काठमाडौं–उपत्यकामा रहेका सबै यातायात कार्यालयहरु बन्द भएका भएका छन्। कर्मचारीमा कोरोना संक्रमण देखिएको र अत्यधिक भीड भएको भन्दै कार्यालयबाट प्रवाह गरिने सेवा बन्द गरेका हुन्। उपत्यकामा रहेका ३ वटा लाइसेन्स कार्यालय, २ वटा सेवा कार्यालय बन्द भइसकेको र सतुंगलको मोटरसाइकल कार्यालय र एकान्तकुनाको साना÷ठूला सवारी कार्यालय सोमबारदेखि बन्द हुँदै छन्।
चाबहिलमा रहेको लाइसेन्स कार्यालयबाहेक सोमबारदेखि सबै कार्यालय बन्द हुने छन्। कोरोना संक्रमण बढेको र कर्मचारीमै संक्रमण देखिएकाले सेवा प्रवाह गर्न नसक्ने भएर बन्द गर्नु परेको कार्यालयहरुले जारी गरेको सूचनामा उल्लेख छ। विगतका वर्षहरुमा फुलपातीको अघिल्लो दिनमात्र यातायात कार्यालयहरु बन्द हुन्थे।
तर यो वर्ष कोरोना संक्रमण बढेकाले कार्यालयहरुले एक साताअघि देखि नै कार्यालय बन्द गरेका हुन्। मोटरसाइकल कार्यालयका ५ कर्मचारीलाई कोरोना देखिएपछि सोमबारदेखि बन्द हुने भएको छ। कार्यालयले आइतबार सूचना जारी गर्दै कात्तिक ३ (सोमबार) देखि मोटरसाइकल कार्यालयका सबै सेवा बन्द हुने भएको हो।
उपत्यकामा रहेका सेवा कार्यालयहरु बन्द भएकाले मोटरसाइकल कार्यालयमा नै भीड बढेको र ५ कर्मचारीलाई कोरोना देखिएपछि कार्यालय बन्द गर्नुपर्ने अवस्था आएको सूचनामा उल्लेख छ। सोमबारदेखि बन्द भएको कार्यालय अब दसैंपछिमात्र खुल्ने देखिन्छ।
त्यस्तै ललितपुरको एकान्तकुनामा रहेको साना ठूला सवारी कार्यालयले पनि सोमबारदेखि नै कार्यालयका सबै सेवा बन्द हुने सूचना जारी गरेको छ। कार्यालयले आइतबार जारी गरेको सूचनामा कात्तिक ३ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि प्रत्यक्ष जनसम्पर्कमा रही प्रदान गर्नुपर्ने सेवाहरु स्थगित गरेको जनाएको छ। एकान्तकुना, जगाती र ठूलो भ¥याङमा रहेका लाइसेन्स कार्यालय, भक्तपुरको सल्लाघारी र ठूलो भ¥याङमा रहेको सेवा कार्यालय भने अघिल्लो सातादेखि नै बन्द भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।