• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

के हो थाइराइड परीक्षण, कसले गराउने?

डा केयूर गौतम, अध्यक्ष सम्यक डायग्नोस्टिक आइतबार, कात्तिक २, २०७७  १२:१२
1140x725

शरीरमा थाइराइडको समस्या भए नभएको पत्ता लगाउन प्रयोगशालामा गएर जाँच गरिने प्रक्रियालाई थाइराइड परीक्षण भनिन्छ । विगत केही समययता मानिसहरु थाइराइडको समस्या परीक्षण गर्न प्रयोगशालामा आउने क्रम बढ्दै गइरहेको छ । समयमै आवश्यक परीक्षण गरेर सतर्कता अपनाउनु वा उपचार प्रक्रियामा जानु राम्रो कुरा हो । तर, यसको मतलव थाइराइडको जाँच जतिबेला पनि गरिरहनुपर्छ भन्ने होइन । रक्तचाप, सुगरको जाँच जस्तो थाइराइडको जाँच नियमित गर्नु पर्दैन। यो ‘रुटिन’ चेकअप अन्तर्गत पनि पर्दैन। 

थाइराइडको जाँच गर्ने भनेको शरीरमा लक्षण देखिएपछि मात्र हो । तर, अमेरिकास्थित थाइराइड एसोसिएसनका अनुसार सामान्यतया कुनै पनि लक्षण नदेखीएका ३५ वर्ष मुनिका मानिसले पाँच वर्षमा एक पटक थाइराइड परीक्षण गराउनु पर्छ।

३५ वर्ष भन्दा माथिकाले भने वर्षमा एक पटक थाइराइडको जाँच गर्नुपर्ने हुन्छ भन्ने पनि एसोसिएसनले भनेको छ । जाँचका क्रममा थाइराइडको समस्या देखिएको छ भने हरेक ३ तथा ६ महिनामा जाँच गर्नुपर्ने हुन्छ। 

थाइराइडको समस्या जुनसुकै उमेरमा पनि देखिन सक्छ । तर, ३५ वर्षभन्दा कम उमेरका मानिसहरुमा लक्षण देखिएको छैन र एक पटकको जाँचका क्रममा थाइराइडको समस्या देखियो भने पुन अर्को जाँच नगरी औषधि दिइहाल्नु हुँदैन ।

यहाँ त एक पटकको परीक्षणमा थाइराइड देखियो भने तुरुन्तै औषधि दिने चलन छ। यस्तो अवस्थामा उक्त मानिसको ३ देखि ६ महिनामा पुन अर्को परीक्षण गरेर हेर्नु पर्ने हुन्छ । तर, धेरै नै तलमाथि भयो भने चाँही औषधि चलाउनु पर्ने हुन्छ।

थाइराइडको समस्या पत्ता लगाउन के के परीक्षण गरिन्छ?
सामान्य रुपमा भन्नुपर्दा थाइराइड एउटा ग्रन्थी हो । थाइराइडको समस्या हुनु भनेको यसबाट उत्पादन हुने हर्मोनमा घटबढ हुनु हो । थाइराइड ग्रन्थीबाट उत्पादन हुने ‘टि थ्री’ र ‘टि फोर’ हर्मोन बढ्ने/घट्ने कारणले थाइराइडको समस्या आउँछ । कहिलेकाहीँ तनाव, माइग्रेन, परीक्षण समय, महिनावारीजस्ता कारणले पनि थाइराइड हर्मोनमा तलमाथि हुन सक्छ।

यस्तो समयमा परीक्षण गर्दा आएको रिपोर्टका आधारमा नै औषधि चलाइहाल्नु हुँदैन । त्यसकारण थाइराइड परीक्षणबाट आएको रिपोर्ट हेरेपछि चिकित्सकले बिरामीबारे थप बुझ्न जरुरी हुन्छ । अमेरिकन थाइराइड एसोसिएसनले लक्षण नदेखिएका व्यक्तिमा एकपटकमा थाइराइडको समस्या देखियो भने ३ देखि ६ महिना ‘पर्ख र हेर’ भनेको छ।

थाइराइडबाट हर्मोनको उत्पादन घटेको वा बढेको छ की छैन भनेर पत्ता लगाउन टिएसएच अर्थात थाइराइड स्टिमुलेटिङ हर्मोनको जाँच गर्नुपर्छ । जाँचका क्रममा टिएसएच बढ्यो÷घट्यो भने मात्र पुरै थाइराइडले काम गरेको छ की छैन भनेर ‘टि थ्री’ र ‘टि फोर’ को र टिएसएच जाँच गर्नु पर्ने हुन्छ। ‘टि थ्री’ र ‘टि फोर’ लाई थाइराइडले शरीरभित्र हरेक अंगहरुमा फैलाउने काम गर्छ । यो प्रक्रियामा थपघट भयो अरु अंगहरुको काममा पनि असर पुर्‍याउछ।

Ncell 2
Ncell 2
nimb
nimb

टिएसएच घटबढ हुँदैमा ‘टि थ्री’ र ‘टि फोर’ पनि घट्बढ हुनैपर्छ भन्ने हुँदैन । त्यसकारण लक्षणका आधारमा जाँच गर्न सकिन्छ । जाँचका क्रममा टिएचएसमा समस्या देखियो भने मात्र ‘टि थ्री’ र ‘टि फोर’को पनि जाँच गर्न सुझाब दिइन्।

थाइराइडको समस्यामा कस्ता लक्षण देखिन्छन् ?
हर्मोनको उत्पादन बढी हुने समस्यालाई हाइपर थाइराडिज्म भनिन्छ । यो अवस्थामा मुटुको चाल बढेको जस्तो हुने, पसिना धेरै आउने, डर लागेको जस्तो हुने, दुब्लाउँदै जाने, ट्वाइलेट लागिरहने लक्षण देखिन्छ । हाइपो थाइराडिज्म भनेको हर्मोनको उत्पादन कम हुने हो । यो समयमा तौल बढ्ने, कपाल झर्ने, आलस्य हुने, कुनैबेला खुट्टा र जिउ कटकट खाने, कब्जियत हुने लक्षण हुन्छ।

पहिलाका तुलनमा अहिले थाइराइड बढ्दो रुपमा देखिनुको कारण ?
अहिले मानिसहरुमा धेरै चेतना आइसकेको छ । यही कारण स्वास्थ्य परीक्षण गराउन आउनेको क्रम बढ्दै गएकाले धेरै बिरामी देखिएको हो । परीक्षणको दायरामा आउनेको संख्या बढी भएकाले धेरै बिरामी देखिएको हुनसक्छ । सन् १९६० तिरको समयमा आरआइए (रेडियो इम्युनोयासी) भन्ने प्रविधिले थाइराइड समस्याको जाँच गरिन्थ्यो । सन् १९८० तिर आएर इम्युनोयासी प्रविधिबाट जाँच हुनथाल्यो।

पहिला पहिला यो प्रविधि प्रयोग गर्न गाह्रो भएका कारणले महिनाको एक दिन जाँच गरिन्थ्यो त्यसैले पनि यसको परीक्षण महंगो थियो जाँच गर्ने ठाउँ पनि थिएनन् । गर्नै प¥यो भने पनि महंगो त्यसमाथि त्यसको रिर्जल्ट आउने केही दिन लाग्थ्यो । तर इम्युनोयासी आएपछि हरेक अस्पतालहरुमा यो सेवा उपलब्थ छ । आफुलाई मनलागेको समयमा जहाँ पनि गर्न सकिन्छ । त्यहि कारणले पनि थाइराइडका बिरामी बढ्एको जस्तो देखीएको हो। 

Xtrem

Xtrem

ल्याब परीक्षणका क्रममा कसरी छुट्टाछुट्टै रिपोर्ट आउँछ? 
मानिसको दैनिक क्रियाकलाप, उसमा भएका शरीरका अन्य रोग तथा समस्या, समय, तनाव तथा ल्याबकै अवस्थाका कारण पनि रिपोर्टमा फरकपन आउन सक्छ। यसको समाधानको उपाय भनेको गुणस्तरीय चिन्ह प्राप्त र दक्ष जनशक्ति भएको प्रयोगशालामा जाँच गर्नु नै हो।

यस्ता प्रयोगशालाले जाँचका लागि आएका व्यक्तिको विगतको ‘हिस्ट्री’का विषयमा जानकारी लिएर जाँच गर्छन । बिरामीलाई उपयुक्त परामर्श समेत दिन्छन् । सरकारले पनि प्रयोगशालाको गुणस्तर र जनशक्तिका विषयमा जाँच गर्नुपर्ने हुन्छ । अनुगमन गर्ने निकाय बलियो नभएसम्म ल्याबको रिपोर्टमा निकै ठूलो अन्तर आउने समस्या दोहोरिरहन्

के हो थाइराइड परीक्षण ?
शरीरमा थाइराइडको समस्या भए नभएको पत्ता लगाउन प्रयोगशालामा गएर जाँच गरिने प्रक्रियालाई थाइराइड परीक्षण भनिन्छ । विगत केही समययता मानिसहरु थाइराइडको समस्या परीक्षण गर्न प्रयोगशालामा आउने क्रम बढ्दै गइरहेको छ । समयमै आवश्यक परीक्षण गरेर सतर्कता अपनाउनु वा उपचार प्रक्रियामा जानु राम्रो कुरा हो । तर, यसको मतलव थाइराइडको जाँच जतिबेला पनि गरिरहनुपर्छ भन्ने होइन । रक्तचाप, सुगरको जाँच जस्तो थाइराइडको जाँच नियमित गर्नु पर्दैन । यो ‘रुटिन’ चेकअप अन्तर्गत पनि पर्दैन। 

थाइराइडको जाँच गर्ने भनेको शरीरमा लक्षण देखिएपछि मात्र हो । तर, अमेरिकास्थित थाइराइड एसोसिएसनका अनुसार सामान्यतया कुनै पनि लक्षण नदेखीएका ३५ वर्ष मुनिका मानिसले पाँच वर्षमा एक पटक थाइराइड परीक्षण गराउनु पर्छ । ३५ वर्ष भन्दा माथिकाले भने वर्षमा एक पटक थाइराइडको जाँच गर्नुपर्ने हुन्छ भन्ने पनि एसोसिएसनले भनेको छ । जाँचका क्रममा थाइराइडको समस्या देखिएको छ भने हरेक ३ तथा ६ महिनामा जाँच गर्नुपर्ने हुन्छ। 

थाइराइडको समस्या जुनसुकै उमेरमा पनि देखिन सक्छ । तर, ३५ वर्षभन्दा कम उमेरका मानिसहरुमा लक्षण देखिएको छैन र एक पटकको जाँचका क्रममा थाइराइडको समस्या देखियो भने पुन अर्को जाँच नगरी औषधि दिइहाल्नु हुँदैन । यहाँ त एक पटकको परीक्षणमा थाइराइड देखियो भने तुरुन्तै औषधि दिने चलन छ । यस्तो अवस्थामा उक्त मानिसको ३ देखि ६ महिनामा पुन अर्को परीक्षण गरेर हेर्नु पर्ने हुन्छ । तर, धेरै नै तलमाथि भयो भने चाँही औषधि चलाउनु पर्ने हुन्छ।

थाइराइडको समस्या पत्ता लगाउन के के परीक्षण गरिन्छ ?
सामान्य रुपमा भन्नुपर्दा थाइराइड एउटा ग्रन्थी हो । थाइराइडको समस्या हुनु भनेको यसबाट उत्पादन हुने हर्मोनमा घटबढ हुनु हो । थाइराइड ग्रन्थीबाट उत्पादन हुने ‘टि थ्री’ र ‘टि फोर’ हर्मोन बढ्ने/घट्ने कारणले थाइराइडको समस्या आउँछ । कहिलेकाहीँ तनाव, माइग्रेन, परीक्षण समय, महिनावारीजस्ता कारणले पनि थाइराइड हर्मोनमा तलमाथि हुन सक्छ । यस्तो समयमा परीक्षण गर्दा आएको रिपोर्टका आधारमा नै औषधि चलाइहाल्नु हुँदैन । त्यसकारण थाइराइड परीक्षणबाट आएको रिपोर्ट हेरेपछि चिकित्सकले बिरामीबारे थप बुझ्न जरुरी हुन्छ । अमेरिकन थाइराइड एसोसिएसनले लक्षण नदेखिएका व्यक्तिमा एकपटकमा थाइराइडको समस्या देखियो भने ३ देखि ६ महिना ‘पर्ख र हेर’ भनेको छ।

थाइराइडबाट हर्मोनको उत्पादन घटेको वा बढेको छ की छैन भनेर पत्ता लगाउन टिएसएच अर्थात थाइराइड स्टिमुलेटिङ हर्मोनको जाँच गर्नुपर्छ । जाँचका क्रममा टिएसएच बढ्यो÷घट्यो भने मात्र पुरै थाइराइडले काम गरेको छ की छैन भनेर ‘टि थ्री’ र ‘टि फोर’ को र टिएसएच जाँच गर्नु पर्ने हुन्छ । ‘टि थ्री’ र ‘टि फोर’ लाई थाइराइडले शरीरभित्र हरेक अंगहरुमा फैलाउने काम गर्छ । यो प्रक्रियामा थपघट भयो अरु अंगहरुको काममा पनि असर पुर्‍याउछ।

टिएसएच घटबढ हुँदैमा ‘टि थ्री’ र ‘टि फोर’ पनि घट्बढ हुनैपर्छ भन्ने हुँदैन । त्यसकारण लक्षणका आधारमा जाँच गर्न सकिन्छ । जाँचका क्रममा टिएचएसमा समस्या देखियो भने मात्र ‘टि थ्री’ र ‘टि फोर’को पनि जाँच गर्न सुझाब दिइन्।

थाइराइडको समस्यामा कस्ता लक्षण देखिन्छन् ?
हर्मोनको उत्पादन बढी हुने समस्यालाई हाइपर थाइराडिज्म भनिन्छ । यो अवस्थामा मुटुको चाल बढेको जस्तो हुने, पसिना धेरै आउने, डर लागेको जस्तो हुने, दुब्लाउँदै जाने, ट्वाइलेट लागिरहने लक्षण देखिन्छ । हाइपो थाइराडिज्म भनेको हर्मोनको उत्पादन कम हुने हो । यो समयमा तौल बढ्ने, कपाल झर्ने, आलस्य हुने, कुनैबेला खुट्टा र जिउ कटकट खाने, कब्जियत हुने लक्षण हुन्छ ।

पहिलाका तुलनमा अहिले थाइराइड बढ्दो रुपमा देखिनुको कारण ?
अहिले मानिसहरुमा धेरै चेतना आइसकेको छ । यही कारण स्वास्थ्य परीक्षण गराउन आउनेको क्रम बढ्दै गएकाले धेरै बिरामी देखिएको हो । परीक्षणको दायरामा आउनेको संख्या बढी भएकाले धेरै बिरामी देखिएको हुनसक्छ । सन् १९६० तिरको समयमा आरआइए (रेडियो इम्युनोयासी) भन्ने प्रविधिले थाइराइड समस्याको जाँच गरिन्थ्यो । सन् १९८० तिर आएर इम्युनोयासी प्रविधिबाट जाँच हुनथाल्यो । पहिला पहिला यो प्रविधि प्रयोग गर्न गाह्रो भएका कारणले महिनाको एक दिन जाँच गरिन्थ्यो त्यसैले पनि यसको परीक्षण महंगो थियो जाँच गर्ने ठाउँ पनि थिएनन् । गर्नै प¥यो भने पनि महंगो त्यसमाथि त्यसको रिर्जल्ट आउने केही दिन लाग्थ्यो । तर इम्युनोयासी आएपछि हरेक अस्पतालहरुमा यो सेवा उपलब्थ छ । आफुलाई मनलागेको समयमा जहाँ पनि गर्न सकिन्छ । त्यहि कारणले पनि थाइराइडका बिरामी बढ्एको जस्तो देखीएको हो । 

ल्याब परीक्षणका क्रममा कसरी छुट्टाछुट्टै रिपोर्ट आउँछ? 
मानिसको दैनिक क्रियाकलाप, उसमा भएका शरीरका अन्य रोग तथा समस्या, समय, तनाव तथा ल्याबकै अवस्थाका कारण पनि रिपोर्टमा फरकपन आउन सक्छ। यसको समाधानको उपाय भनेको गुणस्तरीय चिन्ह प्राप्त र दक्ष जनशक्ति भएको प्रयोगशालामा जाँच गर्नु नै हो । यस्ता प्रयोगशालाले जाँचका लागि आएका व्यक्तिको विगतको ‘हिस्ट्री’का विषयमा जानकारी लिएर जाँच गर्छन । बिरामीलाई उपयुक्त परामर्श समेत दिन्छन्।

सरकारले पनि प्रयोगशालाको गुणस्तर र जनशक्तिका विषयमा जाँच गर्नुपर्ने हुन्छ । अनुगमन गर्ने निकाय बलियो नभएसम्म ल्याबको रिपोर्टमा निकै ठूलो अन्तर आउने समस्या दोहोरिरहन्छ।

चिकित्सकले अध्ययन गर्ने किताबहरुमा थाइराइडको परीक्षण जुनसुकै समयमा गर्दा हुन्छ भन्ने उल्लेख गरिएको हुन्छ । व्यावहारिक रुपमा हेर्दा बिहानको समयमा परीक्षण गर्नु सबैभन्दा राम्रो पाइएको छ। बिहान, दिउँसो, साँझ र राति परीक्षण गर्दा रिपोर्टमा तलमाथि हुने समस्या हुन्छ।

त्यसकारण थाइराइडको परीक्षणलाई हामीले बिहान गर्न सुरु गरेका छौँ । एकपटक हामीकहाँ एक जनाको दिउँसो थाइराइड परीक्षण गरिएको थियो । परीक्षणका क्रममा थाइराइडको सामान्य मात्रा भन्दा तीन गुणा बढी देखियो । दुई दिनपछि पुनः बिहान गर्दा रिपोर्ट सामान्य नै छ। पछि हामीले उनको विषयमा थप बुझ्दा दुई दिनअघि जाँच गराउन आउँदा उनको माइग्रेनले टाउको असाध्यै दुखेको रहेछ।

माइग्रेनकै कारण उनको थाइराइडको मात्रा तीन गुणासम्म बढी भएको रहेछ । अरु लक्षण नदेखिएका कारण उनलाई पुनः परीक्षण गर्न भनिएको थियो । फलस्वरुप पछिल्लो परीक्षणमा उनमा थाइराइडको समस्या देखिएन।

यस्तै २२ वर्षकी एक युवतीको परीक्षणका क्रममा उनको रिपोर्टमा थाइराइडको समस्या देखियो । तर, उनलाई पनि कुनै लक्षण देखिएको थिएन । उनको रिपोर्ट अनुसार केही लक्षण देखा परिसकेको हुनुपथ्र्यो यसकारण हामीले उनको पनि पुनः परीक्षण गर्ने निर्णय लियौँ।

पछिल्लो परीक्षणमा उनको रिपोर्ट पनि सामान्य आयो । हामीले उनको विषयमा पनि थप जानकारी माग्यौँ । अघिल्लो पटक जचाउन आउँदा उनी तीन चार दिनदेखि राति राम्रोसँग सुतेकी नै रहिनछन् । परीक्षाका कारण रातभरि पढ्ने र ननिदाउँदा बढेको मानसिक तनावका कारण उनको थाइराइड ह्वात्तै बढेको रहेछ । तर, दुई तीन दिनपछि गरिएको परीक्षणमा उनको रिपोर्ट सामान्य आयो। 

यसैगरी, महिनावारी भएको समयमा परीक्षण गर्दा पनि रिपोर्ट तलमाथि हुन सक्छ । पिसाबमा प्रोटिन जाने समस्या भएका, स्टेरोइडका औषधि लिएकाका, आइसियु र सिसियुमा भर्ना भएका बिरामीको रिपोर्टमा पनि थाइराइड घटबढ हुन सक्छ।

त्यसकारण परीक्षणका क्रममा समस्या देखियो भने बिरामीको ‘हिस्ट्री’ लिने र लक्षण नदेखिएकाहरुलाई पुनः परीक्षण गर्न सुझाउनुपर्छ । हामीकहाँ ल्याब, उपचारमा संलग्न डाक्टर र बिरामीबीच ‘कम्युनिकेसन ग्याप’ छ । जसका कारण आवश्यक सूचना आदानप्रदान नहुँदा कतिपय थाइराइडको समस्या नभएकाहरुले पनि औषधि खानुपरिरहेको छ । त्यसैले थाइराइडसँगै अन्य स्वास्थ्य परीक्षण गर्दा खानपान, आफ्नो स्थिति, समय र वातावरणमा ध्यान दिनुपर्ने हुन्छ।

चिकित्सकले अध्ययन गर्ने किताबहरुमा थाइराइडको परीक्षण जुनसुकै समयमा गर्दा हुन्छ भन्ने उल्लेख गरिएको हुन्छ । व्यावहारिक रुपमा हेर्दा बिहानको समयमा परीक्षण गर्नु सबैभन्दा राम्रो पाइएको छ। बिहान, दिउँसो, साँझ र राति परीक्षण गर्दा रिपोर्टमा तलमाथि हुने समस्या हुन्छ।

त्यसकारण थाइराइडको परीक्षणलाई हामीले बिहान गर्न सुरु गरेका छौँ । एकपटक हामीकहाँ एक जनाको दिउँसो थाइराइड परीक्षण गरिएको थियो । परीक्षणका क्रममा थाइराइडको सामान्य मात्रा भन्दा तीन गुणा बढी देखियो । दुई दिनपछि पुनः बिहान गर्दा रिपोर्ट सामान्य नै छ । पछि हामीले उनको विषयमा थप बुझ्दा दुई दिनअघि जाँच गराउन आउँदा उनको माइग्रेनले टाउको असाध्यै दुखेको रहेछ।

माइग्रेनकै कारण उनको थाइराइडको मात्रा तीन गुणासम्म बढी भएको रहेछ । अरु लक्षण नदेखिएका कारण उनलाई पुनः परीक्षण गर्न भनिएको थियो । फलस्वरुप पछिल्लो परीक्षणमा उनमा थाइराइडको समस्या देखिएन।

यस्तै २२ वर्षकी एक युवतीको परीक्षणका क्रममा उनको रिपोर्टमा थाइराइडको समस्या देखियो । तर, उनलाई पनि कुनै लक्षण देखिएको थिएन । उनको रिपोर्ट अनुसार केही लक्षण देखा परिसकेको हुनुपथ्र्यो यसकारण हामीले उनको पनि पुनः परीक्षण गर्ने निर्णय लियौँ । पछिल्लो परीक्षणमा उनको रिपोर्ट पनि सामान्य आयो । हामीले उनको विषयमा पनि थप जानकारी माग्यौँ।

अघिल्लो पटक जचाउन आउँदा उनी तीन चार दिनदेखि राति राम्रोसँग सुतेकी नै रहिनछन् । परीक्षाका कारण रातभरि पढ्ने र ननिदाउँदा बढेको मानसिक तनावका कारण उनको थाइराइड ह्वात्तै बढेको रहेछ । तर, दुई तीन दिनपछि गरिएको परीक्षणमा उनको रिपोर्ट सामान्य आयो। 

यसैगरी, महिनावारी भएको समयमा परीक्षण गर्दा पनि रिपोर्ट तलमाथि हुन सक्छ । पिसाबमा प्रोटिन जाने समस्या भएका, स्टेरोइडका औषधि लिएकाका, आइसियु र सिसियुमा भर्ना भएका बिरामीको रिपोर्टमा पनि थाइराइड घटबढ हुन सक्छ।

त्यसकारण परीक्षणका क्रममा समस्या देखियो भने बिरामीको ‘हिस्ट्री’ लिने र लक्षण नदेखिएकाहरुलाई पुनः परीक्षण गर्न सुझाउनुपर्छ । हामीकहाँ ल्याब, उपचारमा संलग्न डाक्टर र बिरामीबीच ‘कम्युनिकेसन ग्याप’ छ । जसका कारण आवश्यक सूचना आदानप्रदान नहुँदा कतिपय थाइराइडको समस्या नभएकाहरुले पनि औषधि खानुपरिरहेको छ । त्यसैले थाइराइडसँगै अन्य स्वास्थ्य परीक्षण गर्दा खानपान, आफ्नो स्थिति, समय र वातावरणमा ध्यान दिनुपर्ने हुन्छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १२:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्