• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस १, २०८२ Tue, Dec 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

‘रेमिट्यान्स अनुत्पादक क्षेत्रमा खेर गइरहेको छ भन्न मिल्दैन’

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २, २०७७  १८:५९
1140x725

काठमाडौं– वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स  अनुत्पादक क्षेत्रमा खर्च भयो भन्न नमिल्ने सरोकारवालाहरुले बताएका छन्। हाम्रो सम्मान परियोजनाको सहयोगमा वैदेशिक रोजगार पत्रकार सामाजले आयोजना गरेको ‘विप्रेषणको उपयोग’ छलफल कार्यक्रममा हालसम्म विदेशमा रहेका श्रमिकले पठाएको विप्रेषण श्रमिकको आवश्यकताअनुसार उपयोग भइरहेको सरोकारवालाहरूले बताएका हुन्। 

कार्यक्रममा वैदेशिक रोजगार रहेका श्रमिकले देश अर्थतन्त्र, कुल गार्हस्थ्य उत्पादन र गरिबी घटाउन मुख्य भूमिका निर्वाह गरेको विज्ञको धारणा छ। 
हालसम्म विदेशबाट आप्रवाह भएको रेमिट्यान्स सबैभन्दा बढी व्यक्तिगत उपभोगमा खर्च भइरहेको विभिन्न अध्ययन देखाएको छ, जसले गर्दा रेमिट्यान्स अनुत्पादक क्षेत्रमा प्रयोग भयो भन्ने कुरा उठेको छ। 

तर नेपालबाट वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने अधिकांश श्रमिकहरु खानकै लागि समस्या भएर गएका कारण उनीहरुले खान लगाउन पुर्‍याउनु नै ठूलो कुरा भएको भन्दै जीविकोपार्जनमा रेमिट्यान्स खर्चिनुलाई अनुत्पादनक क्षेत्रमा रेमिट्यान्स खेर गयो भन्न नमिल्ने आप्रवासन विज्ञ डा गणेश गुरुङले बताए। 

‘विदेशबाट पैसा ल्याएर ठूलाठूला कलकारखाना खुल्छो भनेर युवाहरु खाडी गएका होइनन्,’ विज्ञ गुरुङ भन्छन्, ‘उनीहरुले घरमा टिनको छानो हाल्नु, खानेपानीको पाइप घरसम्म पुर्‍याउनु नै ठूलो कुरा हो। हामीले नखाई नखाई उनीहरुलाई उत्पादनशील कुरामा रेमिट्यान्स प्रयोग गर भन्ने?’

अधिकांश मलेसिया तथा खाडी मुलुकमा  श्रम गर्न जाने श्रमिकको पहिलो प्राथमिकता परिवारको आवश्यता पूरा गर्ने, दोस्रोमा विदेशमा गएको ऋण तिर्ने र तेस्रोमा जग्गाजमिन किन्ने भएकाले यसमा श्रमिकको स्तरअनुसार फरक पर्ने उनको भनाइ छ। 

‘विदेशको रेमिट्यान्सले नेपालीको गरिबी घटाउन र कुल गार्हस्थ्य उत्पादनमा ठूलो टेवा पुर्‍याउनु नै ठूलो उपलब्धि रहेको उनको भनाइ छ। त्यसले गर्दा कुनै पनि श्रमिकले पठाएको विप्रेषण सही ठाउँमा सदुपयोग नभएको भन्नु गलत हो,’ उनले भने।  

वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सले नेपालको अर्थतन्त्रलाई आधुनिकीकरणमा परिणत गरेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुणाकर भट्टले बताए। नेपालमा रेमिट्यान्सको प्राप्त गरेको लामो इतिहास नरहेता पनि  यसले  नेपालको अर्थतन्त्रलाई उकास्न ठूलो योगदान पुर्‍याएको उनको भनाइ छ। 

हाल वैदेशिक रोजगारबाट कुल गार्हस्थ्य उत्पादन २५ प्रतिशत पुगेको र गरिबी घटाएको भन्दै रेमिट्यान्सको श्रमिकको आवश्कताअनुसार सदुपयोग भइरहेको उनको बुझाइ छ। 

Ncell 2
Ncell 2

उनका अनुसार विप्रेषणले विभिन्न आयामबाट उपयोग भइरहेको छ। जसमा राष्ट्रिय बचत बढाएको, चालु खाता सन्तुलनमा राखेको, अर्थतन्त्रमा आवश्यक फाइनान्सिङ मिट गरेकोजस्ता महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ। साथै, अहिलेको बैंक तथा वित्तीय संस्थाको तरलता व्यवस्थापनको आधार नै विप्रेषण रहेको उनले उल्लेख गरे। यदि विप्रेषण कम हुन्छ भने बैंक तथा वित्तीय संस्था क्रन्च हुने उनको भनाइ छ। यसका साथै कर्जा तथा अर्थतन्त्रमा मुख्य भूमिका खेलिरहेको उनले बताए। 

‘यदि रेमिट्यान्स नभएको भए हामी कुन अवस्थामा हुन्थ्यो त्यो कल्पना पनि गर्न सक्दैनौं,’ उनले भने, ‘रेमिट्यान्सले गरिबी मात्रै नघटाएर विभिन्न निजी तथा सरकारी क्षेत्रमा ठूलो योगदान गरेको छ।’

यसैगरी, रेमिट्यान्सले गर्दा गुणस्तर  शिक्षा तथा आधुनिकीकरण तिर डोर्‍याइरहेको उनको भनाइ छ। ‘अहिले हरेक मानिससँग मोबाइल छ। उक्त मोबाइलको सहायताले विश्वको अर्थतन्त्र के भइरहेको छ भन्नेबारे घरमै बसीबसी हेर्न सक्ने भएकाले यसमा पनि रेमिट्यान्सको ठूलो योगदान रहेको छ,’ उनले भने।

रेमिट्यान्सको सदुपयोगबारे युवालाई सचेत गराउन सुझाव 
दैनिक हजारौंको संख्यामा विदेश पलायन भएता पनि उत्पादनमुलक क्षेत्रमा लगानी गर्न नसक्नुमा विदेश जानु अघि प्रस्थानमै ठूलो समस्या रहेको श्रम विज्ञ गुरूङ बताउँछन्। 

सरकारले विदेश जानु अहिनै श्रमिकलाई विभिन्न उद्योगधन्दा, बैंक तथा वित्तिय संस्थामा यसरी लगानी गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउने कार्यक्रम ल्याउने गरेमा केही मात्राले आकर्षित हुने उनको सुझाव छ। यसको लागि विदेश प्रस्थान गर्नुपर्ने निती नियम परिवर्तन गरी सुधार ल्याउनुपर्ने उनले जोड दिए।

यसैगरी, राष्ट्र बैंकका प्रवक्ता भट्टका अनुसार नेपाली श्रमिकले पूर्वाधारको विकासमा संलग्न गराई श्रमिकलाई सदुपयोग गर्न सक्ने बताए। साथै, अर्बौंको उत्पादित कृषि आयात गर्ने भएकाले कृषि क्षेत्रमा लगानी गरी रेमिट्यान्सको सदुपयोग गर्न सक्ने उनको भनाइ छ। 

यसको लागि स्थानीय तह, संघीय सरकार, बैंकिङ क्षेत्रसँग समन्वय गरेर कसरी सदुपयोग गर्न सकिन्न भन्ने बारेमा ध्यान दिनुपर्ने बताए। त्यस्तै, राष्ट्र बैंकले जारी गरेको बचतपत्रमा वैदेशिक रोजगारी लगानी आकर्षित नदेखिएपछि आगामी मंसिरदेखि सँधैको लागि खुल्ला गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको उनले बताए। 

साथै, विभिन्न देशमा रहेका श्रमिकलाई विदेशबाट पठाउको रेमिट्यान्सले पूर्वाधारमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा आपन्वत्व देखाउन  सक्नुपर्ने उनको बुझाइ छ। यसको लागि प्रादेशिक सरकारले तथा बैंकिङ क्षेत्रले लगानी गर्न सक्ने गरी वैदेशिक स्किम ल्याउनुपर्ने उल्लेख गरे। 

त्यस्तै, उद्योग, एयरलाइन्सले पनि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई लगानीसँग जोड्नको लागि छुट्टै शेयर जारी गरेमा केही लगानी बढ्ने उनको बुझाइ छ। त्यस्तै, निमार्ण क्षेत्रलाई प्रोत्साहन गरी रेमिट्यान्सको सदुपयोग गर्न सकिने उनको भनाइ छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब शुक्रकिटदाताको शरीरमा भेटियो क्यान्सर गराउने जीन...
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सक्कल फाइल अख्तियारबाट मगाउने आदेश
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता समय सकियो
सम्बन्धित सामग्री
कोरियामा ई–७ भिसामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि कार्यान्वयनमा रोक दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत अदक्ष श्रमिक पठाउँदै आएको छ । त्यसबाहेक म्यानपावर कम्पनीमार्फत ई–७ भिसाअन्तर्गत... मंगलबार, भदौ ३१, २०८२
पछिल्लो एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका ११८० जना बाकसमा फर्किए बिहीबार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । उनले गत आवमा अघिल्लो वर्षको... बिहीबार, साउन १५, २०८२
श्रमिकको न्यूनतम ज्याला २२५० बढाउनुपर्ने, १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस श्रम ऐन, २०७४ को दफा १०७ अनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्युन्तम पारिश्रमिक पुनः निर्धारण गर्नुपर्ने व्यवस्था छ । यसअघि श्रमिकक... बिहीबार, साउन १, २०८२
ताजा समाचारसबै
जब शुक्रकिटदाताको शरीरमा भेटियो क्यान्सर गराउने जीन... सोमबार, मंसिर २९, २०८२
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सक्कल फाइल अख्तियारबाट मगाउने आदेश सोमबार, मंसिर २९, २०८२
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता समय सकियो सोमबार, मंसिर २९, २०८२
सरकारले बनायो उच्चस्तरीय राजनीतिक संवाद समिति सोमबार, मंसिर २९, २०८२
एसीसी यू-१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार, बंगलादेशसँग सात विकेटले पराजित सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्