काठमाडौं- एनएमबी बैंकको कार्ड प्रयोग गरी सामसङ मोबाइल खरिद गर्दा १ हजार छुट वा नगद फिर्चा पाउने भएका छन्। यस्तो अफर प्रदान गर्न आइतबार द्विपक्षीय समझदारी भएको बैंकले जानकारी दिएको छ।
समझदारी पत्रमा एनएमबि बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र सामसुङ मोबाइलको आधिकारिक बिक्रेता आइएमएसका तर्फबाट बिक्री प्रबन्धक नारायण भुषालले हस्ताक्षर गरेका छन्।
यसपालीको दशैंमा नयाँ मोबाईल खरिद गर्ने चाहना साकार होस् भन्ने उद्देश्यसाथ आइएमएसले यो अभियान सुरु गरिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।