काठमाडौं– भिभोले भि सिरिजअन्तर्गत नयाँ भिभो भि २० नेपाली बजारमा ल्याएको छ।
भि २० मा रहेको ४४ एमपी आई अटोफोकस क्यामेरा र उत्कृष्ट सेल्फीका लागि निकै उपयुक्त रहेको कम्पनीले जनाएको छ।
यो फोन स्लिम र लाइटवेटसमेत रहेको कम्पनीले जनाएको छ। जसमा ७ दशमलव ३८ एमएम अल्ट्रा स्लिक एजी ग्लास रहेको छ । जसले प्रयोगकर्ताहरुको द्रूत गति, जीवनशैलीलाई सहजता दिलाउँछ।
उक्त स्मार्टफोनमा ६४ एमपी क्यामेराको साथमा सुपर नाइट मोड रहेको छ, जसले निकै जुम गरिउको अवस्थामा पनि स्पष्ट र गुणस्तरीय तस्बिर लिन सकिने कम्पनीले जनाएको छ। यसको ३३ डब्ल्यू फ्लास चार्ज क्षमता रहेको छ। जसले भि २० लाई दिनभरी प्रयोग गर्न सजिलो बनाउँछ।
भि २० को अत्याधुनिक क्यामेरामा उत्कृष्ट अटो–फोकस क्षमता रहेको छ‚ जुन सेल्फी प्रेमीहरुका लागि निकै आकर्षक बन्न सक्छ।
भि २० आफ्नो नजिकको मोबाइल पसलबाट पाउन सकिने कम्पनीले बताएको छ। यसको मूल्य ४७ हजार ९ सय ९० रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।