• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

किन चाहिन्छ शरीरलाई भिटामिन डी ?

डा हृदयविभु घिमिरे आइतबार, कात्तिक २, २०७७  १२:०४
1140x725

शरीरको वृद्धि, विकास र सञ्चालनका लागि चाहिने सूक्ष्म तत्वलाई भिटामिन भनिन्छ। भिटामिन धेरै प्रकारका हुन्छन्। तीमध्ये भिटामिन डी पनि एक हो। क्याल्सियम र हड्डीसँग बढी परस्पर सम्बन्ध मानिएको भिटामिन डी शरीरका विभिन्न अंगका लागि महत्वपूर्ण रहेको विभिन्न अध्ययनले पुष्टि गरेका छन्। 

भिटामिन डीलाई भिटामिनका रूपमा मात्र नहेरी शरीरलाई आवश्यक पर्ने हार्मोनका रूपमा मान्न थालिएको छ। सूर्यको पराबैजनी किरण छालामा परेपछि भिटामिन डीको सुरुवाती अवस्था पैदा हुन्छ, जुन कलेजो अनि त्यसपछि मृगौलामा गएर भिटामिन डीको रूपमा परिवर्तन हुन्छ। तर, आजकाल मानिस प्रायःजसो कोठाभित्रै रहने र घामसँग कम समयमात्रै स्पर्शमा रहने चलन बढ्दै गएको छ। चाहे कामको व्यस्तताले होस् वा छाला डढेर कालो हुने भयले, धेरैले घामबाट भिटामिन डी पाइरहेका हुँदैनन्। घाममा नै समय बिताउनेले पनि छाला ढाक्न खोज्छन्। 

सूर्यको प्रकाश बिहान १० देखि दिउँसो ३ बजे बीचमा ५ देखि १५ मिनेटसम्म पाखुरा, हात–खुट्टा र अनुहारमा हप्ताको दुईदेखि तीनपटक परेमा शरीरलाई आवश्यक पर्ने भिटामिन डी परिपूर्ति हुनसक्छ। यही नै शरीरलाई चाहिने भिटामिन डीको मुख्य स्रोत मानिन्छ। सामुद्रिक खानेकुरा (सी–फुड), अन्डाको पहेंलो भाग, च्याउ आदि खानामा पनि भिटामिन डी पाइन्छ। विकसित देशमा दूध, जुस, आटा तथा जौंका खानेकुरामा भिटामिन डी मिसाइएको हुन्छ। तर, हाम्रोजस्तो देशमा भिटामिन डीयुक्त खानेकुराभन्दा पनि सूर्यको प्रकाश नै प्रमुख प्राकृतिक स्रोत मानिन्छ।

रगतमा भिटामिन डी ३० न्यानोग्राम÷मिलिलिटरभन्दा बढी हुनुपर्छ। यदि, भिटामिनको मात्रा २०–३० न्यानोग्राम÷मिलिलिटर भए भिटामिन डी अपर्याप्त भएको मानिन्छ। यदि २० न्यानोग्राम÷मिलिलिटरभन्दा कम भए शरीरमा यसको कमी हुन्छ। वृद्ध उमेर, सूर्तिजन्य पदार्थको सेवन, कालो छाला, कलेजो तथा मिर्गौलाको रोग, आन्द्राको पाचनशक्तिमा हुने गडबडी, वायु प्रदुषण, जाडो महिनामा घर वा अफिसभित्र मात्रै काम गर्नुपर्ने बाध्यता आदिलाई शरीरमा भिटामिन डी कमी हुने कारक तत्व मानिन्छ।

भिटामिन डी कमीको अवस्था
विश्वमा करिब एक अर्ब जनसंख्यालाई भिटामिन डीको कमी रहेको आँकलन गरिएको छ। युरोप, अमेरिका, अस्ट्रेलियामा ३०–८० प्रतिशत जनसंख्यामा भिटामिन डीको कमी रहेको अनुसन्धानमा देखिएको छ। यो स्थिति दक्षिण एशियामा झनै भयावह छ। भारतमा ७० प्रतिशतभन्दा बढी जनसंख्यामा भिटामिन डीको कमी रहेको केही भारतीय अध्ययनमा पाइएको छ। नेपालमा पनि ७० प्रतिशतभन्दा बढी जन्संख्यामा भिटामिन डीको कमी रहेको अध्ययनले देखाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

भिटामिन डीले पार्ने प्रभाव
भिटामिन डीको प्रमुख काम आन्द्राबाट क्याल्सियमको शोषणलाई नियन्त्रण गर्नु र हड्डीमा क्याल्सियमको पुनर्शोषणमा मद्दत पुर्‍याउनु हो। भिटामिन डीको कमी हुँदा आन्द्राबाट क्याल्सियम शोसिने शक्तिमा कमी आउँछ र हड्डीबाट क्याल्सियम बाहिर निस्केर रगतमा क्याल्सियमको मात्रा नियन्त्रणमा हुन्छ।

भिटामिन डी कमीले शरीरको रक्तचाप बढ्ने अध्ययनहरुले देखाएका छन्। तर, केही खोजमा भने यी दुईबीच त्यस्तो सम्बन्ध नरहेको पनि बताइएको  छ। यस्तै, भिटामिन डीसँग मधुमेह र रगतमा बोसो असन्तुलनको सम्बन्ध पनि देखिएको छ। भिटामिन डी कमीले हृदयाघातको सम्भावना बढाउने पनि अध्ययनहरुले बताएका छन्। भिटामिन डी कमी भएमा मुटुले गर्ने काममा ह्रास आउने (हर्ट फेल हुने) सम्भावना पनि उल्लेख गरेका छन्। तर, हालसम्मका खोजमा मुटुमा हुने विभिन्न रोगमा भिटामिन डीको मात्रा कमी देखिए पनि भिटामिन डी परिपूर्ति गर्दैमा मुटु रोगमा परिवर्तन आउने कुरा चाहिँ पुष्टि भइसकेको छैन।

भिटामिन डीको हड्डी र मुटुसँग मात्रै सम्बन्ध नरहेर विभिन्न अंग र तिनका काम कारबाहीमा पनि महत्वपूर्ण देखिएको छ। भिटामिन डी कमी भएका महिला तथा पुरुषमा प्रजनन क्षमतामा कमी आएको र गर्भवती महिलालाई भिटामिन डी पूर्ति गर्दा सकारात्मक प्रभाव पर्ने अध्ययनले देखाएका छन्। 

Xtrem
Xtrem

भिटामिन डी कमीको उपचार
विभिन्न समयमा गरिएका अध्ययनले हाल विश्वव्यापी रुपमै भिटामिन डीको अपर्याप्तता र कमी देखाएको छ। यसको कमीले विभिन्न अंगमा पर्ने प्रभावबारे पनि उजागर हुँदै आएको  छ। हाल भिटामिन डीको परीक्षण सजिलैसँग गर्न सकिन्छ र कमी देखिएमा यसको उपचार (परिपूर्ति) गर्न गाह्रो छैन। यदि, हामी पर्याप्त रुपमा घामबाट भिटामिन डी पाउँदैनौं भने औषधि सेवन गरी शरीरमा यसको मात्रा सामान्य अवस्थामा ल्याउन सकिन्छ। परिपूर्ति गरिसकेपछि भिटामिन डी सही भए–नभएको कुरा पुनः जाँच गर्दा थाहा हुन्छ। हाल विदेशमा जस्तो दूध, आटा, जुसमा भिटामिन डी मिसाइएको नभए पनि हामी अन्य माध्यमबाट भिटामिन डी परिपूर्ति गरी शरीर स्वस्थ राख्न सक्छौं।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १२:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्