्थानीयको मागलाई पुरा गर्ने गरी बैंकिङ सेवा प्रदान गरिने बैंकले जनाएको छ।
एनआइबिएलले ८३ शाखा १२५ एटिएम १९ एक्सटेन्सन काउन्टर १० राजस्व संकलन काउन्टर र ५६ शाखाविहीन बैंकिङ काउन्टरबाट ग्राहकलाई सहयोग पुर्याइरहेको छ। अनुकरणीय सेवा र व्यवसायका लागि बैंकलाई पाँचवटा बैंक अफ इयर अवार्ड प्राप्त भएको छ। यो बैंकलाई अन्तर्राष्ट्रिय प्रकाशन युरोपबाट बेष्ट बैंक २०१८ को लागि युरोमी पुरस्कारबाट माध्यता प्रात गरेको थियो। यसबाहेक आइसिआर नेपाल क्रेडिट रटिङ एजेन्सी नेपालले बैंकलाई ए को क्रेडिट रेटिङ दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।