काठमाडौं- निसान मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निसानको विद्युतीय कार लिफ ल्याउने भएको छ। विद्युतीय सवारीमा यो वर्षको बजेटपछि बढेको करका कारण सार्वजनिक हुन सकेको थिएन।
तर सरकारले अघिल्लो महिना निजी प्रयोजनका विद्युतीय कार कायम रहेको अन्तःशुल्क दरबन्दीमा ८० प्रतिशतसम्म छुट दिने निर्णय गरेसँगै कम्पनीले लिफ सार्वजनिक गर्ने भएको हो। कम्पनीले ‘लिफ’ विद्युतीय कार २०२१ साल अप्रिलमा सार्वजनिक गर्ने भएको छ।
निसान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ विद्युतीय गाडी हो र यो गाडी विश्वको विद्युतीय कार बजारमा माकेट लिडर भएको दाबी कम्पनीको छ। निसान लिफ निसानको विद्युतीय गाडीहरुमा सबैभन्दा उन्नत कार हो। निसान लिफ संसारभर २ लाख ५० हजारभन्दा बढी बिक्री भइसकेको छ। यस कारणले पनि निसान लिफ आम सर्वसाधारणहरुको सहज पहुचमा पुग्ने पहिलो विद्युतीय सवारी बन्न पुगेको छ।
पहिलो निसान लिफ २०१० को डिसेम्बरमा जापानमा लन्च भएको थियो। उन्नत विशेषताहरु र उत्कृष्ट लुक भएको निसान लिफ विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने सवारी को रुपमा परिचित छ। अधिक हर्शपावार र टर्क सहित आउने निसानमा उन्नत टेक्नोलोजी र विशेषहरु छन्। ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने यस गाडीमा अत्याधुनिक ई–पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ। ई–पेडलमा एक्सलेरेटर पेडल छोड्ना साथ गाडीको गति आफैँ कम हुँदै जाने हुनाले एउटै पेडलले ड्राइभिङ गर्न सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।