काठमाडौं-५ कर्मचारीलाई कोरोना देखिएपछि यातायात व्यवस्था कार्यालय मोटरसाइकल सतुंगल सोमबारदेखि बन्द हुने भएको छ।
कार्यालयले आइतबार सूचना जारी गर्दै कात्तिक ३ (सोमबार) देखि मोटरसाइकल कार्यालयका सबै सेवा बन्द हुने जनाएकाे हो।
उपत्यकामा रहेका सेवा कार्यालयहरु बन्द भएकाले मोटरसाइकल कार्यालयमा नै भीड बढेको र ५ कर्मचारीलाई कोरोना देखिएपछि कार्यालय बन्द गर्नुपर्ने अवस्था आएको सूचनामा उल्लेख छ। सोमबारदेखि बन्द भएको कार्यालय अब दसैंपछिमात्र खुल्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।