विराटनगर- पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा ४७४ कोरोना सङ्क्रमित थपिएका छन्। तीमध्ये १ सय ४९ महिला र ३ सय २५ पुरुष छन्।
थपिएका सङ्क्रमितमा मोरङका २ सय ६५ मध्ये विराटनगरमा १ सय ५४, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा सात, सङ्खुवासभामा पाँच, भोजपुरमा दुई, धनकुटा, तेह्रथुम, पाँचथर र ओखलढुङ्गामा एकएक तथा प्रदेश बाहिरका १३ सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टाको अवधिमा १५ जनासहित अहिलेसम्ममा प्रदेशमा ५ हजार ५ सय ७५ जना निको भएर घर फर्किएका छन्। सो अवधिमा १ हजार ४ सय ६८ जनासहित अहिलेसम्ममा कुल एक लाख ४६ हजार ८५० जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।