• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

‘रेमिट्यान्स अनुत्पादक क्षेत्रमा खेर गइरहेको छ भन्न मिल्दैन’

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २, २०७७  १८:५९
1140x725

काठमाडौं– वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स  अनुत्पादक क्षेत्रमा खर्च भयो भन्न नमिल्ने सरोकारवालाहरुले बताएका छन्। हाम्रो सम्मान परियोजनाको सहयोगमा वैदेशिक रोजगार पत्रकार सामाजले आयोजना गरेको ‘विप्रेषणको उपयोग’ छलफल कार्यक्रममा हालसम्म विदेशमा रहेका श्रमिकले पठाएको विप्रेषण श्रमिकको आवश्यकताअनुसार उपयोग भइरहेको सरोकारवालाहरूले बताएका हुन्। 

कार्यक्रममा वैदेशिक रोजगार रहेका श्रमिकले देश अर्थतन्त्र, कुल गार्हस्थ्य उत्पादन र गरिबी घटाउन मुख्य भूमिका निर्वाह गरेको विज्ञको धारणा छ। 
हालसम्म विदेशबाट आप्रवाह भएको रेमिट्यान्स सबैभन्दा बढी व्यक्तिगत उपभोगमा खर्च भइरहेको विभिन्न अध्ययन देखाएको छ, जसले गर्दा रेमिट्यान्स अनुत्पादक क्षेत्रमा प्रयोग भयो भन्ने कुरा उठेको छ। 

तर नेपालबाट वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने अधिकांश श्रमिकहरु खानकै लागि समस्या भएर गएका कारण उनीहरुले खान लगाउन पुर्‍याउनु नै ठूलो कुरा भएको भन्दै जीविकोपार्जनमा रेमिट्यान्स खर्चिनुलाई अनुत्पादनक क्षेत्रमा रेमिट्यान्स खेर गयो भन्न नमिल्ने आप्रवासन विज्ञ डा गणेश गुरुङले बताए। 

‘विदेशबाट पैसा ल्याएर ठूलाठूला कलकारखाना खुल्छो भनेर युवाहरु खाडी गएका होइनन्,’ विज्ञ गुरुङ भन्छन्, ‘उनीहरुले घरमा टिनको छानो हाल्नु, खानेपानीको पाइप घरसम्म पुर्‍याउनु नै ठूलो कुरा हो। हामीले नखाई नखाई उनीहरुलाई उत्पादनशील कुरामा रेमिट्यान्स प्रयोग गर भन्ने?’

अधिकांश मलेसिया तथा खाडी मुलुकमा  श्रम गर्न जाने श्रमिकको पहिलो प्राथमिकता परिवारको आवश्यता पूरा गर्ने, दोस्रोमा विदेशमा गएको ऋण तिर्ने र तेस्रोमा जग्गाजमिन किन्ने भएकाले यसमा श्रमिकको स्तरअनुसार फरक पर्ने उनको भनाइ छ। 

‘विदेशको रेमिट्यान्सले नेपालीको गरिबी घटाउन र कुल गार्हस्थ्य उत्पादनमा ठूलो टेवा पुर्‍याउनु नै ठूलो उपलब्धि रहेको उनको भनाइ छ। त्यसले गर्दा कुनै पनि श्रमिकले पठाएको विप्रेषण सही ठाउँमा सदुपयोग नभएको भन्नु गलत हो,’ उनले भने।  

वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सले नेपालको अर्थतन्त्रलाई आधुनिकीकरणमा परिणत गरेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुणाकर भट्टले बताए। नेपालमा रेमिट्यान्सको प्राप्त गरेको लामो इतिहास नरहेता पनि  यसले  नेपालको अर्थतन्त्रलाई उकास्न ठूलो योगदान पुर्‍याएको उनको भनाइ छ। 

हाल वैदेशिक रोजगारबाट कुल गार्हस्थ्य उत्पादन २५ प्रतिशत पुगेको र गरिबी घटाएको भन्दै रेमिट्यान्सको श्रमिकको आवश्कताअनुसार सदुपयोग भइरहेको उनको बुझाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उनका अनुसार विप्रेषणले विभिन्न आयामबाट उपयोग भइरहेको छ। जसमा राष्ट्रिय बचत बढाएको, चालु खाता सन्तुलनमा राखेको, अर्थतन्त्रमा आवश्यक फाइनान्सिङ मिट गरेकोजस्ता महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ। साथै, अहिलेको बैंक तथा वित्तीय संस्थाको तरलता व्यवस्थापनको आधार नै विप्रेषण रहेको उनले उल्लेख गरे। यदि विप्रेषण कम हुन्छ भने बैंक तथा वित्तीय संस्था क्रन्च हुने उनको भनाइ छ। यसका साथै कर्जा तथा अर्थतन्त्रमा मुख्य भूमिका खेलिरहेको उनले बताए। 

‘यदि रेमिट्यान्स नभएको भए हामी कुन अवस्थामा हुन्थ्यो त्यो कल्पना पनि गर्न सक्दैनौं,’ उनले भने, ‘रेमिट्यान्सले गरिबी मात्रै नघटाएर विभिन्न निजी तथा सरकारी क्षेत्रमा ठूलो योगदान गरेको छ।’

यसैगरी, रेमिट्यान्सले गर्दा गुणस्तर  शिक्षा तथा आधुनिकीकरण तिर डोर्‍याइरहेको उनको भनाइ छ। ‘अहिले हरेक मानिससँग मोबाइल छ। उक्त मोबाइलको सहायताले विश्वको अर्थतन्त्र के भइरहेको छ भन्नेबारे घरमै बसीबसी हेर्न सक्ने भएकाले यसमा पनि रेमिट्यान्सको ठूलो योगदान रहेको छ,’ उनले भने।

रेमिट्यान्सको सदुपयोगबारे युवालाई सचेत गराउन सुझाव 
दैनिक हजारौंको संख्यामा विदेश पलायन भएता पनि उत्पादनमुलक क्षेत्रमा लगानी गर्न नसक्नुमा विदेश जानु अघि प्रस्थानमै ठूलो समस्या रहेको श्रम विज्ञ गुरूङ बताउँछन्। 

सरकारले विदेश जानु अहिनै श्रमिकलाई विभिन्न उद्योगधन्दा, बैंक तथा वित्तिय संस्थामा यसरी लगानी गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउने कार्यक्रम ल्याउने गरेमा केही मात्राले आकर्षित हुने उनको सुझाव छ। यसको लागि विदेश प्रस्थान गर्नुपर्ने निती नियम परिवर्तन गरी सुधार ल्याउनुपर्ने उनले जोड दिए।

यसैगरी, राष्ट्र बैंकका प्रवक्ता भट्टका अनुसार नेपाली श्रमिकले पूर्वाधारको विकासमा संलग्न गराई श्रमिकलाई सदुपयोग गर्न सक्ने बताए। साथै, अर्बौंको उत्पादित कृषि आयात गर्ने भएकाले कृषि क्षेत्रमा लगानी गरी रेमिट्यान्सको सदुपयोग गर्न सक्ने उनको भनाइ छ। 

यसको लागि स्थानीय तह, संघीय सरकार, बैंकिङ क्षेत्रसँग समन्वय गरेर कसरी सदुपयोग गर्न सकिन्न भन्ने बारेमा ध्यान दिनुपर्ने बताए। त्यस्तै, राष्ट्र बैंकले जारी गरेको बचतपत्रमा वैदेशिक रोजगारी लगानी आकर्षित नदेखिएपछि आगामी मंसिरदेखि सँधैको लागि खुल्ला गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको उनले बताए। 

साथै, विभिन्न देशमा रहेका श्रमिकलाई विदेशबाट पठाउको रेमिट्यान्सले पूर्वाधारमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा आपन्वत्व देखाउन  सक्नुपर्ने उनको बुझाइ छ। यसको लागि प्रादेशिक सरकारले तथा बैंकिङ क्षेत्रले लगानी गर्न सक्ने गरी वैदेशिक स्किम ल्याउनुपर्ने उल्लेख गरे। 

त्यस्तै, उद्योग, एयरलाइन्सले पनि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई लगानीसँग जोड्नको लागि छुट्टै शेयर जारी गरेमा केही लगानी बढ्ने उनको बुझाइ छ। त्यस्तै, निमार्ण क्षेत्रलाई प्रोत्साहन गरी रेमिट्यान्सको सदुपयोग गर्न सकिने उनको भनाइ छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव शुक्रबार, असोज २, २०८३
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्